×

NMB BANK
NIC ASIA

भारतमा फेरि कोरोना भाइरसको आतंकः दिल्लीमा १० दिनमा ३ गुणाले बढ्यो मृत्युदर

साउन २६, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित १६ हजार २९९ थपिएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ लाख २५ हजार ७६ पुगेको छ । परीक्षणका क्रममा संक्रमितको दर पनि ४.५८ प्रतिशतले बढेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । 

Muktinath Bank

पछिल्लो समय राजधानी नयाँदिल्लीमा संक्रमण दर निकै बढेको छ । दिल्लीमा मात्र पछिल्लो २४ घण्टामा २ हजार १४६ जना नयाँ संक्रमित फेला परेका छन् । त्यहाँ ८ जनाको मृत्यु भएको छ । करिब यो पछिल्लो १८० दिनमा सबैभन्दा धेरै मृत्यु संख्या भएको ‘आज–तक’ले उल्लेख गरेको छ । यसअघि १३ फेब्रुअरीमा एकैदिन १२ जनाको मृत्यु भएको थियो । मुम्बई शहरमा पनि पछिल्लो २४ घण्टामा ८०० नयाँ संक्रमित फेला परेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिल्लीमा कोरोना संक्रमण लगातार बढ्दै गइरहेको छ । यसअघि गत मंगलवार २ हजार ४९५ नयाँ संक्रमित फेला परेका थिए । बुधवार परीक्षण गरिएका १५.४१ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । बुधवार ६ जनाको मृत्यु भएको थियो । त्यसअघि २१ जनवरीमा दिल्लीमा संक्रमण दर १८.०४ प्रतिशत थियो । दिल्लीमा अगस्टमा ४० जनाको मृत्यु भएको थियो । जुलाईमा जम्मा १० जनाको मृत्यु भएको थियो । जुलाईको तुलनामा अगस्टको १० सम्ममै तीन गुणाले मृत्युदर बढेको छ । 


Advertisment
Nabil box
Kumari

दिल्लीमा पनि मृत्युदर बढ्दै 

Vianet communication
Laxmi Bank

दिल्लीमा १ अगष्टमा २ जनाको मृत्यु भएको थियो । २ अगष्टमा ३, ३ अगष्टमा ५, ४ अगष्टमा ४, ५ अगष्टमा २, ६ अगष्टमा १, ७ अगष्टमा २, ८ अगष्टमा ६, ९ अगष्टमा ७ र १० अगष्टमा ८ जनाको मृत्यु भएको छ । २२ देखि ३१ जुलाईसम्म जम्मा १४ जनाको मृत्यु भएको थियो । दिल्लीमा हालसम्म कोरोना संक्रमणबाट २६ हजार ३५१ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा पछिल्लो एक हप्तामा कोरोना संक्रमण तीव्र रूपले बढिरहेको छ । त्यस्तै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । 

मर्नेमा अधिकांश दीर्घरोगी 

दिल्लीमा बढिरहेको मृत्युदरलाई लिएर स्वास्थ्य अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् । उनीहरूको अध्ययनअनुसार पछिल्लो समय अन्य रोगबाट पीडित व्यक्तिहरूको मृत्यु भइरहेको देखिएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेमा अधिकांश दीर्घरोगीहरू रहेको बताइएको छ । 

मुम्बईमा एक दिनमा बढ्यो ७९ प्रतिशत संक्रमण

मुम्बईमा पनि कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा ८२४ नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ७९ प्रतिशतले बढी रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । १ जुलाईपछि एक दिनमा संक्रमित पाइएको यो सबैभन्दा बढी हो । हालसम्म मुम्बईमा ११ लाख २९ हजार २८५ जना कोरोना संक्रमति भइरहेका छन् । कोरोना संक्रमणका कारण मुम्बईका १९ हजार ६६१ जनाको मृत्यु भइसकेको छ । 

किन बढिरहेको छ संक्रमण ?

दिल्लीमा ओमिक्रोनको ‘बीए फोर’ तथा ‘बीए फाइभ’ को ‘सब–भेरियन्ट’ पाइएको छ । यसले तीव्रगतिमा संक्रमण गराउनसक्ने चिकित्सकहरू बताउँछन् । अध्ययनहरूले ‘बीए फाइभ’ अन्य ‘भेरियन्ट’को तुलनामा तीव्र गतिमा फैलिने देखिएको छ । यसले कोरोना भाइरसविरुद्धको खोप लगाएको र नलगाएको सबैलाई संक्रमित बनाउने देखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x