×

NMB BANK
NIC ASIA

परराष्ट्रमन्त्री खड्काको भ्रमणः एक चीन नीतिप्रति प्रतिबद्धता जनाउन !

साउन २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

परराष्ट्रमन्त्री डा.नारायण खड्का आगामी मंगलवार छिमेकी मुलुक चीन भ्रमणमा जाँदैछन् । परराष्ट्र मन्त्रालयले उनको भ्रमण कार्यतालिका शुक्रवार सार्वजनिक गरेको छ । मंगलवारदेखि हुने तीनदिने भ्रमणका क्रममा चिनियाँको विदेश मामिलामन्त्री वाङ यीलगायतसँग भेट हुने कार्यतालिका छ ।

Muktinath Bank

दुई विदेशमन्त्रीबीचको भेटमा द्विपक्षीय हित र आपसी सम्बन्धका बारेमा छलफल हुने परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ । भ्रमणको एजेण्डा तय भइरहेको मन्त्रालयले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । तत्कालै सार्वजनिक गर्दा परिपक्व नहुने तर्क गरेका परराष्ट्रका अधिकारीहरूले एजेण्डा तय भइरहेको बताएर पन्छिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परराष्ट्रले मन्त्री खड्कालाई गत मार्च मै भ्रमणको निम्तो आएको बताएको छ । यद्यपि, चीन र अमेरिकाबीच ताइवान मामिलालाई लिएर तनाव उत्पन्न भइरहेको बेला हुन लागेको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यता नेपालमा बिहीवारमात्र संसदीय निर्वाचनको मिति घोषणा गरिएको छ । 


Advertisment
Nabil box
Kumari

हालै अमेरिकी सभामुखले ताइवानको भ्रमण गरेपछि अमेरिका र चीनबीचको सम्बन्धमा चिसोपना आएको छ । त्यसअघि पनि अमेरिका र चीनबीच नेपालसम्बन्धलाई लिएर समेत वाकयुद्ध चलिसकेको छ । नेपालले पास गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका सम्बन्धमा अमेरिका–चीनबीच आरोप–प्रत्यारोप चलेको थियो ।

Vianet communication
Laxmi Bank

परराष्ट्र मन्त्रालयले शुक्रवार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा साउन २४ गतेदेखि २६ गतेसम्म खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमण हुने जानकारी गराएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण नियन्त्रणामा परराष्ट्रमन्त्री खड्काको चीन भ्रमणको मिति तय गरिएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् । 

परराष्ट्र मन्त्रालयले भ्रमणका एजेण्डाहरू पनि तय भइरहेको र भ्रमण सम्पन्न नभई ती विषयहरू सार्वजनिक गर्न हतार हुने जनाएको छ । प्रवक्ता लम्सालले मन्त्री खड्काको चीन भ्रमणका क्रममा दुई मुलुकबीचको विविध विषयमा छलफल हुने र त्यसपछि मात्रै त्यसबारे जानकारी गराउन उपयुक्त हुने बताइन् । 

प्र्रवक्ता लम्सालले अमेरिकी सभामुख नान्सी पेलोसीको ताईवान भ्रमणपछि उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेको टिप्पणी गरेकी छन् । सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले नेपाल सदैव ‘एक चीन नीति’को समर्थनमा रहेको स्मरण गराइन् । 

अमेरिकी सभामुख पेलोसीको भ्रमणलाई चीनले आफ्नो मुलुकको सार्वभौमसत्ता र स्वाधिनतामाथिको आक्रमण भनेको छ । प्रवक्ता लम्सालले एक शान्तिप्रिय राष्ट्रको रुपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको उल्लेख गरिन् । उनले भनिन्, ‘नेपालले सदैव एक चीन नीति समर्थन गर्दै आएको छ । दुवै मुलुकले एकअर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको सम्मान गर्दै आएका छन् । एक शान्तिप्रिय राष्ट्रको रूपमा नेपाल सदैव अन्तराष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x