×

NMB BANK
NIC ASIA

देउवालाई नेताहरूको सुझाव– सय सिट कांग्रेसलाई राखेर गठबन्धनलाइ ६५ मा मिलाउनुस्

साउन २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका दोस्रो तहका नेताहरूले बहुमत सिट आफूसँग राखेर मात्र गठबन्धनमा सिटसंख्या बाँड्न प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । प्रतिनिधि सभाका १ सय ६५ सिटमध्ये कांग्रेसले १०० आफूसँग राखेर बाँकीमा तालमेल गर्न उनीहरूले नेतृत्वलाई सुझाव दिएका हुन् । 

Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान भएको छलफलमा पूर्वपदाधिकारी र प्रभावशाली नेताहरूले बहुमत सिट आफूसँग राख्न आग्रह गरेका थिए । चुनावी तालमेलको विरोध गर्ने नेताहरूलाई केन्द्रीय समिति बैठकमा हकारेका देउवाले सोमवार भने अरुको कुरा सुनेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गठबन्धनमा चुनावी तालमेल गरेर अघि बढ्ने औपचारिक निर्णय भएकोले सिट संख्या कसरी बाँड्ने भन्ने विषयमा राय लिन बोलाइएको देउवाले बताएका थिए । 
‘सभापतिज्यू धेरै बोल्नु भएन, नेताहरूले सय सिटमा कांग्रेसले दाबी छाड्नु हुन्न भन्ने भनाइ राख्नुभयो’ बैठकमा सहभागी एक नेताले लोकान्तरसँग भने । देउवा भने गठबन्धनका अन्य दललाई सम्मानजनक हिस्सा दिने पक्षमा रहेको ती नेताले बताए ।


Advertisment
Nabil box
Kumari

सिट बाँडफाँटबारे सहमति गर्न गठित पाँच दलीय कार्यदलको बैठकअघि कांग्रेसले आन्तरिक छलफल गरेको हो । कार्यदलको बैठक सोमवार अपराह्न बस्दैछ । कार्यदलमा कांग्रेसको तर्फबाट महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला र सञ्चारमन्त्री समेत रहेका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् । 

Vianet communication
Laxmi Bank

सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधि सभाको चुनाव मिति घोषणा गरेसँगै दलहरू चुनावी तयारीमा लागेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x