×

NMB BANK
NIC ASIA

मकवानपुरका पाँच फार्मलाई जरिबाना

साउन २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडाले तोकिएको कानुनविपरीत तथा उपभोक्ताको हितविरुद्ध कारोबार गर्ने हेटौँडाका पाँच व्यावसायिक फार्मलाई कारबाही गरेको छ ।

Muktinath Bank

सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्वमा  हेटौँडा बजार अनुगमनका क्रममा खटिएको टोलीले उक्त व्यवसायीलाई जरिबाना गरेको हो । उनका अनुसार अनुगमनका क्रममा अनुमतिबिना सञ्चालन, अखाद्य वस्तुको प्रयोग, अस्पतालमा  क्षमताभन्दा बढी शय्या राख्ने, होटलमा सरसफाइ नभएको, अस्वस्थ खानेपानीको प्रयोग भएको र बिक्री मूल्यमा कमी–कमजोरी पाइएपछि  कारबाहीस्वरुप जरिबाना गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हेटाँैडा बजारमा रहेका र कारबाहीमा परेका  आँगन स्वीटस् एण्ड फास्टफुडलाई रु २० हजार, राजधानी स्वीटस्लाई रु २० हजार, अल्फा डेन्टललाई रु पाँच हजार, इपिपी  जनरल अर्डर सप्लायर्सलाई रु १५ हजार न्यू यु एण्ड आइ सुसेन्टरलाई रु १० हजार जरिवाना गरिएको सो कार्यालयले जनाएको छ ।
 
त्यस्तै अनुमतिविपरीत सञ्चालनमा रहेका नेशनल पोलिक्लिनिक बन्द गराइएको तथा एक हप्ताभित्र अनुमति लिन निर्देशन दिइएको सहायक प्रजिअ गैरे जानकरी दिए । जिल्ला प्रशासन कार्यालयका अनुसार कुल ५४ व्यावसायिक फार्मको अनुगमन भएको थियो । तीमध्ये होटल स्वीटस् तथा फास्टफुड पसल ११, अस्पताल तथा स्वास्थ्य संस्था छ, सुपर मार्केट तथा गोदाम घर दुई  हार्डवेयर पसल १० र फेन्सी पसल नौ को अनुगमन भएको थियो ।


Advertisment
Nabil box
Kumari

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनमा विषयगत कार्यालय,  हेटौँडा उपमहानगरपालिका, उद्योग वाणिज्य महासंघ तथा उपभोक्ता हित संरक्षण मञ्चका पदाधिकारीसहितको सहभागिता रहेको थियो । रासस
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x