माघ २४, २०८०
‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...
महोत्तरीको बर्दिबास नगरक्षेत्रका सामुदायिक विद्यालय गर्मी बिदापछि आइतवार खुले पनि पठनपाठन भने अव्यवस्थित बनेको छ । बर्दिबास नगरपालिकाले करारका शिक्षकको म्याद नथपेकाले पठनपाठन अन्योल भएको हो ।
करारका शिक्षकहरूलाई हाजिर नगराउन नगरपालिकाले सबै विद्यालयलाई परिपत्र गरेपछि ५५ वटा सामुदायिक विद्यालयको पठनपाठनमा असर परेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले गत शुक्रवार मातहतका सबै विद्यालयलाई नगर शिक्षकलाई हाजिर नगराउन विद्यालय प्रशासनलाई परिपत्र गरेको थियो । नगरभित्र २२ माध्यमिक र ३९ आधारभूत सामुदायिक विद्यालय छन् । आधारभूत विद्यालयमध्ये आठवटामा बाल कक्षादेखि आठसम्मको पठनपाठन हुँदै आएका छन् ।
विद्यार्थी संख्याको अनुपातमा शिक्षक अभावले पठनपाठनमा असर परेपछि नगरपालिकाले गतवर्ष भदौ १ गतेदेखि ६५ नगर शिक्षक करारमा नियुक्त गरेको थियो । अहिले तिनै शिक्षकलाई हाजिर नगराउनु भन्ने परिपत्रले पठनपाठनमा समस्या भएको शिक्षकसम्बद्ध संघ, संगठनले जनाएका छन् । गतवर्ष करारमा नियुक्त भएका शिक्षकमा १८ माध्यमिक, २५ उच्च प्रावि (निमावि), १५ प्रावि तह र सात कम्प्युटर शिक्षक थिए । नगर कार्यपालिकाले विभिन्न कानुनी प्रक्रिया पूरा गर्दै खुला प्रतिस्पर्धामा उत्कृष्ट भएमध्येबाट विषय मिलान गरी ६५ शिक्षक करारमा नियुक्त गरेको थियो ।
शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख गणेश दाहालले नगर कार्यपालिकाले नगर शिक्षकको म्याद थप नगरेकाले परिपत्र गरिएको बताएका छन् । रासस
‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...
‘म त रित्ता हातमा हतियार बनाइदिन्छु तिमी होली भन म दिवाली बनाइदिन्छु शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...
खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् । दिक्तेल रु...
काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...
सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...
काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...