असोज १३, २०८०
यही असोज २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको मल्टिस्टारर चलचित्र ‘परदेशी २’को बागलुङमा प्रिमियर शो गरिएको छ । चलचित्रको मुख्य भूमिकामा रहेका प्रकाश सपूतको गृहजिल्लामा शुक्रवार बेलुका ग...
नेपाली चलचित्र ‘झिंगेदाउ’को ट्रेलर सार्वजनिक गरिएको छ ।
आइतवार राजधानीमा एक कार्यक्रमबीच केकी अधिकारी र आँचल शर्मा स्टारर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा भीमनीधि तिवारीको कथा कृतिमा आधारित रहेर चलचित्र ‘झिंगेदाउ’ निर्माण भएको हो ।
चलचित्रको सार्वजनिक ट्रेलरमा अत्यन्तै मिल्ने २ दाजुभाइको जीवनमा विवाहपछि आउने उतारचढावलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरू अभिनेत्रीद्वय केकी र आँचलका साथमा अभिनेता मुकुन भुसाल, नवअभिनेता कुशल विष्ट, चरित्र अभिनेत्री हिउँवाला गौतम लगायत चित्रित छन् । केकी र आँचल चलचित्रमा जेठानी–देवरानी, मुकुन र कुशल दाजुभाइको भूमिकामा प्रस्तुत छन् ।
भदौ १७ गतेबाट प्रदर्शनमा आउने चलचित्र कपनगडी सिनेमा र क्रिउ नेपालको ब्यानरमा निर्माण भएको हो ।
ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक देउजाले ४–५ पानाको कथामा केन्द्रित रहेको चलचित्र निर्माण गरेको बताए । थुप्रै सफल चलचित्र एवं ‘मुनामदन’ जस्तो ऐतिहासिक चलचित्र दिएका देउजा ‘झिंगेदाउ’मार्फत ७ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन् ।
आफूले यथार्थपरक, मौलिक चलचित्र निर्माण गरेको बताउँदै चलचित्रलाई दर्शकले रुचाउने बताए ।
अभिनेत्री केकीले ‘झिंगेदाउ’ कृतिमा आधारित आफ्नो दोस्रो चलचित्र भएको बताइन् । यसअघि कृतिमा आधारित ‘मसान’ चलचित्रमा केकीले ‘झिंगेदाउ’ मौलिक चलचित्र बनेको बताइन् । अभिनेत्री आँचलले फरक खालको चलचित्रमा आफूले पहिलोपटक काम गरेको बताउँदै एकदमै उत्साहित रहेको सुनाइन् ।
अभिनेता मुकुन र नवअभिनेता कुशलले पनि चलचित्रमा काम गर्दाको अनुभव शेयर गर्दै माया गरिदिन आग्रह गरे ।
प्रदीप भारद्वाजको पटकथा तथा संवाद रहेको ‘झिंगेदाउ’मा सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माताको रूपमा छन् । अर्जुन पोखरेलको संगीत रहेको चलचित्रमा विष्णु कल्पितको छायांकन र मित्र गुरुङको सम्पादन छ ।
चलचित्रमा समावेश गीत ‘आगो विना बिँडी जल्दैन’ यसअघि हिट भइसकेको छ ।
यही असोज २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको मल्टिस्टारर चलचित्र ‘परदेशी २’को बागलुङमा प्रिमियर शो गरिएको छ । चलचित्रको मुख्य भूमिकामा रहेका प्रकाश सपूतको गृहजिल्लामा शुक्रवार बेलुका ग...
लक्की मिडिया हाउसको आयोजनामा यही असोज २५ गते ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड’ प्रदान गरिने भएको छ । ‘लक्की फिल्मी अवार्ड २०८०’ का नामबाट मिडिया हाउसले चितवनमा फिल्मी अवार्डको कार्य...
असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतीक्षित चलचित्र ‘परदेशी २’ले यतिबेला प्रचारप्रसारलाई तीव्र बनाएको छ । देशका विभिन्न मुख्य सहरमा प्रचार गरिरहेको चलचित्रका कलाकार तथा निर्देशक दुई दिनदेखि न...
दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्र ‘दुई नम्बरी’ युट्युबमा सार्वजनिक भएको छोटो समयमै ट्रेन्डिङको शीर्षस्थानमा पुगेको छ । गत शुक्रवार सार्वजनिक चलचित्रले राम्रो भ्युज पाउँदै ट्रेन्डिङको पहिलो...
विसं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउन थाले । विसं २०६५ पश्चात ‘कागबेनी’, ‘सानो ...
सजिल बस्नेतको सर्ट फिल्म ‘बबल’ले एक लाख रूपैयाँ नगद पुरस्कार जितेको छ । अस्कर कलेजले आयोजना गरेको पहिलो युवा सर्ट फिल्म प्रतियोगितामा बस्नेतले प्रथम पुरस्कार स्वरूप सो रकम जितेका हुन् । त्यस...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...