×

NMB BANK
NIC ASIA

तलबमान विवाद

तलबको विवादले सरकार र कर्मचारीबीच संघर्ष : के छ समाधानको उपाय ?

साउन २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कर्मचारीको तलब बजेटमा घोषणा गरिएकोभन्दा बढी बनाउन संसदीय समितिले गरेको सिफारिसका आधारमा सरकारले सार्वजनिक गरेको नयाँ तलबमान विवादमा परेको छ ।

Muktinath Bank

समान पदमा समान तलब बनाउन सरकारले अधिकृतदेखि सचिवसम्मको तलब २४ प्रतिशतले बढाउने गरी नयाँ तलबमान सार्वजनिक गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तो तलबमान वरियताअनुसार तलब मिलान गर्न निजामती कर्मचारीहरूले संसदीय समितिमार्फत सिफारिस गराएका थिए ।


Advertisment
Nabil box
Kumari

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमार्फत वरियताअनुसार तलबमान कायम गर्न भन्दै बजेटले दिएको सीमाभन्दा बढीको तलबमान सार्वजनिक भएको हो । 

Vianet communication
Laxmi Bank

नयाँ तलबमान सार्वजनिक भएपछि नायब सुब्बा (नासु) हरूले विरोध गरेका छन् । नयाँ तलबमान अनुसार नासुको भन्दा अधिकृतको तलबमा ठूलो अन्तर देखिएको उनीहरूको गुनासो छ । यसका साथै नासुको तलब हलुका सवारी चालक र सुरक्षा निकायका समान पदको भन्दा कम हुने भन्दै उनीहरूले विरोध जनाएका हुन् ।

नासुहरूले सरकारले समान पदमा समान तलब लागू गर्दा नासुहरूलाई छुटाएको भन्दै विरोध स्वरूप सोमवार अर्थ मन्त्रालय घेराउ गरेका छन् । नासुहरूको विरोधका कारण अर्थमन्त्री जनार्दन शर्माले तत्काल बजेट बाहिरबाट बढेको तलब लागू नहुने आश्वासन दिएर फर्किएका छन् ।

अर्थमन्त्रीको आश्वासनपछि कर्मचारीले राजस्व सचिव कृष्णहरि पुष्करलाई भेटेर समस्या समाधानमा पहल गर्न आग्रह गरे । अर्थसचिवले अहिले सार्वजनिक भएको तलबमान प्रस्ताव मात्रै भएको र सरकारको निर्णय भएर आई नसकेको र सोहीअनुसार परिपत्र समेत नभएको जानकारी दिए । 

पुष्करले तत्काल बढेको तलब कार्यान्वयन नहुने संकेत पनि गरे । ‘बजेटले १५ प्रतिशत तलब बढाउने भनेको छ । सोहीअनुसार कर्मचारीको तलब वृद्धि हुन्छ,’ उनले भने । त्योबाहेक संसदीय समितिले सिफारिस गरेको २३ प्रतिशतसम्मको तलब तत्काल लागू नगर्ने आश्वासन अर्थमन्त्री जनार्दन शर्माले दिएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले बताए । 

उनले भने, ‘तलब वृद्धि हुनुमा हाम्रो आपत्ति होइन तर श्रेणीविहीनको पनि मर्यादा अनुसार तलबमानको अनुपात मिलाउनुपर्छ भनेका छौं । अहिले सुब्बा र अधिकृतको तलबमा १३ हजारको फरक हुन्छ ।’ उनका अनुसार सोही पदमा सुरक्षा निकायका कर्मचारीले पाउने तलब भने ५ हजारभन्दा बढी रहेको छ ।

तलब सुविधा आयोगले सिफारिस गर्नुपर्ने 

सरकारले कर्मचारीको न्यूनतम तलब सुविधा पुनरावलोकन गर्न र श्रमिकहरूको तलबको सुविधाको अध्ययन गर्न उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने भनेको छ । चालू आवको बजेटमार्फत घोषणा गरेको आयोगले दिएको सिफारिस अनुसार कर्मचारीको तलब समान पदमा समान तलब बनाउने भन्ने छ ।

यसका लागि सरकारले विभिन्न क्षेत्रका प्रतिनिधिलाई समेटेर आयोग गठन गर्नुपर्छ । आयोग गठन गरेर सबैलाई समान व्यवस्था लागू गर्ने विषयमा छलफल शुरू भएको राजस्व सचिव कृष्णहरि पुस्करले बताए । 

यस्तो आयोग बनाउने काम सरकारको हो । यसका लागि आवश्यक सुझाव सहितको प्रस्ताव अर्थ मन्त्रालयले दिने र मुख्यसचिवले नै अगाडि बढाउनुपर्ने जानकारी पनि सचिव पुस्करले दिए ।

आयोग गठन गर्ने र यसले दिएको सुझावअनुसार नै समान पदमा समान तलब लागू हुनुपर्ने पनि अर्थका कर्मचारीको भनाइ छ तर सरकारले पटक–पटक आयोग बनाएर यसको सिफारिस कार्यान्वयन नहुँदा करीब १ दशकदेखि समान पदमा असमान तलबमान रहिरहेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए ।

अर्थ मन्त्रालयका अनुसार अहिले सार्वजनिक भएको २४ प्रतिशतसम्मको तलब वृद्धिको कुनै औपचारिक जानकारी आइसकेको छैन । यसैलाई सरकारले लागू गर्न असन्तुष्ट नासुलाई सम्बोधन गर्न सक्ने वायसलाई लागू नगरी नयाँ व्यवस्था भन्न सक्छ । त्यसका लागि मन्त्रिपरिषद्को निर्णयको परिपत्र नै पर्खनुपर्ने पनि अर्थसचिव पुस्करले बताए ।

उनले भने, ‘अहिलेसम्म यो वर्षको तलब यति हो भनेर कसैलाई पत्र लेखिएको छैन ।’
 
अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता ढुण्डीप्रसाद निरौला यसअघि पटक–पटक तलब आयोग गठन भएको भने स्मरण गर्छन् । सोही आयोगले दिएको सिफारिसअनुसार नै कर्मचारीको तलब बढाउन र समान पदका लागि समान तलब गर्ने सिफारिस हुने गरेको पनि उनको भनाइ छ । सिफारिस अहिलेसम्म कार्यान्वयन नभएको र पटक–पटक नयाँ आयोग बनेको विषय भने आफूलाई जानकारी भएको पनि निरौलाले बताए ।

यस वर्षका लागि सरकारले एक उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने घोषणा गरेको छ । सोहीअनुसार सरकारले आयोग गठन गर्ने र त्यसले मात्रै समान पदमा समान ज्यालाको व्यवस्था गर्न सक्छ । अहिले असमान वृद्धि नै हुन्छ । समान बनाउन तत्काल नसकिने भएकाले बजेटले बढाएको १५ प्रतिशतको वृद्धिदरलाई स्वीकार गरेर असमान तलबमानमै चित्त बुझाउने बाहेकको विकल्प नदेखिएको पनि अर्थ मन्त्रालयका ती उच्च अधिकारीको भनाइ छ ।

हाल वरियतामा नायब सुब्बा र खरिदार माथि भए पनि पाँचौं तहको सवारीचालकले भन्दा कम तलब भएको गुनासो कर्मचारीले गरेका छन् । मर्यादामा उपसचिवभन्दा प्रहरी उपरीक्षक तल हुने भए पनि तलब भने प्रहरी अधिकारीले बढी लिने गरेको भन्दै मर्यादाक्रम अनुसार तलबमान पनि मिलाउनुपर्ने माग निजामती कर्मचारीको छ ।

मर्यादामा प्रहरीको प्रहरी नायब महानिरीक्षकभन्दा सहसचिवमाथि हुने व्यवस्था छ । यो पदमा पनि तलब भने प्रहरी अधिकारीको बढी र  सहसचिवको कम भएको गुनासो कर्मचारीले गरेका छन् । तहगत प्रणाली रहेको स्वास्थ्य सेवा, प्रदेश, स्थानीय तह र सार्वजनिक संस्थानका आठौं तह बराबर शाखा अधिकृत मानिने गरिएकोले कर्मचारीले समान पदमा समान तलब माग गरेका छन् ।

यो माग सम्बोधन तत्काल नहुने र तलब आयोगकै सिफारिस अनुसार सरकारले निर्णय गर्नुपर्ने अर्थ मन्त्रालयका अधिकारीको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १७, २०८०

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफ...

मंसिर १६, २०८०

काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ ।  काठमाडौं महानगरभित्र ग...

कात्तिक १७, २०८०

नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो ।  नेपाली सेनामा रिक्त २२९ अधिकृत प...

मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

पुस ७, २०८०

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाका लागि आवेदकको बाढी देखिएको छ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढी नेपाली युवाले आवेदन फाराम  दिएका हुन् ।   ईपीएस को...

माघ १५, २०८०

काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा कर्मचारी माग गरेको छ । आयोजनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदमा कर्मचारी माग गरेको हो ।  सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन आह्वान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x