×

NMB BANK
NIC ASIA

संगठित हुन थाले स्थानीय तहका स्वतन्त्र उम्मेदवार

साउन २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचन घोषणा गरेसँगै गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका स्वतन्त्र उम्मेद्वार बनेकाहरू संगठित हुन थालेका छन् । संगठितरूपमा आगामी संसदीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढ्न थालेको छ । 

Muktinath Bank

गत वैशाख महिनामा गोकर्णेश्वर नगरपालिकाको जनप्रतिनिधिमा स्वतन्त्र उम्मेदवारी दिएकाहरूले स्वतन्त्र अभियान नै घोषणा गरेर उम्मेदवार छनोट प्रक्रिया शुरू गरेका छन् । अभियान घोषणा गर्न आयोजित कार्यक्रममा केहीले भने उम्मेदवारी पनि घोषणा गरेका छन् । स्वतन्त्र उम्मेदवारले आगामी निर्वाचनका लागि काठमाडौं क्षेत्र नं ३ मा उम्मेदवारी घोषणा गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौँ क्षेत्र नं ३ मा पर्ने गोकर्णेश्वर नगरपालिकामा विभिन्न दल परित्याग गरी स्वतन्त्र उम्मेवारी घोषणा गरिएको हो । नेपाली कांग्रेस गोकर्णेश्वर नगर समितिको सभापति भई नेतृत्व गरिसकेका श्रीकृष्ण ज्योतिले आगामी निर्वाचनमा आफूले स्वतन्त्र उम्मेदवारी दिने बताए । गत स्थानीय निर्वाचनअघिदेखि पार्टी छाडेको घोषणा गरेका ज्योति यो निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउने तयारीमा लागेको सुनाए । 


Advertisment
Nabil box
Kumari

यसैगरी स्वतन्त्र भएरै निरञ्जन पुडासैनी र कुमार श्रेष्ठलगायतले पनि यसै निर्वाचनमा भाग लिने बताए । कार्यक्रममा गत स्थानीय तहको निर्वाचनमा नगरप्रमुख पदमा उम्मेदवारी दिएका विनय सिम्खडा, वडा नं २ का अध्यक्ष प्रेम श्रेष्ठ, वडा नं ८ को अध्यक्ष पदका उम्मेदवार आकाश क्षेत्रीलगायतको सहभागिता थियो । 

Vianet communication
Laxmi Bank

सिम्खडा नेकपा (एमाले) छोडी स्वतन्त्र अभियानमा सहभागी भएका थिए । उनीहरूले विधिअनुसार शासन चलाउनका लागि पनि स्वतन्त्र अभियानको आवश्यकता रहेकामा जोड दिए । 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नगरपालिकाको वडा नं ४ मा स्वतन्त्र उम्मेदवारी दिएका जयराम महत वडाध्यक्षमा निर्वाचित भएका थिए । यसबाट हौसिएका स्वतन्त्र अभियानकर्मीले स्वतन्त्रबाट एकमात्र उम्मेदवार चयन गरी निर्वाचित गराउनुपर्नेमा जोड दिएका छन् । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x