×

Dabur
MG

प्रतिनिधिसभा निर्वाचन २०७९

मैदानबाहिर वामदेव ! बर्दियाको चुनावमा गठबन्धन र एमालेमा को–को बलियाे ?

साउन २४, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

स्थानीय तहको मतपरिणाम अनुसार बर्दियामा तेस्रो स्थानमा खुम्चिएको नेकपा एमाले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो शक्ति बन्ने गरी निर्वाचनमा होमिएको छ तर एमालेलाई फेरि पनि तेस्रो स्थानमै रोक्ने ‘मिसन’का साथ सत्तारुढ गठबन्धन लागेको छ ।

yONNEX
Sagarmatha Cement
Kumari

सरकारले आउँदो मंसिर ४ गते आइतवार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसँगै बर्दियामा निर्वाचनको रस्साकस्सी शुरू भएको छ ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

समग्र जिल्लामा पार्टीगत अवस्था हेर्ने हो भने प्रमुख ३ दल एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बराबरजस्तै हैसियत देखिन्छ । बर्दिया पूर्व एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमको गृहजिल्ला हो । गत २०७४ सालको निर्वाचनमा पराजय भोगेका गौतम अहिले एमालेमा छैनन् । 


Advertisment
Tezz
Berger
Pardeshi

बर्दियाको १ नम्बर क्षेत्रमा कांग्रेस नेता सञ्जयकुमार गौतमले एमाले उम्मेदवार वामदेव गौतमलाई ७५३ मतान्तरले पराजित गरेका थिए । सञ्जयले ४४ हजार ८२९ मतका साथ विजयी हुँदा वामदेवले ४४ हजार ७६ मत ल्याएका थिए । एमाले छाडेपछि नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेर आफू संयोजक बनेका गौतमको प्रभाव गृहजिल्ला शून्य जस्तै छ । 

Vianet communication
Laxmi Bank

नेकपा एकता राष्ट्रिय अभियानकी केन्द्रीय सदस्य टोफा यादवले वामदेव गौतम आउँदो निर्वाचनमा बर्दियाबाट चुनाव लड्ने सम्भावना कम रहेको बताइन् । ‘जिल्लामा अहिले हाम्रो उपस्थिति कमजोर छ,’ यादवले लोकान्तरसँग भनिन्, ‘उहाँ प्रत्यक्ष चुनाव लड्नुहुन्छ तर बर्दियाबाट लड्नुहुन्न । गठबन्धनसँग मिलेर अन्य कुनै जिल्लाबाट चुनाव लड्ने योजनामा उहाँ हुनुहुन्छ ।’

टोफाले वामदेवले प्यूठानबाट चुनाव लड्ने आकांक्षा राखेको संकेत गरिन् । गौतमले २०७० सालको दोस्रो संविधानसभा निर्वाचन प्यूठानबाट लडेर जितेका थिए ।
 
आउँदो निर्वाचनमा पनि बर्दियाको १ नम्बर क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । १ नम्बर क्षेत्रबाट यसपटक पनि कांग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतम नै मुख्य आकांक्षी छन् । एमालेबाट केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज लक्ष्मण ज्ञवाली र प्रदेश उपसचिव लीला राना आकांक्षी छन् । ज्ञवाली २०६४ सालमा बर्दियाबाट पराजित भएका थिए भने राना २०७० सालको दोस्रो संविधानसभा निर्वाचनकी समानुपातिक सांसद हुन् । 

एमाले बर्दियाका उपाध्यक्ष शालिकराम अधिकारीले बर्दियाको १ नम्बर क्षेत्रबाट एमालेका प्रतिनिधि सभातर्फ ज्ञवाली र राना प्रत्यक्ष तर्फका बलिया आकांक्षी रहेको बताए । ‘जिल्लामा पार्टी विभाजनको असर धेरै छैन,’ अधिकारीले लोकान्तरसँग भने, ‘हामी अहिलेको निर्वाचनमा प्रतिनिधि सभाका २ वटै क्षेत्र र प्रदेश सभाका ४ वटै क्षेत्रमा एमालेको झण्डा गाड्ने गरी निर्वाचनतर्फ केन्द्रित छौं । सरकारले चुनाव पनि घोषणा गर्‍यो । माओवादी र नेकपा एकीकृत समाजवादी (एस) छाडेर एमालेमा आउनेको जिल्लामा लहर नै छ । वामदेवको यहाँ केही पनि प्रभाव छैन ।’

बर्दियाको क्षेत्र नम्बर १(क) बाट एमालेका कविराम थारू २३ हजार ५६० मतका साथ विजयी भएका थिए भने बर्दिया १(ख) बाट माओवादी केन्द्रका तिलकराम शर्मा २३ हजार ३९२ मत ल्याएर विजयी भएका थिए ।

आउँदो निर्वाचनमा १ नम्बर क्षेत्रबाट माओवादीका शर्मा उम्मेदवार बन्ने दौडमा छन् । माओवादीका पोलिटब्यूरो सदस्य शर्मा अहिले लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री छन् । माओवादी केन्द्र जिल्ला कार्यालय सचिव छविलाल सिंह ‘विजय’ले १ नम्बर क्षेत्रको प्रतिनिधि सभातर्फ शर्मा बलिया उम्मेदवार रहेका बताए ।
 
यता २ नम्बर क्षेत्रबाट यसअघि निर्वाचन जितेका माओवादी केन्द्रका सन्तकुमार थारू माओवादीबाट बलिया उम्मेदवार छन् । उनी ५० हजारभन्दा बढी मत ल्याएर जित्ने नेता हुन् । पार्टीको जिल्ला इन्चार्ज सन्तकुमारले लगातार ३ पटक निर्वाचन जितेको इतिहास पनि छ । माओवादीबाट सन्तकुमारसँगै अर्का माओवादीका नेता दुर्गाबहादुर थारू पनि आकांक्षी छन् । 

बर्दियाको २ नम्बर क्षेत्रमा माओवादी केन्द्र बलियो देखिन्छ । सन्तकुमारले ५० हजार ५५५ मतका साथ विजयी हुँदा कांग्रेसका गोपाल दहितले ३६ हजार ७३५ मत मात्र ल्याएका थिए । सन्तकुमार प्रतिस्पर्धीभन्दा १३ हजार ८२० मतान्तरले अघिल्लो निर्वाचनमा विजयी भएकाले आउँदो निर्वाचनमा सत्तारुढ गठबन्धन भए पनि यो क्षेत्र माओवादीले पाउने निश्चित जस्तै छ । १ नम्बर क्षेत्र कांग्रेस र २ नम्बर क्षेत्र माओवादीले लिएर टिकट बाँडफाँट गर्ने चर्चा छ ।

प्रदेश सभातर्फ २०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर २(क) तर्फ पनि माओवादीका दिपेश थारू निर्वाचित भएका थिए । थारूले २३ हजार ६२२ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका नाचुराम चौधरीले १७ हजार ९१२ मत ल्याएका थिए भने क्षेत्र नम्बर २ (ख) मा एमालेका कूलप्रसाद पोखरेलले जीत निकालेका थिए । नेता थारू अहिले प्रदेश सांसदबाट राजीनामा दिएर गत वैशाख ३० स्थानीय तह निर्वाचनमा राजापुर नगरपालिका मेयरमा विजयी भएका छन् । यस क्षेत्रमा नेपाली कांग्रेसबाट जिल्ला सभापति अरूणप्रकाश सिंह राठोर आकांक्षी छन् ।

अरुण सिंहसँगै यसअघि पराजित गोपाल दहित र किशोरकुमार राठोर बलिया आकांक्षी नेतामा पर्छन् । दहितकाे पार्टी फेरिरहने भन्दै बेलाबेला आलोचना पनि भइरहन्छ ।

जिल्ला सभापति अरूणप्रकाश सिंहले आउने प्रतिनिधिसभा निर्वाचनमा २ नम्बर क्षेत्रबाट आफू उम्मेदवार बन्नुपर्ने दाबी प्रस्तुत गरे । उनले भने, ‘म २० वर्षअघि पनि आकांक्षी हो । किशोर, सञ्जय गौतमदेखि गोपाल दहितभन्दा सबैभन्दा म पुरानो नेता हुँ । अब यो क्षेत्रबाट टिकट मैले पाउनुपर्छ ।’ 

अरूणले लोकान्तरसँग थपे, ‘हामीले स्थानीय तह निर्वाचनमा पनि जिल्लामा गठबन्धन गरेको होइन । आउँदो निर्वाचनमा पनि गर्नुपर्ने आवश्यक म देख्दिनँ । हामी आफैं बलिया छौं ।’

एमालेबाट २ नम्बर क्षेत्रमा विमला विक र भीम केसी आकांक्षी छन् । विक एमाले केन्द्रीय अनुशासन आयोग सदस्य तथा हाल प्रतिनिधि सभाको समानुपातिक सांसद हुन् । केन्द्रीय सदस्य केसी २०६४ सालमा यसै क्षेत्रबाट पराजित नेता हुन् । स्थानीय तह निर्वाचनमा जिल्लाका ८ स्थानीय तहमध्ये ५ वटा कांग्रेस, २ वटा माओवादी र १ वटामा एमालेले जीत निकालेका थिए ।

स्थानीय तहको मतको आधारमा गठबन्धनका दल जित्नेमा ढुक्क छन् भने मेहनत गरेर नतिजा आफ्नो पोल्टामा ल्याउने एमालेले बताएको छ ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १६, २०८०

नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले मंगलबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) खेलराज पाण्डेयलाई २४ बुँदे ज्ञापनपत्र बुझाएको छ । मेयर पाण्डेयले राजनीतिक प्रतिशोधका आधारमा अघिल्लो नेतृत्वले अघि सारेक...

असोज १६, २०८०

कोशी प्रदेशसभाको चौथो अधिवेशन बुधवार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठकले प्रदेश प्रमुख परशुराम खापुङलाई प्रदेशसभा बैठकका लागि सिफारिस गरेको थियो । प्रदेश प्रम...

असोज १६, २०८०

प्रतिनिधिसभाका सांसद बासुदेव घिमिरेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग समेत पर्ने जमिन व्यक्तिको नाममा नामसारी गर्ने कार्यमा संग्लन सबैलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गरेका छन् ।  म...

असोज १६, २०८०

नेकपा (एमाले)का अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले देश अप्ठ्यारोमा परेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनाश्यक रुपमा चीनका विभिन्न ठाउँमा भ्रमण गरेको भन्दै कटाक्ष गरेका छन् । चीनकै ...

असोज १६, २०८०

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ज्यान मार्न खोज्ने ‘अपराधी’लाई सरकारले जोखाउन खोजेको आरोप लगाएका छन् । आफूमाथि आक्रमण गर्न खोज्ने सत्ता साझ...

असोज १६, २०८०

 नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा विद्यमान गरिबी न्यूनीकरण गरी देश विकास गर्नका लागि समाजवादी व्यवस्थालाई छिट्टै कार्यान्वयन गर्नुपर्ने बताएका छन् । समाजवाद ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x