साउन २७, २०७९
उपसभामुख पुष्पा भुषालले नेपाल भारतबीच रहेको परम्परागत सम्बन्धलाई आगामी दिनमा आर्थिक विकासमा केन्द्रीत गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् । रक्षावन्धनको अवसरमा आज पर्साको वीरगञ्जमा नेपाल–भारत सहयोग मन्चद्व...
काठमाडाैं | साउन २०, २०७९
सहरी फोहोर व्यवस्थापनको दिगो समाधानका लागि भान्छामै वर्गीकरण गर्नुपर्ने वातावरण सुधार र जनस्वास्थ्य क्षेत्रबाट सुझाव आएको छ । आज राजधानीमा काठमाडौँ महानगरपालिकाको वातावरण तथा कृषि विभाग, फ्रान्सको मेड्सा डु मोन्ड, ग्रीन पाथ नेपाल र संयुक्त सफाइ जागरणले आयोजना गरेको कार्यक्रममा यस्तो सुझाव आएको हो । कार्यक्रम, स्रोतमा फोहोर वर्गीकरण र दिगो फोहोर व्यवस्थापनमा अनौपचारिक क्षेत्रको योगदान विषयमा केन्द्रीत थियो । केन्द्रीत विषयमा टिप्पणी गर्दै सहभागीबाट फोहोर व्यवस्थापनमा निजी क्षेत्रबाट गरिएको योगदानको पनि सँगसँगै चर्चा गर्नुपर्ने सुझाव राखे ।
कार्यक्रमको समूहगत छलफलमा बोल्दै काठमाडौँ महानगरको वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलले, काठमाडौँ महानगरपालिकाले जिम्मेवारीपूर्वक फोहोर व्यवस्थापनमा काम गरिरहेको बताए ।
समूहगत छलफलमा महानगरको वातावरण तथा कृषि विभागका प्रमुख सरिता राईले महानगरले फोहोर व्यवस्थापन गर्न समुृदायको चेतना बढाउनेदेखि फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनको काम गरिरहेको जानकारी दिइन् । त्यस्तै ग्रीन पाथ नेपालका निर्देशक प्रदीप अमात्यले, फोहोरलाई कम्पोष्ट गर्न भान्साबाटै काम थाल्नु पर्ने बताए ।
नगरपालिका वा ल्याण्डफिल साइटका मानिसहरुलाई गाली गर्नुभन्दा हरेक व्यक्तिले भान्साबाट फोहोर छुट्याउनमा योगदान गर्नुपर्ने वातावरणविद भुषण तुलाधरले बताए । ‘नीतिगत व्यवस्थाको कार्यान्वयन, योजना र सहकार्यबाट सहरको फोहोरलाई दिगो व्यवस्थापन गर्न सकिन्छ । यसको शुरुवात घरबाट होइन भान्साबाट फोहोर वर्गीकरण गर्न थाल्नुपर्छ ।’ उनले भने।
उपसभामुख पुष्पा भुषालले नेपाल भारतबीच रहेको परम्परागत सम्बन्धलाई आगामी दिनमा आर्थिक विकासमा केन्द्रीत गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् । रक्षावन्धनको अवसरमा आज पर्साको वीरगञ्जमा नेपाल–भारत सहयोग मन्चद्व...
वर्षाले हाल तीन पूर्ण र १२ सडक आंशिकरुपमा अवरुद्ध रहेको छ । कर्णाली राजमार्ग, साँफबगर–मार्तडी–कोल्टी सडक र बालाजु–त्रिशुली–धुन्चे–स्याफ्रबेसी सडकका विभिन्न खण्डका सडक अवरुद्ध रहेका ...
जनैपूर्णिमा पर्वका अवसरमा स्नानका लागि पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजन फर्कने क्रम जारी छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार करीब १० हजार भक्तजनले गोसाइँकुण्ड दहमा स्नान तथा प...
राष्ट्रपति विद्यादेवी भण्डारीे रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुरूप रक्षाबन्धन ग्रहण गरेकी छन् । आज राष्ट्रपति भवन महाराजगञ्जमा उनले पण्डित खेमचन्द्र ढकालबाट रक्षाबन्धन ग्रहण गरेकी हुन् । उनले काठमाडौँक...
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–५ उर्लेनीमा सुक्खा पहिरो जाँदा ११ घर उच्च जोखिममा परेका छन् । पहिरोले ११ घर परिवारलाई विस्थापित बनाएको छ भने अन्य धेरै घरहरू पनि जोखिममा छन् । उर्लेनीको बिसौनीबा...
जिल्ला प्रशासन कार्यालय तनहुँमा पर्याप्त कर्मचारी नहुँदा दैनिक सेवा लिन आउने सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । कर्मचारी थोरै भएकाले काम ढिलो हुँदा दैनिक कार्यालयको परिसरमा सेवाग्राहीको भीड लाग्ने गरेको छ ।...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...