×

NMB BANK
NIC ASIA

अन्तर्राष्ट्रियस्तरको क्याचबल क्लासिक प्रतियोगितामा भक्तपुरका बेसबल खेलाडी सहभागी

साउन २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

भक्तपुरका बेसबल खेलाडीहरूले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रियस्तरको क्याचबल क्लासिक प्रतियोगितामा सहभागिता जनाएका छन् । जापान व्यावसायिक बेसबल खेलाडी संघ र फुकुसिमा बेसबल परियोजनाले आयोजना गरेको ‘क्याच–बल क्लासिक २०२२’ प्रतियोगितामा भक्तपुरको चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाका खेलाडीहरूले सहभागिता जनाएका हुन् । 

Muktinath Bank

चाँगुनारायण नगरपालिकाबाट भक्तपुर बेसबल तथा सफ्टबल क्लब ‘राईजिङ स्टार्स’ र भक्तपुर नगरपालिकाकाबाट ख्वापा किंग्स क्लबका खेलाडीहरू सहभागी भएका थिए । अनलाइन प्रविधिको माध्यमबाट गरिएको उक्त प्रतियोगितामा नेपालसहित चीन, थाइल्याण्ड, भियतनाम, कोरिया, फिलिपिन्स, अष्ट्रेलिया, जापान, न्यूजील्याण्डलगायत मुलुकका खेलाडीहरूको पनि सहभागिता रहेको नेपाली राष्ट्रिय बेसबल टोलीको प्रमुख प्रशिक्षक रोशन थापाले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतियोगितामा नेपालको तर्फबाट १६ वर्ष मुनिका र १६ वर्षमाथिका गरी दुई टोलीले सहभागिता जनाएका थिए । जसमा १६ वर्ष मुनिको टोलीले ६८ अंक मात्रै जोडेको थियो भने १६ वर्षमाथिको टोलीले ९९ अंक जोड्न सफल भएको थियो । 


Advertisment
Nabil box
Kumari

क्याचबल खेल बेसबलको ओरिजिन हो, जसमा ९ जना खेलाडी दुई भागमा विभाजन हुने गर्छन् । एक भागमा ५ र अर्को भागमा ४ जना हुन्छन् । दुई मिनेटको समयमा जुन टिमले धेरै क्याच खेल्न सक्छ त्यो टिम विजयी हुन्छ । पहिलो हुने मुलुकले १ सय ८ अंक जोडेको थियो । क्याचबल खेलको माध्यमबाट दुई देशका बेसबल खेलाडीबीच संस्कृति आदानप्रदान गर्ने उद्धेश्य राखिएको थापाले बताए । प्रतियोगितामा नेपालका राष्ट्रियस्तरका खेलाडीहरूले पनि सहभागिता जनाएका थिए ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x