साउन २७, २०७९
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र देशको विकासको निम्ति सबैभन्दा पहिला सबै क्षेत्रको भाषाभाषी, जातजाति र समुदायको विकास हुनुपर्ने बताएका छन् । नेपाल कुशवाहा कल्याण समाजको ३१औं वार्ष...
काठमाडाैं | साउन २०, २०७९
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले हार्नै नमिल्ने बताएका छन् ।
आफ्नो पार्टीले निर्वाचन हार्दा देशले हार्ने भएकाले जित्नैपर्ने अवस्था आइपरेको अध्यक्ष ओलीको जिकिर थियो । पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले शुक्रवार भक्तपुरको बोडेमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देशलाई हार्न नदिनका लागि पनि आफ्नो पार्टीले आगामी निर्वाचन जित्नैपर्ने भन्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए ।
सत्तारुढ गठबन्धन र यसका नेताहरूले देशलाई दूर्गतिमा डुबाएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट देशलाई जोगाउन पनि आफूहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विजयी हुनुको विकल्प नभएको दोहोर्याए । उनले सत्तारुढ गठबन्धनका आवद्ध नेताहरूले आ–आफ्ना स्वार्थका लागि देशविरुद्ध जस्तासुकै कुकर्म गर्न पनि पछि नपर्ने आरोप लगाए ।
गठबन्धनका नेताहरू शेरबहादुर देउवाको गन्तव्य मेडम साहेब भएको, प्रचण्डको गन्तव्य सुपुत्री भएको, मोहनविक्रम सिंहको गन्तव्य प्युठान भएको भन्दै ओलीले ठट्यौली पारामा उनीहरूबाट देशको हित नहुने दाबी गरे । उनले भने, ‘मुख्य फोकस चाहिँ निर्वाचनको तयारीमा काम गर्ने हो । अहिलेको निर्वाचन हामीले हार्न मिल्दैन । आगामी निर्वाचनमा हामीले हार्नै मिल्दैन । नेकपा एमालेका लागि त केही छैन, प्रतिपक्षमा बस्छ । प्रतिपक्षमा बसेर जनताको पक्षमा आवाज उठाउँछ । देशको पक्षमा बोल्छ, आवाज उठाउँछ । राष्ट्रियताको पक्षमा, लोकतन्त्रको पक्षमा, स्वच्छताको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा बोल्छ । आवाज उठाइरहन्छ । यसलाई काम गर्न कार्य क्षेत्र सिद्धिने त होइन तर एमालेले हार्दा देश हार्छ । एमालेले जित्नैपर्ने कारण के छ भने देश जिताउनुपर्नेछ । देशलाई हार्न दिनुहुने छैन । १ वर्षमा यो परमादेशी गठबन्धन सरकारले देशलाई यसरी दूर्गतिमा लगेको छ । निर्लज्ज हुने गरी भ्रष्टाचारमा डुबाएको छ । यिनको कुनै गन्तव्य नै छैन । अब मोहनविक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य के हो भन्दा मेडम साहेब । प्रचण्डको गन्तव्य के हो भन्दा सुपुत्री । यस्ता–यस्ता गन्तव्य लिएर हिँडका छन यिनीहरू । त्यसका लागि जे पनि गर्छन् । यसका लागि देशका विरुद्ध जस्तासुकै कुकर्म गर्न पनि तयार छन् । माधव नेपालको त जिन्दगी नै छटपटीमा बित्छ क्या ! उनको गन्तव्यसन्तव्य केही पनि छैन ।’
अध्यक्ष ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले संगठित ढंगले इमान्दार प्रयास गर्न सके बहुमत प्राप्त गर्न सक्ने सम्भावना रहेको दाबी गरे । पार्टीको सरकार नढल्नका लागि पनि आगामी निर्वाचनमा बहुमत चाहिने र त्यसका लागि इमान्दार प्रयास पार्टीका नेता, कार्यकर्ताले गर्नुपर्ने उनले बताए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र देशको विकासको निम्ति सबैभन्दा पहिला सबै क्षेत्रको भाषाभाषी, जातजाति र समुदायको विकास हुनुपर्ने बताएका छन् । नेपाल कुशवाहा कल्याण समाजको ३१औं वार्ष...
नेपाल सरकार र थारु कल्याणकारीणी सभाका पदाधिकारीबीच शुक्रवार छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा सिंहदरबारमा भएको छलफलमा सरकारका तर्फबाट खानेपानीमन्त्री उमाकान्त चौधरी, कानून, न्याय तथा संसदीय म...
उपसभामुख पुष्पा भुसालले नेपाल–भारतबीच रहेको परम्परागत सम्बन्धलाई आगामी दिनमा आर्थिक विकासमा केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् । रक्षा बन्धनको अवसरमा शुक्रवार पर्साको वीरगञ्जमा नेपाल–भारत सह...
मधेश प्रदेशसभाको चालू नवौँ अधिवेशन बिहीवार रातिदेखि अन्त्य भएको छ । मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरेका हुन् । नेपालको संविधानको धार...
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै...
कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीको शपथ रोकिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीवार नेपालको संविधानको धारा १६८ (९) बमोजिम नेकपा (माओवादी केन्द्र) का प्...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...