×

NMB BANK
NIC ASIA

पूर्वाधार विकास कार्यालय रौतहटका ४ कर्मचारीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

साउन २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरसहित ५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

पूर्वाधार विकास कार्यालय रौतहटका निमित्त कार्यालय प्रमुखसमेत रहेका इन्जिनियर शिवजीप्रसाद यादव, इन्जिनियर रामकिशोर साह र सब–इन्जिनियर प्रेमचन्द्र झाविरुद्ध १६ लाख ५९ हजार ९७२ रुपैयाँ विगो कायम गरी मुद्दा दर्ता गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ६ स्थित मलघट्टा चोकदेखि गोडैता नगरपालिकाको रामवन चोकसम्मको सडक स्तरोन्नति गर्ने कार्यमा अनियमितता भएको अभियोगपत्रमा उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट विनियोजन भई उपभोक्ता समितिलाई जिम्मा दिएकोमा ती कर्मचारीहरूले इस्टिमेटअनुसार सडक नबनाई सम्पूर्ण रकम निकासा गरेर हिनामिना गरेको खुलेको छ । गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी उनीहरूले उपभोक्ता समितिलाई १६ लाख ५९ हजार ९७२ रुपैयाँ भुक्तानी दिएका थिए ।

Vianet communication
Laxmi Bank

त्यसैगरी पूर्वाधार विकास कार्यालय रौतहटका लेखाअधिकृत महम्मद दाउदविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ । ४ लाख ९७ हजार ५६६ रुपैयाँ बिगो कायम गरी उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको हो ।

ग्राभेल सडक निर्माण अन्तर्गतको ग्राभेल गर्ने कार्य मेसिन उपलब्ध गराई सम्पन्न गर्ने गरी दररेट निर्धारण गरिएको थियो । सोहीअनुसारको लागत अनुमान स्वीकृत भई उपभोक्ता समितिसँग योजना सम्झौता गरिएकोमा शर्तअनुसार मूल्य अभिवृद्धि कर लाग्ने वस्तु, सेवा खरिद गर्दा अनिवार्य रूपमा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र प्राप्त गरेका व्यक्ति, फर्म, संस्था वा कम्पनीबाट खरिद गर्नुपर्नेमा सो अनुसार कार्य नगरी÷नगराई कन्स्ट्रक्सन कम्पनीलाई बिल विजकसमेत जारी गर्न नलगाई निजले भरपाईको भरमा सबै रकम भुक्तानी दिएको अभियोगपत्रमा उल्लेख छ ।

त्यसैगरी उपभोक्ता समितिका अध्यक्ष राजकुमार महतोले रामवन गोटदेखि मल्घट्टा हुँदै महिनाथपुर नहरसम्म ग्राभेलस्तरको सडक निर्माण गर्ने कार्यमा गलत नापी किताब र भुक्तानी बिल तयार गर्न लगाई गैरकानुनी लाभ लिने नियतले १६ लाख ५९ हजार ९७२ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x