×

NMB BANK
NIC ASIA

निर्वाचन आयोगमा एमालेले गरायो दल दर्ता [तस्वीरसहित]

साउन २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिने प्रयोजनका लागि नेकपा (एमाले)ले दल दर्ता गराएको छ । एमालेले मंगलवार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको हो । 

Sagarmatha Cement
Muktinath Bank

महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोलीले कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको हो । संविधान र कानूनी व्यवस्थाअनुसार आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि दल दर्ता गराएको महासचिव पोखरेलले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आफ्नो पार्टी दल दर्ता गरेसँगै सो निर्वाचनको तयारीमा पनि विधिवत रुपमा प्रवेश गरेको बताएका छन् । त्यसअवसरमा महासचिव पोखरेलले एकपटक दर्ता भइसकेको दल पटक–पटक हरेक निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता गराउने कुरा आवश्यक नभएको प्रतिक्रिया समेत दिए । 


Advertisment
Nabil box
Kumari

‘लोकतन्त्रमा आवधिक निर्वाचन अनिवार्य र आवश्यक विषय हो । हाम्रो संविधानले प्रत्येक निर्वाचनको समयमा दलहरू दर्ता गर्ने व्यवस्था गरेको छ । यो व्यवस्था चाहिँ सुधार गर्नुपर्छ भन्ने लाग्छ मलाई’, उनले भने, ‘दलहरू एक पटक दर्ता भइसकेपछि पटक–पटक दर्ता गरिरहने कुरा आवश्यक विषय होइन । तर, पनि हाम्रो संविधान, कानूनले जे व्यवस्था गरेको छ । त्यसअन्तर्गत हामीले दल दर्ता गरेका छौँ । र, हामी निर्वाचनको तयारीमा विधिवत रूपमा प्रवेश गरेका छौँ ।’

Vianet communication
Laxmi Bank

निर्वाचन आयोगले आगामी मंसिर ४ गते आइतवार हुने निर्वाचन प्रयोजनका लागि यही साउन ३१ गते कार्यालय समयभित्र सबै राजनीतिक दलहरूलाई दल दर्ताका लागि आह्वान गरेको थियो । 

दल दर्ताका लागि एमाले महासचिव पोखरेलसहित उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमालसहितका नेताहरू निर्वाचन आयोग पुगेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x