×

Dabur
MG

सरसर्ती २४ घण्टा

प्रधानमन्त्री कार्यालयको सवारीसाधन कर्मचारीका सन्तानलाई, प्राधिकरणमा कुलमानको कमाल

साउन २६, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी पछिल्लो २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सवारी साधन मर्मत तथा इन्धनमा व्यापक अनियमितता भएको पाइएको छ । अन्य निकायलाई मितव्ययिताका लागि निर्देशन दिने प्रधानमन्त्री कार्यालयमै सवारी साधनको चरम दुरुपयोग हुने गरेको छ ।मापदण्डविपरीत कर्मचारीहरूले दोहोरो सवारी सुविधा लिनेदेखि मर्मतकै नाममा अस्वाभाविक खर्च गर्ने गरेको देखिन्छ । यहाँसम्म कि निजी नम्बर प्लेटका सवारी साधनलाई समेत इन्धन तथा मर्मतका लागि पटक पटक भुक्तानी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतको दाबी छ ।

yONNEX
Sagarmatha Cement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बा १ झ ८८२१, बा १ झ ९१७४, बा १ ग २३९७, बा १ झ ८६१० नम्बरको चारवटा स्टाफ बस छन् । केही तल्लो तहका कर्मचारीहरू स्टाफ बस पनि चढ्छन् र सवारी सुविधा पनि लिएका छन् । ‘मोटरसाइकल र स्कूटर लिने कतिपय कर्मचारीहरू स्टाफ बस चढ्छन् । उनीहरूले लिएका साधन भने तिनका घरपरिवारका सदस्यले चढ्ने गरेका छन्’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक कर्मचारीले लोकान्तरसँग भने, ‘त्यसैगरी केही शाखा अधिकृत र उपसचिवले चारपाङ्ग्रे गाडीका साथै मोटरसाइकल पनि बुझ्नुभएको छ । कार्यालय आउँदा चारपाङ्ग्रे गाडी चढेर मोटरसाइकल भने घरपरिवारका सदस्यलाई प्रयोग गर्न दिने गर्नुभएको छ ।’
अझै रोचक कुरा के भने परिवारका सदस्यले चढेका ती सवारी साधनलाई पनि इन्धनको भुक्तानी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै हुने गरेको छ ।
००००
भारतीयसँगै नेपाली मुद्राको अवमूल्यनका कारण पछिल्लो समय डलर निकै महंगो पर्न थालेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मूल्यअनुसार अहिले १ अमेरिकी डलर खरिद गर्न नेपाली मुद्रा १२७ रुपैयाँ ७६ पैसा खर्च गर्नुपर्छ । डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदै जाँदा नेपालमा विदेशी मुद्राको सञ्चिति घटेको अवस्था छ । निर्यातको तुलनामा आयात निकै बढी हुँदा डलर आम्दानीभन्दा खर्च उच्च छ ।
नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले भारतीय मुद्रा कमजोर हुँदा नेपाली मुद्रामा प्रत्यक्ष असर परेको बताए ।
००००
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् । मन्त्री खड्का र विदेशमन्त्री वाङबीच बुधबार साँझ चीनको चिङ्दाओमा सौहार्दपूर्ण र फलदायी भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै मन्त्रीहरुले नेपाल–चीन सम्बन्धका सबै पक्षको समीक्षा गर्नुका साथै आपसीहितका क्षेत्रमा सहयोग अभिवृद्धि गर्न सहमत भएका छन् ।
००००
सर्वोच्च अदालतले न्याय परिषद्ले न्यायाधीश नियुक्तिका लागि बनाएको नयाँ निर्देशिकाविरुद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले बुधबार उक्त निवेदन दर्ता गर्न आदेश दिएको हो । अधिवक्ताद्वय कीर्तिनाथ शर्मा पौडेल र ज्योतिदेव पनेरुले दायर गरेको रिट निवेदन बिहीबार सर्वोच्चका कामु मुख्य रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ (दर्ता गर्न अस्वीकार) गरेका थिए ।
००००
कुनै समय सञ्चित घाटा रु ३२ अर्ब बराबर पुगेको नेपाल विद्युत् प्राधिकरणले नाफामा वृद्धि गर्न सफल भएको छ । पछिल्लो पटक प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७–७८ मा रु छ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणले आव २०७८–७९ मा नाफालाई बढाएर रु १६ अर्ब नौ करोड बराबर पुग्ने प्रक्षेपण गरेको छ । हाल प्राधिकरणमा कुलमान घिसिङ नेतृत्वमा छन् । 
००००
प्रतिनिधि सभाको बुधबारको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । संविधानको धारा ९४ अनुसार कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न एकचौथाइ सांसद हुनुपर्ने व्यवस्था भए पनि संख्या नपुगेपछि स्थगित भएको हो । बैठकमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले राष्ट्रिय सभाको सन्देश सहितको ‘शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव सदनसमक्ष प्रस्तुत गरेका थिए ।
००००
पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार ६ हजार ७०५ जनामा गरिएको परीक्षणमध्ये ६६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो  । यससँगै सक्रिय संक्रमितको संख्या ५ हजार ८८५ पुगेको छ । काठमाडौं उपत्यकामा ३०० जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा ५३, भक्तपुर १८ र काठमाडौंमा २२९ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।
००००
धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक झण्डै ६ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार कारोबारमापक नेप्से परिसूचक ५ दशमलव ९१ अंकले ओरालो लागेर २ हजार ५६ दशमलब ८८ अंकमा ओर्लिएको छ ।
००००
बझाङको बुङ्गल नगरपालिका–९ रारुमा एकै परिवारका ३ जनाले एउटै रुखमा झुन्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार बुधवार विहान आमा, छोरा र छोरी झुण्डिएको अवस्थामा भेटिएका हुन् । घटनाबारे प्रहरीले अनुसन्धन सुरु गरेको छ ।
००००
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोगको अध्ययन छिट्टै टुंग्याउन महाअभियोग सिफारिश समितिका सदस्यसँग आग्रह गरेका छन् ।
बुधवार सिफारिश समितिका सदस्यहरूसँगको भेटमा सापकोटाले महाअभियोगको काम अगाडि बढाउन आग्रह गरेका हुन् ।
००००
बुधबार काठमाडौंको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ । काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एकघरमा आगलागी भएको हो । सुरक्षाकर्मीले दमकलको सहयोगमा आगो निभाएका थिए ।
००००
नेकपा एमालेको केन्द्रीय स्कूल विभागले आउँदो भदौ २ गतेदेखि प्रशिक्षण सञ्चालन गर्ने भएको छ । विभागले तय गरेको वार्षिक कार्ययोजनाअन्तर्गत पहिलो चरणमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), राष्ट्रिय युवासंघ लगायत जनसंगठनका केन्द्रीय तहका कार्यकर्ता तथा नवप्रवेशीलाई ३ दिने प्रशिक्षण दिइने उल्लेख छ ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

Advertisment
Kumari
Saurya island
Pardeshi
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १०, २०८०

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (बुधबार) छोङ्छिङ्बाट ल्हासा पुगेका छन् । सिछ्वान एअरलाइन्समार्फत् स्थानीय समयानुसार करिब १२ बजे प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको...

असोज १०, २०८०

नेकपा (एमाले)को बागमती प्रदेश अधिवेशनमा सर्वसम्मत् नेतृत्व चयन गर्ने प्रयास अहिलेसम्म सफल भएको छैन । सर्वसम्मत् नेतृत्व चयनका लागि बिहानैदेखि प्रयास गरे पनि दिउँसोसम्म सहमति हुन सकेको छैन ।  एकातिर सर्वसम्...

असोज १०, २०८०

गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हबल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् ।  ...

असोज १०, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीका छोराले लगेको सरकारी गाडी दुर्घटनाग्रस्त भएको खुलेको छ । गत शनिवार बेलुकातिर दक्षिणकालीबाट बल्खुतर्फ आउने क्रममा टौदह क्षेत्रमा राज्यमन्त्रीको सचिवालयका लाग...

असोज १०, २०८०

काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यवसायीलाई धरपकड गरेको विरोधमा निरन्तर उभिएर आन्दोलनरत अभियन्ता ईः को स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । ९ दिनदेखि उभिइरहेका उनको खुट्टा सुन्निएको छ भने शरीरमा पनि खटिराहरू दे...

असोज १०, २०८०

नेकपा (एमाले)को बाग्मती प्रदेश अधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका प्रकाशित भएको छ । बुधबार बिहान पार्टी केन्दीय कार्यालय च्यासमा मतदाता नामावली प्रकाशन गर्नेदेखि उम्मेदवारी मनोनयलगायत कार्यक्रम सार्वजनिक गरिएको ह...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x