×

NMB BANK
NIC ASIA

चुनाव पछि एमालेको नेतृत्वमा बन्ने सरकारले देशको अर्थतन्त्रको अवस्था सुधार गर्छ : शंंकर पोखरेल

साउन २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसदमा अगाडि बढेको प्रधानन्यायाधीश महाअभियोग प्रकरणमा एमालेले सत्ता गठबन्धनले ल्याएका प्रमाणहरू अध्ययन गर्ने बताएका छन् ।

Muktinath Bank

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै  पोखरेलले आफू चोखो हुँ भनेर देखाउनका लागि सत्ता गठबन्धनले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएको समेत आरोप लगाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिलेको महाअभियोग प्रकरणमा प्रधानमन्त्री स्वच्छ हुने प्रधानन्यायाधीश चाहिँ मुछिने भन्ने अवस्था नदेखिएको समेत उनले बताए ।


Advertisment
Nabil box
Kumari

महासचिव पोखरेलले चुनाव घोषणा भएपछि संसद् स्वतः निष्क्रिय हुनुपर्ने भए पनि सङ्कटका बेला काम लाग्छ भन्ने हिसाबले गठबन्धनले अगाडि बढाएको उनले बताए । 

Vianet communication
Laxmi Bank

गठबन्धनसँग एमाले एक्लै लड्न तयार रहेको समेत उनले बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा काँग्रेसले चतुरियाई गरेको समेत उनले बताए ।

‘२० प्रतिशतमा काँग्रेसले एक्लै लड्ने रणनीति बनायो । अन्य दललाई एमालेसँग मिल्न पाइँदैन भन्यो । ४० प्रतिशतमा उसले सहयोगी खोज्यो । आफू कमजोर भएका ठाउँमा उनले सहयोगी खोजेको देखिन्छ । अन्य ४० प्रतिशत प्रतिस्पर्धा भने झन् रोचक बन्यो,’ उनले भने,‘सबै दलको गठबन्धन ४० प्रतिशतमा भएको देखिन्छ त्यसमा ४१ प्रतिशत एमालेले जितेको थियो ।’ 

स्थानीय तहको मत परिणाम हेर्दा पनि पूर्ण गठबन्धनले ल्याएको मत अहिले एमालेले ल्याउने महासचिव पोखरेलको दावी छ  ।

काँग्रेसले नीतिगत नेतृत्वको सामथ्र्य गुमाएको आरोप लगाएका छन् । 

‘नेपाली काँग्रेसबाट नेपाली जनताले नीतिगत नेतृत्व अपेक्षा गर्न सक्दैनन्,’ उनले भने,‘अहिलेको गठबन्धन भनेको नीति विहीनता, अवसर वाद र स्वार्थको हो भन्ने पुष्टि भएकाले काँग्रेस प्रति जनताको मोह छैन ।’

एमालेले सरकार छोड्दा मुलुकका शोधान्तर स्थिति बचतको अवस्थामा रहेको उनले बताएका छन् ।

‘शोधान्तर स्थिति ७०/८० अर्ब बचत रहे पनि अहिले पौने ३ खर्व घटेको देखिन्छ,’ उनले भने ‘वैदेशिक मुद्राको संचिति ११ महिनाको वस्तु र सेवा आयत गर्ने अवस्था थियो । अहिले घटेर ६ महिनामा आइपुगेको छ । यही सरकार १ वर्षसम्म रहिरहने हो भने श्रीलङ्का जस्तो अवस्थामा पुग्न सक्थ्यो । अगाडि नै चुनाव घोषणा गरेकाले अब चुनाव पछि एमालेको नेतृत्वको सरकारले सुधार गर्छ,’ उनले भने ।   

  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x