×

NMB BANK
NIC ASIA

के बर मागी फर्क्यौ भन ... : ३० वर्षअघिको त्यो क्षणदेखि केकी–प्रकाश जुट्ने संयोगसम्म

साउन २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

के बर मागी फर्क्यौ भन तिम्ले पुज्ने देउता सित
दुनियाँलाई नभने नि भन्न हुन्छ एउटा सित !

Muktinath Bank

डिल्लीबजार धोबीधारा बस्थे गीतकार रमेश पौडेल । आरआर कलेजबाट डिप्लोमा सक्दै थिए । कुरा हो आजभन्दा ३ दशकअघिको । विक्रम संवत् २०४९ सालको कुनै महिना, त्यो महिनाको कुनै दिन बिहानी समय थियो । पौडेल कमलादी गणेश मन्दिर बाहिर सडकमा उभिइरहेका थिए एक्लै । त्यत्तिकैमा १ युवतीमाथि उनको नजर पर्‍यो, जो अगाडिको सोही गणेश मन्दिरबाटै निस्किएकी थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हातमा फुलको थाली, निधारमा रातो टीका, निधारको त्यो टीकामाथि खाली सिउँदो । पौडेलको मनमा एक किसिमको कौतुहलता उत्पन्न भयो । त्यो दृश्य उनको दिमागमै बस्यो । एकैछिनमा डेरामा पुगे अनि ती युवतीलाई सम्झिए । फुरिहाल्यो ‘के बर मागी फर्क्यौ भन तिम्ले पुज्ने देउता सित !’


Advertisment
Nabil box
Kumari

युवतीलाई जस्तो देखेका थिए, त्यस्तै लेख्ने प्रयास गरे । ‘दुनियाँलाई नभने नि भन्न हुन्छ एउटासित’ । दोस्रो पंक्ति जन्मिन समय लागेन । एकै बसाइमा उनले पूरा गीत नै तयार पारे ।

Vianet communication
Laxmi Bank

... ...

काठमाडौं मन्दिरै–मन्दिरको शहर पनि हो । मन्दिर आसपासबाट हिँडडुल गर्ने जो कोहीले दिनहुँजसो त्यस किसिमको दृश्य देखिरहेका हुन सक्छन् । पौडेल पनि कलेज आउजाउ गर्दा कैयौपटक त्यस्ता किसिमका दृश्य नदेखेका होइनन् तर त्यस दिनको दृश्यले उनको कवि हृदयमा हलचल ल्याइदियो, कौतुहलता उत्पन्न गरायो अनि अनायासै गीत फुरेको पौडेल बताउँछन् ।
 
गीत लेख्छु भनेर बसेर कहिल्यै पनि नलेखिने बताउँदै त्यो अचानक जन्मिएको गीत भएको पौडेलले बताए ।
 
‘त्यो दृश्य त्यहाँ मात्र होइन, मन्दिर वरिपरि जहाँ पनि देखिने दृश्य हो,’ गीत जन्मिएको ३ दशकपछि लोकान्तरसँग कुरा गर्दै पौडेलले भने, ‘त्यस किसिमको दृश्य देखेपछि एक अविवाहित युवकले गर्ने कल्पना लेखेको हुँ । आम अनूभूतिलाई गीतमार्फत प्रस्तुत गरेको हुँ ।’

पौडेलको साहित्यिक संगति थियो, सोही कारण पनि गीत नरम र सुकोमल लेख्नुपर्छ भन्ने बुझाइ थियो । सोहीअनुसार उनले उक्त गीत सरल हिसाबले लेखेका थिए । सोही वर्षको माघमा मधुपर्क पत्रिकामा गीत प्रकाशित भयो । 

मधुपर्कमा छापिएपछि एक हिसाबले गीत चर्चित भइसकेको थियो । पौडेललाई २०५० सालमा रेडियो नेपालबाट उत्कृष्ट गीतकारको पुरस्कार दिलायो, सो गीतले ।

पुरस्कार पाएपछि संगीतकार भूपेन्द्र रायमाझीले पौडेललाई भनेका थिए, ‘रमेश जी, यो गीत चलचित्रमा समावेश गर्नुपर्छ । अरुलाई नदिनुस् है !’ भूपेन्द्र रायमाझीले गीत खल्तीमै राखेर हिँडिरहेका थिए । 

... अनि नारायण रायमाझीको संगीत, रामभक्तको स्बरमा रेकर्ड भयो

कुरा २०६० सालको । संगीतकार भूपेन्द्रले गीत खल्तीमा राखेर हिँडिरहेको १० वर्ष बितिसकेको थियो । अर्का संगीतकार एवं गायक नारायण रायमाझी नयाँ एल्बम ल्याउने तयारीमा थिए । सोहीबखत रायमाझीले पौडेलसँग त्यो गीतको खोजी गरे । ‘रमेशजी त्यो गीत रेकर्ड भयो ?’ फोन गरेरै सोधे ।

गीतकार पौडेल र संगीतकार नारायण रायमाझी बीचको चिनजान पुरानै थियो । रायमाझीको संगीतमा पौडेलका केही गीतहरू रेकर्ड समेत भइसकेका थिए । 

गीतकार पौडेलले त्यसअघि नै रायमाझीलाई ‘के बर मागी फक्र्यौ’ गीतबारे इतिवृत्तान्त सुनाइसकेका थिए । नारायण रायमाझीको संगीतमा रामभक्त जोजिजूले त्यो गीतमा स्बर दिए २०६० सालमै । रायमाझीले गीतको भिडियो निर्माण गरे । सूर्यविनायकको मन्दिरमा एउटै लोकेसनमा भिडियोको सुटिङ गरियो । म्युजिक भिडियोमा महिला मोडलका रूपमा सौजन्य सुब्बाले अभिनय गरिन् । रायमाझीको ‘प्रीति’ एल्बममा गीत समावेश गरियो । सो एल्बममा स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेको चर्चित गीत ‘उनको प्रीति’ पनि एकै एल्बममा थियो । त्यसबखत ‘के बर मागी’ गीत सुनेर राष्ट्रकविले पौडेललाई भनेका रहेछन्, ‘मैलेभन्दा राम्रो गीत कसरी लेख्यौ तिमीले ?’

‘के बर मागी फक्र्यौ’ गीत रेडियो, टेलिभिजनमा प्रसारण हुन थाल्यो । विशेषगरी अविवाहित युवापुस्ताको रोजाइमा परे गीतका शब्द । छोटो समयमै स्रोता/दर्शकमाझ निकै लोकप्रिय बन्यो गीत । गीतले पाएको लोकप्रियताबारे गीतकार पौडेलले ‘एल्बम किन्न बागलुङदेखि बुटवल पुगेका एक स्रोता’को किस्सा सुनाउँछन् ।

‘प्रीति एल्वम बुटवलमा पाइन्छ रे !’ भनेर एक स्रोता बागलुङदेखि बुटवल पुगेका रहेछन् ! बुटवल पुग्दा क्यासेट पसलमा पनि एल्बम सकिएको रहेछ । 

‘एल्बम सकिएको पाएपछि ती स्रोता खाली चक्कामा डबिङ गरेर लिएर फर्किएका रहेछन्,’ पौडेल नोस्टिाल्जिक हुँदै सुनाउँछन्, ‘स्रोताले त्यस्तो सुनाउँदा एकदमै आनन्द लाग्दो रहेछ ।’

गीत यातायातका साधनहरूमा उत्तिकै बज्थ्यो । पौडेललाई अझै पनि याद छ, रात्रीबसमा यात्रा गर्दा आफ्नो गीत गुञ्जिएको । ‘रात्रीबसको पछिल्लो सिटमा म हुन्थें । मलाई कसैले चिन्दैनथे । सबैले कति राम्रो रामभक्तको गीत भन्थे,’ पौडेलले गीतकारको पीडा पनि सुनाए, ‘आफूले लेखेको गीत बज्यो, सबैले गाए भनेर भित्रभित्रै खुशी हुनु मात्र रहेछ गीतकार भनेको ।’

गीत हिट भए पनि गीतकारबारे धेरैले ख्याल नगर्ने पौडेलको अनुभव छ । हाल रेडियो नेपालका उपनिर्देशक रहेका पौडेल आफूले कुनै गीत सुन्दा कसले गायो भन्दा पहिले कसले लेख्यो भन्ने कुरामा ध्यान दिने बताउँछन् ।

... अनि चलचित्रमा ‘के बर मागी फक्र्यौ भन ...’

गीतकार रमेश अमेरिकामा थिए । सोहीबखत एकदिन निर्देशक एवं संगीतकार नारायण रायमाझीले फेसबूक म्यासेन्जरमा फोन गरेर भने, ‘के बर मागी’ गीत चलचित्रमा राख्दैछौं ।’ उक्त समय नारायण रायमाझीले चलचित्र ‘परदेशी २’को छायांकन अमेरिकामै गरिरहेका थिए । यो ३ वर्ष अगाडिको कुरा थियो ।

गीत नयाँ एरेन्ज गरियो । श्यामश्वेत रसाइलीले यसको एरेन्ज तथा मिक्सिङ गरे । युवापुस्ताका गायक निशान भट्टराईले स्बर दिए । प्रकाश सपूत र केकी अधिकारीले अभिनय गरे । रामजी लामिछानेको कोरियोग्राफी एवं निर्देशनमा पोखराको फेवाताल विन्ध्यवासिनी मन्दिर परिसर र आसपासमा भिडियोको छायांकन गरियो ।

‘परदेशी २’को पहिलो गीतका रूपमा यसैसाता एक कार्यक्रमकाबीच रिलिज गरियो – के बर मागी फक्र्यौ ... । गीतलाई लिएर यतिबेला विभिन्न प्रतिक्रियाहरू आइरहेका छन् । केहीले पहिलेकै राम्रो भनिरहेका छन्, केहीले अहिलेको राम्रो भनेका छन् । 

‘पहिलेको गीत धेरैपटक सुन्नुभएको, गाउनुभएकोहरूले पहिलेको राम्रो प्रतिक्रिया दिनुभएको हो । पहिलोपटक यो सुन्नेहरूलाई यही राम्रो लाग्छ,’ पौडेलको बुझाइ छ, ‘समय परिवर्तन भयो । परेवाले चिट्ठी बोक्ने जमानामा लेखिएको गीत हो यो । अब अहिले टिकटकको जमाना आइसक्यो । अहिलेको समयलाई हेरेर रिमेक गर्दा समयानुकूल बनाइएको हो ।’

फिल्ममा जोडिनुमा गीत पनि कारण – केकी, गीतसँग विभिन्न संयोग – प्रकाश

निर्देशक एवं संगीतकार नारायण रायमाझीले ‘के बर मागी’ धेरै समयपछि जन्मिने मध्येको गीत रहेको बताए । उनी भन्छन्, ‘यो धेरै समयपछि जन्मिने गीत मध्येको मेरो जीवनमा अत्यन्तै महत्त्वपूर्ण अर्थ राख्ने गीत हो ।’ अमर गीत आफूलाई विश्वास गरेर दिएकोप्रति गीतकार पौडेलप्रति रायमाझीले आभार प्रकट गर्छन् ।

गीतकार पौडेल गीतलाई नयाँ स्वरूपमा पाउँदा खुशी लागेको बताउँछन् । आफूले यसभन्दा राम्रो धेरै गीत लेखेको बताउँदै पौडेल भन्छन्, ‘तर शब्द राम्रो लेख्दैमा गीत राम्रो हुँदैन रहेछ भन्ने तीतो अनुभव मसँग छ । शब्दलाई प्राण दिने भनेको संगीतकार हो । संगीतकारपछि सुमधुर गला पायो भने गीतले प्राण पाउँछ, शब्द चलायमान हुन्छ र यसरी नै हिँड्छ ।’ आफूलाई चिनाउने गीतहरू धेरै भएको र त्यसमध्ये यो पहिलो नम्बरमा आउने उनी बताउँछन् । 

अभिनेत्री केकी अधिकारी आफू ‘परदेशी २’मा जोडिनुमा एउटा कारण ‘के बर मागी’ गीत पनि रहेको बताइन् । 

‘विभिन्न कारणले चलचित्र खास थियो तर विशेष कारण यो एउटा गीत पनि हो,’ गीत रिलिज कार्यक्रममा केकीको भनाइ थियो, ‘जब मैले यो गीत पनि हुन्छ भन्ने सुनें, यो गीत भएको चलचित्र त कुनै हालतमा पनि छुटाउनुहुँदैन भन्ने भएको थियो । यति मिठा शृंगारिक शब्दहरू छन् । कति मिठो कम्पोजिसन छ ।’ 

आफ्नो चलचित्रको करिअर ग्राफमा ‘के बर मागी’ गीतले निकै महत्त्व राख्छ भन्ने हिसाबले पनि चलचित्र साइन गरेको केकीको भनाइ थियो । 

अभिनेता प्रकाश सपूतले यस गीतसँग आफ्नो मिठो संयोग रहेको सुनाए । ८ कक्षामा पढ्ने बेलामा गाउँका दाइहरूबाट पहिलोचोटी गीत, गजलको संरचना सिकेको प्रकाशले बताए ।

‘गीत, गजल कसरी लेख्ने, यसको संरचना कस्तो हुन्छ भनेर दाइहरूले हामीलाई बोर्डमा लेखेर सिकाउनुभएको थियो,’ प्रकाश भन्छन्, ‘पहिलोपटक गीतको संरचना यस्तो हुन्छ भनेर यो गीत लेख्नुभएको थियो ।’ उनले आफूले जीवनमा पहिलोपटक हिरोइन भनेर प्रत्यक्ष देखेको पनि केकी अधिकारी रहेको बताए । आफ्नो हिरो बन्ने सपना, यो गीत, अभिनेत्री केकी अधिकारी, नारायण रायमाझी सबैसँग एकैठाउँमा जोडिनु आफूलाई ‘मिराकल’जस्तो लागिरहेको प्रकाशले बताएका थिए । नयाँ गीत यतिबेला यूट्युबको ‘ट्रेन्डिङ’मै छ ।

रमेश बीजीको कथा रहेको चलचित्र ‘परदेशी २’ दशैंको अवसर पारेर असोज १४ गतेदेखि प्रदर्शनमा आउँदैछ । राजेश वंशल र नारायण रायमाझी मिलेर चलचित्रको निर्माण गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x