साउन २६, २०७९
विद्युत् वितरण तथा प्रसारणका लागि महत्त्वपूर्ण मानिएको प्रसारण लाइन निर्माणमा नेपाल विद्युत् प्राधिकरणले प्रगति गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा कूल ७५३ सर्किट किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न गर...
काठमाडाैं | साउन २०, २०७९
काठमाडौंका अधिकांश पुलहरू डम्पिङ साइटमा परिणत भएका छन् ।
सिसडोल क्षेत्रमा निर्माणाधीन सडक तथा स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा फोहोर लैजान नसकेको बहानामा करीब ३ महिनादेखि पुलमुनि फोहोर थुपार्न थालिएको हो ।
काठमाडौंको रातो पुल, कालो पुल, अनामनगरको पुल, बालकुमारी पुल जहाँ पुग्दा पनि फोहोरको डङ्गुर देख्न सकिन्छ । कतिपय पुलमुनि लाइन लगाएर फोहोरका गाडी पनि राखिएको छ ।
पुलमुनि थुप्रिएको फोहोरबारे जिज्ञासा राख्दा काठमाडौं महानगरपालिकासँग स्पष्ट जवाफ छैन ।
महानगरका प्रवक्ता नवीन मानन्धर पुलमुनि फोहोर थुप्रिएको कुरा आफूहरूको जानकारीमा नरहेको बताउँछन् ।
'यो कुरा अहिलेसम्म हाम्रो जानकारीमा आएको छैन,' प्रवक्ता मानन्धरले लोकान्तरसँग भने, 'अब उप्रान्त त्यहाँ (पुलमुनि) फोहोर राख्न र फाल्न नदिने प्रयत्न गर्छौं ।'
उनले थपे, 'महानगर आफैंले केही प्रतिशत फोहोर मात्र उठाइरहेको छ । अरू फोहोर विभिन्न समूहले उठाइरहेका छन् । ती समूहले सिसडोल लैजान नसकेका कारण सुरक्षित स्थान ठानेर पुलमुनि फोहोर राखेका हुन सक्छन् ।'
पुलमुनि फोहोर राख्न नमिल्ने उनको भनाइ छ ।
'छिटो पुग्ने र जाम पनि नहुने भएकाले खोलासँगै कोरिडोर खोलिएको हो। त्यहाँ फोहोर राखेर दुर्गन्धित बनाउने काम गर्नु हुँदैन । त्यसो नगराउने बाटोमा अब महानगर जान्छ,' प्रवक्ता मानन्धरले भने।
स्थानीयका अनुसार टोल-टोलमा फोहोर उठाउने ठेक्का पाएका समूह र सर्वसाधारणले व्यक्तिगत रूपमा ल्याएर फाल्ने फोहोरका कारण पुलमुनिको क्षेत्र डम्पिङ साइटमा परिणत भएको हो ।
महानगरले उठाएको फोहोर भने बञ्चरेडाँडामा लैजानुअघि टेकुमा लगेर राख्ने गरिएको छ ।
ज्ञानेश्वरस्थित रातो पुलमुनि बुधवार पुग्दा एक स्थानीय ठेकेदार भेटिए । मिडियाले 'बंग्याएर लेखिदिन्छ' भन्दै उनी प्रतिक्रिया दिनबाट पन्छिए ।
दैनिकजसो फोहोर थुप्रिँदा पुल आसपासमा दुर्गन्ध फैलिएको छ । ती पुल भएर यात्रा गर्ने यात्रु र स्थानीय दुर्गन्धका कारण प्रभावित छन् ।
रातो पुलमुनिको कोरिडोरमा विगत ३ वर्षदेखि 'फ्रेस हाउस' चलाउँदै आएका भीमबहादुर मगरले दुर्गन्धका कारण आफ्ना ग्राहक नै घटेको गुनासो गरे ।
'तीन महिनादेखि यो पुलमुनि फोहोर थुप्रिन शुरू भएको हो । फोहोरको गन्धले मेरो पसलमा मासु किन्न आउनेको संख्या निकै कम भएको छ,' मगरले गुनासो पोखे ।
पुल हुँदै यात्रा गर्ने कतिपय पैदल यात्रु दुर्गन्धका कारण बान्ता गर्दै हिँड्ने गरेको उनले सुनाए ।
बालकुमारीको पुलमुनि फोहोरको ट्रक नै रोकेर राखेको भेटियो ।
उक्त ट्रकका कारण कोरिडोर हुँदै गुड्ने सवारीले अर्को लेन प्रयोग गर्नुपरेको देखिन्थ्यो ।
पुलसँगैको बस स्टपमा पाँच वर्षदेखि चिया बेच्दै आएकी ४९ वर्षीया एक महिलाले ३ महिनादेखि पुलमुनि फोहोर राख्न थालिएको बताइन् ।
'पहिला त यस्तो हुँदैनथ्यो, तीन महिनाजति भयो फोहोरको गाडी आएर बस्न थालेको,' उनले भनिन् ।
यस्तो दुर्गन्धमा ग्राहकले चिया पिउँछन् त ? प्रश्न भुइँमा खस्न नपाउँदै उनले भनिन्, 'खाए खान्छन्, नखाए खाँदैनन्। मलाई त यो फोहोरको गन्ध नै आउन छाडिसक्यो । यहाँका घरवालाहरूलाई कुनै प्रवाह छैन भने मैले बोलेर के हुन्छ र ?'
फूटपाथको चिया पसलसँगै भेटिएका एक बस चालकले १५ मिनेट त्यहाँ कुर्नुपर्दा टाउको नै दुख्ने गरेको बताए ।
'क्युमा यहाँ १५ मिनेट जति कुर्नुपर्छ । त्यो समयमा यो फोहोरको गन्धले टाउको नै दुख्छ,' उनले भने ।
पढ्नुहोस्, यो पनि :
विद्युत् वितरण तथा प्रसारणका लागि महत्त्वपूर्ण मानिएको प्रसारण लाइन निर्माणमा नेपाल विद्युत् प्राधिकरणले प्रगति गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा कूल ७५३ सर्किट किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न गर...
धान र गहुँको उन्नत बीउबिजन उत्पादनमा कैलाली जिल्ला आत्मनिर्भर भई उत्पादित बीउ जिल्ला बाहिर समेत निर्यात हुन थालेको छ । जिल्लामा वर्षभरमा झण्डै ३६ हजार क्विन्टल धान र ४५ हजार क्विन्टल गहुँको उन्नत बीउ आवश्यकता रह...
धरानको निशाने खोलामा पुग्दा तराईको प्रचण्ड गर्मीमा कोही हातले पसिना पुछ्दै गिट्टी कुट्दै थिए भने कोही बालुवा ओसार्न व्यस्त थिए । कोही बल गरी गरी खोलाको बगर खनिरहेका थिए । स्थानीयले यसरी दुःख गरेको महिनौं द...
पाँच वर्ष अघिसम्म ड्रागन फल आमनेपालीका लागि नौलो थियो । विदेश घुमेका र शहरमा बस्ने उच्च वर्गले मात्र यो फलको बारेमा जानकारी पाएका थिए । आमजनतालाई यो फलबारे न जानकारी थियो, न किन्ने पहुँच । जब एकजन...
देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भए/नभएको अनुगमन गरी महसुल समेत निर्धारण गर्ने खानेपानी महसुल निर्धारण आयोग २ वर्षदेखि पदाधिकारीविहीन भएको छ । महसुल निर्धारण, पानीको गुणस्तरको अनुगमन गर्ने उद्...
रूपन्देहीको देवदहकी सरू अधिकारीको बुटवलमा १४६ सदस्यीय परिवार छ । अविवाहित सरू वृद्धवृद्धादेखि साना बालबालिकाकी अभिभावक/अभियान्ता हुन् । मानव सेवा आश्रम लुम्बिनी प्रदेश संयोजक अधिकारी सडकबाट उद्धार गरेर आश्...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...