×

आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा ६५ हजारले लिए सेवा

साउन २५, २०७९

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा उपचारका लागि आउने बिरामीको आकर्षण बढ्दै गएको छ ।

yONNEX
Sagarmatha Cement

स्वास्थ्य केन्द्रमा दैनिक ५० देखि १०० जनासम्म हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रले समय–समयमा स्थानीय तहका ग्रामीण क्षेत्रका वासिन्दालाई निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा दिँदै आएको केन्द्रका प्रमुख डा. रामप्रवोध मण्डलले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा झण्डै ६५ हजार मानिसले उपचार लिएका छन् ।


Advertisment

स्वर बसेका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, दम, बाथ, हाडजोर्नी, ग्यास्ट्रिक, प्रसूति, बमनथेरापी लगायत सेवा लिन अहिले पनि स्वास्थ्य केन्द्रमा भीड नै लाग्ने गरेको छ । आव २०७७/७८ मा ५५ हजार ८४२ जनाले उपचार लिएका कार्यालयले जनाएको छ ।

Vianet communication
Laxmi Bank

त्यसैगरी २०७६/७७ मा ३८ हजार ५८५ जनाले स्वास्थ्य उपचार सेवा लिएका थिए । केन्द्रमा पञ्चकर्म र क्षारसूत्र विधिबाट विभिन्न रोगको सफल उपचार गरेपछि मानिसको आयुर्वेदिक उपचारतर्फ आकर्षण बढ्दै गएको केन्द्रका प्रमुख डा. मण्डलले जानकारी दिए ।

केन्द्रमा सेवा लिन तनहुँ, छिमेकी जिल्ला गोरखा, लमजुङका केही क्षेत्रका मानिस समेत आउने गरेका छन् । 

आयुर्वेदिक पद्दतिबाट उपचार गर्दा कुनै असर नगर्ने भएकाले पछिल्लो समय मानिसको यसतर्फ आकर्षण बढ्दै गएको उनले बताए । एलोप्याथिक विधिबाट लामो समय उपचार गरेर थकित भएका व्यक्ति पनि आयुर्वेदिक उपचारमा आउने गरेका छन् । केन्द्रले प्यारालाइसिस, बाथ, जोर्नीका समस्या भएका बिरामीलाई लक्षित गरी फिजियोथेरापीका लागि मशिन ल्याइसकेको जनाएको छ ।

गण्डकी प्रदेश सरकारको सहयोगमा फिजियोथेरापी मशिन ल्याइएकाले छिट्टै सञ्चालनमा ल्याई सेवा दिने लक्ष्य रहेको डा. मण्डलले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x