×

NMB BANK
NIC ASIA

विष्णु माझीको तीज गीत ‘चरी जेलैमा-२’ सार्वजनिक, कस्तो पाउला प्रतिक्रिया ?

साउन २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

 ‘विष्णु माझीको गीत र भूकम्प उस्तै हो । कतिबेला आउँछ कसैलाई पत्तो हुँदैन’ केही साताअघि भिडियो निर्देशक स्मृति तिमिल्सिनाले लोकान्तरसँग भनेकी थिइन् । निर्देशक तिमिल्सिनाले भनेजस्तै विष्णु माझीको यस वर्षको तीज गीत सार्वजनिक भएको छ– उही गुपचुप रुपमै । 

Muktinath Bank

लोकदोहोरीकी चर्चित एवं रहस्यमयी गायिका विष्णुले यसवर्ष गतवर्षको हिट गीत ‘चरी जेलैमा’को भाग-२ ल्याएकी हुन् । बुधबार साँझ सार्वजनिक ‘चरी जेलैमा २’ गीतमा विष्णुको एकल स्वर छ । श्रीमान सुन्दरमणि अधिकारीको शब्द÷संगीत, बिनोद बाजुरालीको एरेन्ज रहेको गीतमा महिमा आचार्यको कोरस गायन छ । गीतमा ‘चरी जेलैमा’कै संगीत सुन्न सकिन्छ । केही शब्दहरु समेत गतवर्षकै गीतको प्रयोग गरिएको छ । 
गीतको भिडियोमा यसअघिकै मोडल ललिता पौड्यालकै अभिनय छ । विष्णुमा अधिकांश गीतको भिडियोमा उनै ललिताको अभिनय रहँदै आएको छ । साथमा सुन्दरमणिले अभिनय गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणिले नै भिडियोको निर्माण एवं निर्देशन गरेका हुन् । ‘चरी जेलैमा’मा जस्तै यस गीतमा पनि तीज संस्कृतिको अन्तर्यलाई झल्काउँदै विवाहित चेलीको वेदनालाई प्रस्तुत गरिएको छ । खासगरी श्रीमान खराव पर्दा चेलिले पाउने पीडाहरुलाई गीतमा व्यक्त गरिएको छ । गतवर्षकै कथालाई यसमा निरन्तरता दिईएको हो । भिडियोलाई थुप्रै कोरसका साथ तामझामका साथ खिचिएको छ । 
शम्भु चालिसेको छायाँकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् । भिडियो सुन्दरमणिको आफ्नै सपना म्युजिक इन्डष्ट्रिजको युट्युबमार्फत सार्वजनिक भएको हो । 


Advertisment
Nabil box
Kumari

गुपचुप सार्वजनिक
विष्णु माझी जति रहस्य छिन्, उनका गीत पनि उत्तिकै रहस्यमणी तरिकाले सार्वजनिक हुने गरेका छन् । अधिकांश कलाकारहरुले गीत रेकर्डिङका तस्वीरहरु सार्वजनिक गर्छन् । भिडियो छायाँकनका तस्वीरहरु सार्वजनिक हुने गरेका छन् । अहिले त पोष्टर र टिजर समेत सार्वजनिक गर्ने लहर सुरु भएको छ । यस्तोमा विष्णुको गीत भने सरप्राइजका रुपमा युट्युबमा सार्वजनिक हुने गर्छ । यस गीत पनि सोहीअनुरुप सार्वजनिक भएको हो । 

Vianet communication
Laxmi Bank

‘पुलतीको भट्टी’ भाग १८ 
‘चरी जेलैमा-२’ गीत ‘पुलतीको भट्टी’ भाग-१८ का रुपमा सार्वजनिक गरिएको हो । उनले हरेक वर्ष पुतलीको ‘पुलतीको भट्टी’को नयाँ भागका रुपमा तीज गीत ल्याउँदै आएकी छिन् । २०६१ सालदेखि हरेक तीजमा ‘पुलतीको भट्टी’को नयाँ भाग सार्वजनिक हुँदै आएको छ । यसअर्थमा विष्णुले एउटा तीज गीतको धेरै भाग ल्याउने गायिकाका रुपमा समेत रेकर्ड बनाएकी छिन् । निरन्तर रुपमा यति धेरै भागसम्म अरु कुनैपनि तीज गीत सार्वजनिक भएका छैनन् । 

कस्तो होला ‘चरी जेलैमा २’ ? 
विष्णु माझीको तीज गीतहरुमध्ये गतवर्षको ‘चरी जेलैमा’ सर्वाधिक हिट मानिन्छ । गीतले १३ दिनमै युट्युबमा १ करोड भ्युज पाएको थियो । सर्वप्रथम उक्त गीतको शब्द र संगीतले नै धेरैको ध्यान तानेको थियो । सोहीकारण पनि यसवर्षको तीजमा सोही गीतको संगीतमा ‘चरी जेलैमा’ ल्याएको हुनुपर्छ । यस गीतका शब्दहरु पनि उत्तिकै मार्मिक छन् । सार्वजनिक भएको छोटो समयमै भिडियोले राम्रो भ्युज पाएको छ । प्रतिक्रियाहरु प्नि राम्रो आईरहेका छन् । यसवर्ष बजार तताउने तीज गीतहरु धेरै पनि आएका छैनन् ।

यसवर्षको विष्णु माझीको ‘चरी जेलैमा २’ले स्रोता÷दर्शकको ध्यान तान्न सक्छ । तर, विगतकै संगीत र केही शब्दहरु समेत समावेश गरिएकाले त्यत्तिको हिट भने हुन गाह्रो हुने संगीतकर्मीहरु बताउँछन् । एक निर्देशकले लोकान्तरसँग भने, –‘गतवर्षको गीत त्यस्तो हिट भएको थियो । यसवर्ष पनि विष्णु माझीको गीत विशेष नै आउँछ भन्ने थियो । केही विशेष त छ । तर, सोचेको जस्तो आएन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x