साउन २७, २०७९
‘कोन बनेगा करोडपति’ १४ को पछिल्लो एपिसोडमा अमिताभ बच्चनले एक खुलासा गरेका छन् । अगष्ट ११ मा प्रशारण भएको उक्त एपिसोडमा पछिल्लो एपिसोडका रोल ओभर कन्टेस्टेन्ट श्रुति दुर्गा सहभागी थिइन् । उक्त एपिसोडमा...
प्रेमकथामा निर्माण भएको चलचित्र ‘सम्झना–बिर्सना’ नेपालपछि अब भारतका शहरमा प्रदर्शन हुने भएको छ । गत असार ३१ गतेदेखि नेपालमा प्रदर्शनमा आएको चलचित्र ९ सेप्टेम्बरदेखि भारतमा रहेका दर्शकमाझ पुग्न लागेको हो ।
निर्माता अद्वितीय प्रधानले ‘सम्झना–बिर्सना’ पहिलो चरणमा ९ सेप्टेम्बरदेखि दार्जिलिङ, सिक्किम, सिलगुढी, जय गाउँलगायतका स्थानमा प्रदर्शन हुने तयारीमा रहेको जानकारी दिए ।
‘हामी चरण–चरणमा गरेर चलचित्र रिलिज गर्दैछौँ’ उनले भने, ‘दोस्रो चरणमा ७ अक्टोबरमा आसाम, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा रिलिज हुँदैछ भने तेस्रो चरणमा २१ अक्टोबरमा बाँकी शहरहरूमा प्रदर्शन गर्दैछौँ ।’
उनले भारतमा नेपाली चलचित्रको बजार राम्रो रहेको तर अधिकांशले यथोचित तवरले प्रदर्शन गर्न नजानेको बताए । ‘इन्डियामा नेपाली चलचित्रको मार्केट एकदम राम्रो छ । तर, हामीले सही बजार खोज्न सकेका छैनौँ’, उनले भने । उनले आफू नेपाली चलचित्रको बजार विस्तारका लागि दीर्घकालीन साेँचका साथ ‘सम्झना–बिर्सना’मार्फत अघि बढेको सुनाए ।
निमेष प्रधान निर्देशित चलचित्र भारतका हलमा नेपाली भाषामै तर अंग्रेजी सबटाइटलका साथ प्रदर्शन गरिँदैछ । ‘हामीले प्रारम्भिक रूपमा नेपाली भाषी दर्शकलाई नै लक्षित गरेका छौँ,’ निर्माता प्रधानले भने, ‘त्यसैले नेपाली भाषामै रिलिज गर्न लागेका हौँ । नेपाली नबुझ्नेहरूका लागि भने अंग्रेजी सब–टाइटल राखेका छौँ ।’
रेबिका प्रधानको निर्माण र निर्देशक निमेषकै लेखन रहेको चलचित्रमा आकाश श्रेष्ठ, पूजा शर्मा, सुनिल थापा, छुल्ठिम गुरुङ र शिशिर राणालगायतको अभिनय छ । ‘सम्झना–बिर्सना’ दार्जिलिङ, सिलिगुढी तथा सिक्किमका रमणीय स्थानमा छायाँकन गरिएको चलचित्र हो ।
‘कोन बनेगा करोडपति’ १४ को पछिल्लो एपिसोडमा अमिताभ बच्चनले एक खुलासा गरेका छन् । अगष्ट ११ मा प्रशारण भएको उक्त एपिसोडमा पछिल्लो एपिसोडका रोल ओभर कन्टेस्टेन्ट श्रुति दुर्गा सहभागी थिइन् । उक्त एपिसोडमा...
प्रदर्शनको दिन नजिकिँदै गर्दा चलचित्र ‘प्रेमगन्ज’ले नयाँ गीत सार्वजनिक गरेको छ । ‘फेरि भेट होला नहोला’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको हो । गीतले बिछोड भएका प्रेमी–प्रेमिकाको ...
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो । सर्वोच्चका प्रवक्ता विमल पौडेलले केसीको नियुक्तिविरुद्ध रिट दर्त...
गायक एवं सर्जक प्रशान्त पौडेलले नयाँ गीत सार्वजनिक गरेका छन् । प्रशान्तले आफ्नै शब्द, संगीत, संगीत संयोजन र स्वरमा ‘चिसो पानी सोल्टीनी’ बोलको गीत ल्याएका हुन् । यो ‘लोक फ्युुजन’ गीत हो । ...
‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको निर्देशनमा चलचित्र ‘फूलबारी’ निर्माण हुने भएको छ । बुधवार साँझ राजधानीका पत्रकार सम्मेलनको आयोजना गर्दै दयाहाङ राई र विपिन कार्कीको मुख्य भूमिका...
भाइ–बहिनीको सम्बन्ध सबैभन्दा अनौठो र अनमोल मानिन्छ । उनीहरूबीच जति झगडा हुन्छ, उनीहरूबीचको माया पनि उत्तिकै धेरै हुन्छ । भाइ–बहिनी एकले अर्काको खुट्टा पनि तान्छन् भने अरु कसैले केही भनेमा रक्षाकवच ...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...