×

NMB BANK
NIC ASIA

फूलबारी रिसोर्ट किन्न साँवाभन्दा कमको आवेदन परेपछि लिलामी भएन, फेरि नयाँ प्रक्रिया शुरू

साउन २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पोखराको फूलबारी रिसोर्ट किन्न एउटा मात्रै व्यापारिक कम्पनीको आवेदन परेको छ ।

Sagarmatha Cement
Muktinath Bank

पोखराको पाँचतारे होटल फूलबारी रिसोर्टका सञ्चालक पियुसबहादुर अमात्यले नेपाल बैंकबाट लिएको साढे ३ अर्ब रुपैयाँ ऋण तिर्न नसकेपछि उनको रिसोर्ट लिलामीमा गएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लिलामीबाट सकार्न आवेदन दिने कम्पनीले साँवाभन्दा कम प्रस्ताव हालेकाले रिसोर्ट लिलामी नै भएन ।
 
साँवाभन्दा कम रकम कबोल गरेर लिलामी परेको र एउटा मात्रै कम्पनी भएकाले प्रतिस्पर्धा बढाउन बैंकले पुनः लिलामी प्रक्रिया अगाडि बढाउने भएको छ ।


Advertisment
Nabil box
Kumari

बैंकले साउन ५ गते अन्तिम समय दिएर लिलामीको सूचना निकालेको थियो । सूचनाको समय सकिने अन्तिम समयमा अमात्यले लिलामी रोक्न जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेका थिए । अमात्यले लिलामी रोकिपाउँ भनेर हालेको मुद्दाका ४ गते जिल्ला अदालतमा बहस हुँदै गर्दा उनी उच्च अदालत पाटन गएका थिए । 

Vianet communication
Laxmi Bank

उच्च अदातले साउन ५ गते लिलामी तत्काललाई स्थगन गरी साउन १५ गते छलफलमा आउन आदेश दिएको थियो । आदेशअनुसार साउन १७ गते उच्च अदालतले लिलामी प्रक्रिया रोक्नु नपर्ने र अन्तरकालीन आदेश जारी गरिरहनु नपर्ने आदेश गरेको थियो ।

लिलामी प्रक्रिया रोक्नु नपर्ने आदेशपछि एउटा मात्रै कम्पनीले आवेदन दिन भ्याएको थियो । अरु कम्पनीको आवेदन नपरेको हुँदा रितपूर्वक नै आवेदन परेको कम्पनीको प्रस्ताव खोलिसकेपछि पुनः नयाँ प्रक्रियामा जाने र प्रतिस्पर्धा बढाउने गरी साउन २२ गते निर्णय भएको नेपाल बैंकले जानकारी दिएको छ । बैंक स्रोतले दिएको जानकारीअनुसार प्रस्ताव करीब पौने ३ अर्ब रुपैयाँको थियो ।

फूलबारी रिसोर्टले बैंकलाई तिर्नुपर्ने रकम २०५५ सालसम्मको साँवा १ अर्ब ३० करोड रुपैयाँ थियो । बैंकलाई तिर्नुपर्ने साँवा यस पुनर्मुल्यांकनबाट २०७६ सालमा ३ अर्ब ४७ करोड रुपैयाँ साँवा तोकिएको थियो । फूलबारी रिसोर्टले लिएको यस्तो ऋणको सबै साँवा र ब्याज हिसाब गर्दा ३५ अर्ब रुपैयाँभन्दा माथि पुग्ने पनि नेपाल बैंकले जानकारी दिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x