×

NMB BANK
NIC ASIA

१९ वर्षमा २८ करोड सकिँदा पनि तयार भएन मूलपानी क्रिकेट रंगशाला, नयाँ टेन्डरको गृहकार्य [भिडियो]

साउन २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

निर्माण शुरू भएको १९ वर्ष पुग्दा र २८ करोड बजेट सकिँदा पनि मूलपानी क्रिकेट रंगशालाको निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

Muktinath Bank

दुई वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित २०६० सालमा ठेक्का सम्झौता भएको रंगशालाको काम झण्डै २ दशक बित्न लाग्दा पनि अलपत्र अवस्थामा रहेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले बर्सेनि धेरथोर बजेट छुट्ट्याउँदै आए पनि काम भने जहाँको त्यहीँ छ । करीब १३ हजार दर्शक क्षमतामा निर्माण गरिने प्याराफिटको काम कछुवाको गतिमा अगाडि छ ।


Advertisment
Nabil box
Kumari

मूलपानीमा दुईवटा क्रिकेट मैदान निर्माणाधीन अवस्थामा छन् ।

Vianet communication
Laxmi Bank

माथिल्लो मैदान क्यान आफैंले निर्माण गरिरहेको छ भने तल्लो मैदानमा प्याराफिटसहितको रंगशाला निर्माणको काम राष्ट्रिय खेलकुद परिषदमार्फत सरकार आफैंले गरिरहेको छ ।

विभिन्न समस्याका कारण निर्माण कार्यमा अपेक्षित प्रगति हुन नसकेको राखेपका सदस्य सचिव टंकलाल घिसिङले बताए ।

'हामीले गत वर्ष पनि जति खर्च गर्न चाहेका थियौं, त्यति खर्च भएन । निर्माण व्यवसायीलाई पटक–पटक बोलाएर काम गर्न ताकेता गर्दा पनि नटेरेको अवस्था छ,' घिसिङले लोकान्तरसँग भने, 'पहिले कोरोना महामारी र पछि चुनावमा भोट हाल्न कामदार गाउँ गएकाले पनि काममा ढिलाइ भएको अवस्था छ ।'

अहिलेसम्म टुक्राटुक्रामा ठेक्का लगाएर २८ करोड खर्च भएको घिसिङले बताए ।

'अहिलेसम्म टुक्रा–टुक्रामा काम भइरहेको छ । यो काम २८ करोड हाराहारीको हो। समग्र काम सम्पन्न गर्नका लागि छुट्टै टेन्डर निकाल्न आवश्यक छ । त्यसका लागि समेत राखेप तयारीमा जुटिराखेको छ,' घिसिङले थपे ।

नेपाल सरकारले यसै आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न गर्ने भनेर आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको तथा आवश्यक बजेट समेत उपलब्ध गराएको राखेपले जनाएको छ ।

उक्त रंगशाला निर्माण सम्पन्न गरिसकेपछि क्यानलाई हस्तान्तरण गरिने क्यानका प्रबन्ध निर्देशक वृत्तान्त खनालले बताए ।

माथिल्लो क्रिकेट मैदान भने क्यान आफैंले निर्माण गरिरहेको छ । आउँदो अक्टोबरमा एक लेभलको खेल सञ्चालन गर्ने लक्ष्यसहित क्यानले निर्माण कार्य अगाडि बढाएको छ ।

मैदान निर्माणको काम अगाडि बढिरहेको क्यानका प्रबन्ध निर्देशक वृत्तान्त खनालले जानकारी दिए ।

क्रिकेट मैदानका लागि बजेट जुटाउन आईसीसीसँग पनि कुरा अगाडि बढेको खनालले बताए ।

'केही महिनाअगाडि आईसीसीका पदाधिकारीहरू आई निरीक्षण गरेर यसको निर्माणका लागि लगानीको वातावरण बनाइदिने वाचा गर्नुभएको छ,' उनले भने ।

माथिल्लो मैदानलाई क्रिकेट एकेडेमीका रूपमा विकास गर्ने गरी कुरा अगाडि बढेको र लगानीका लागि एसियन क्रिकेट काउन्सिलसँग पनि कुराकानी भइरहेको खनालले जानकारी दिए ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x