पुस २, २०८०
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
साउन २६, २०७९
जेलैमा हो जेलैमा, चरी जेलैमा,
मै छोरी रुँदैरुँदै बेसी मेलैमा.... ।।
गतवर्ष विष्णु माझीको स्वरमा तीज गीत ‘चरी जेलैमा’ सार्वजनिक भयो । छोटो समयमै गीत निकै ‘हिट’ भयो । लाखौंले टिकटक बनाए, यत्रतत्र–सर्वत्र घन्कियो गीत ।
सार्वजनिक जीवनमा गुमनाम र रहस्यमयी गायिकाको उक्त गीतलाई धेरैले वास्तविक जीवनसँग मेल खाएको भनेर समेत टिप्पणी गरे । अन्ततः १३ दिनको छोटो समयमै गीतले करोड भ्युज पार गर्यो, युट्युबमा । त्यतिञ्जेलसम्म कुनै नेपाली गीतले त्यति छोटो समयमा युट्युबमा करोड भ्युज पाएका थिएनन् । अहिले उक्त गीतको भ्युज झण्डै ४ करोड हाराहारी छ ।
तीज नजिकिँदै गर्दा विष्णु माझीको गीतको प्रतिक्षा सधैं हुन्छ । किनकी उनले हरेक वर्ष तीज गीत ल्याउँदै आएकी छन् । ‘पुतलीको भट्टी’ एल्बमको नाममा गीत ल्याउन थालेको झण्डै दुई दशक पुग्न लागिसकेको छ । यसमा समावेश उनका तीज गीतहरू उत्तिकै हिट भएका छन् । विष्णु माझीको तीज गीतमा अभिनय गर्नेमा अभिनेता राजेश हमालदेखि सीताराम कट्टेल ‘धुर्मुस्’सम्म छन् ।
०००
अरूले भन्दा ‘खास गीत’ ल्याउने गरेका कारण हरेक वर्ष तीजमा विष्णु माझीको गीतको प्रतिक्षा हुँदै आएको छ । तीज नजिकिँदै जाँदा ‘विष्णु माझीको गीत नआउँदासम्म तीज आएको महसूस नै हुँदैन’ भन्नेहरू पनि धेरै छन् ।
यसवर्ष स्रोता/दर्शकहरू विष्णु माझीको तीज गीतको प्रतिक्षा अझ बढी गरिरहेका थिए, कारण गतवर्षको ‘चरी जेलैमा’ उनका तीज गीतहरूमध्येमै सर्वाधिक हिट थियो ।
यसवर्ष पनि विगतमा जस्तै असारदेखि नै तीज गीत सार्वजनिक गर्ने क्रम चल्यो । साउनको मध्यसम्म धेरै कलाकारहरूको तीज गीत आइसकेका थिए । अन्य कलाकारहरूका तीज गीतको भिडियोको कमेन्टमा उही देखिन्थ्यो– ‘विष्णु माझीको गीत कहिले आउँछ ? उहाँको गीत नआउँदासम्म तीज आएको जस्तो लाग्दैन ।’
कमेन्टमा मात्र होइन्, लोकदोहोरी कलाकारहरूलाई समेत स्रोता तथा दर्शकबाट यस किसिमको जिज्ञासा आउने गरेको छ । तर, त्यसरी जिज्ञासा राख्ने स्रोता/दर्शकलाई दिने जवाफ कोहीसँग हुँदैन । कारण, विष्णु आफैँमा जति रहस्यमयी छिन्, उनका गीत उत्तिकै रहस्यमयी तरिकाले सार्वजनिक हुने गरेका छन् ।
सांगीतिक क्षेत्रका कतिपय भन्छन्, ‘विष्णु माझीको गीत र भूकम्प उस्तै हो । कतिबेला आउँछ कसैलाई पत्तो हुँदैन ।’
त्यही भनाइ नै सही, विष्णुको तीज गीत ‘चरी जेलैमा–२’ बुधबार राति युट्युबमा सार्वजनिक भयो । तर, यसपटक विष्णु माझीको तीज गीतलाई लिएर स्रोता/दर्शकहरूले त्यति नयाँपन महसूस गर्न सकेनन्, भिडियो शिवाय । गत वर्षकै भाका, धूनमा नयाँ लोकेशनमा ‘चरी जेलैमा–२’ तयार पारिएको छ । पात्रहरू उही छन्, ललिता पौडेल र सुन्दरमणि अधिकारी । शब्द, संगीत एवं भिडियो निर्देशन सुन्दरमणिकै छ ।
केहीले युट्युबमै नयाँपन महसूस गर्न नसकेको प्रतिक्रिया दिएका छन् । कतिपयले सामाजिक सञ्जालमा गीतलाई लिएर विभिन्न प्रतिक्रियाहरू दिइरहेका छन् । विष्णुको स्वरको भने खुलैरै प्रशंसा गरेका छन् । गीतका शब्दहरू मुटुमा छुने खालको रहेको प्रतिक्रियाहरू समेत भेटिन्छन् ।
कोरियोग्राफर भन्छन्, पहिलेको गीत आधा र अधुरो थियो, यो त्यसकै बाँकी अंश हो
भिडियोका कोरियोग्राफर शिव बिकले ‘चरी जेलैमा–२’ गतवर्षको गीतको दोस्रो भाग रहेको बताए । उनले गीतको अडियो गतवर्ष नै तयार भएको बताउँदै नयाँ लोकेशनमा यसवर्ष भिडियो खिचिएको जानकारी दिए ।
उनले ‘चरी जेलैमा’को अडियो ४० मिनेटको रहेकोमा गतवर्ष २० मिनेटको अडियोमा भिडियो आएको बताए । उनले लोकान्तरसँग भने, ‘गतवर्ष हामीले २० मिनेटको अडियोमा भिडियो तयार पारेका थियौँ । सोही गीतको बाँकी अंशको लागि भिडियो खिचेर ‘चरी जेलैमा–२’ भनेर यो वर्ष ल्याएका हौँ ।’
कोरियोग्राफर विकले प्रस्ट्याए, ‘यही गीत राम्रो छ । यसवर्ष अर्को तीज गीत नबनाऔँ भनेर भाग २ भनेर ल्याएका हौँ । भाग २ भनेपछि पहिलेकै निरन्तरता त हुने भयो ।’ सोही कारण गतवर्ष र यस वर्षमा प्रस्तुति मात्रै फरक रहेको उनको प्रस्टीकरण छ ।
शूटिङमा हुन्छ निगरानी
‘चरी जेलैमा–२’को भिडियो एक साता अघिमात्रै खिचिएको हो । कोरियोग्राफर बिकले दुई दिन लगाएर भिडियो खिचिएको जानकारी दिए ।
उनका अनुसार गीतको भिडियो काठमाडौंको साँखुस्थित शालीनदीको पारिपट्टि रहेको मुक्तिनाथ बाबा आश्रममा खिचिएको हो । गीतको कथाको भाग भने फर्पिङमा खिचिएको हो । नृत्य र कथाको भाग एक/एक दिन खिचिएको हो । ७० जना कोरसका साथ १ सय बढीको टीमले काम गरेको उनले बताए ।
गतवर्षको ‘चरी जेलैमा’गीतको नृत्यको भाग भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा खिचिएको थियो । त्यसको कथा–भाग भने फर्पिङमै खिचिएको थियो ।
दुईदिन लगाएर सार्वजनिक स्थानमा शूटिङ गर्दा पनि चरी जेलैमा– २ आउँछ भनेर कसैले संकेतसम्म पाएका थिएनन् । विष्णु माझीको गीत कस्तो आउँछ भनेर प्रतिक्षामा रहेकाहरूले युट्युबमा भिडियो अपलोड भएपछि मात्र चरी जेलैमा– २ बारे जानकारी पाए ।
अधिकांश कलाकारहरूले गीतको रेकर्डिङ, छायांकनका तस्वीरहरू सार्वजनिक गरिरहेका हुन्छन् । गीतको पोष्टर बनाएर उल्लेखित मितिमा गीत आउँदैछ भनेर जानकारी गराइएको हुन्छ ।
विष्णु माझीको गीतको सन्दर्भमा भने शूटिङका तस्वीरहरूसमेत कसैले सार्वजनिक गर्न पाउँदैनन् । त्यति धेरै कोरसहरू रहेको गीतमा समेत कसैबाट तस्वीर ‘लिक’ हुँदैन । शूटिङ हेर्न जानेहरूबाट पनि तस्वीर तथा भिडियोहरू सार्वजनिक हुँदैनन् । कसरी सम्भव होला ?
विष्णु माझीका श्रीमान सुन्दरमणि अधिकारी स्वयं शूटिङमा हुने भएकाले उनीबाटै कडाइ हुने गरेको टिमभित्रका सदस्यहरू बताउँछन् ।
‘उहाँको गीतको शूटिङमा यी कुराहरूमा अलि कडाइ नै हुने गरेको छ । तस्वीरहरू खिचेको/नखिचेको चारैतिर निगरानी गर्ने गरिएको हुन्छ’, कोरियोग्राफर बिक भन्छन्, ‘खिच्न खोज्नेहरूलाई हामीले रोकेका हुन्छौँ । आफूले गरेको काम एकैचोटी भिडियोमार्फत आओस् भन्ने सुन्दरमणि (विष्णुका श्रीमान) चाहनुहुन्छ ।’
कसैले तस्वीर तथा भिडियोहरू खिचे पनि गीत रिलिज हुनुअगाडि गोप्य राख्ने गरिएको छ । भिडियो सार्वजनिक भइसकेपछि भने खिचिएका तस्वीरहरू सार्वजनिक गर्न पाउने शिवको भनाइ छ ।
सार्वजनिक समारोह, मिडिया, कतै नदेखिएकी विष्णु गुपचुप रुपमा हुने म्युजिक भिडियोको छायांकनमा पुग्छिन् कि ? धेरैको जिज्ञासा हुने गरेको छ । यद्यपि, उनी आफ्नो गीतको शूटिङमा समेत जाने गरेकी छैनन् ।
२४ घण्टा नपुग्दै झण्डै ७ लाख भ्युज
‘चरी जेलैमा–२’लाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहँदा गीतले भ्युज भने राम्रो पाइरहेको छ ।
भिडियो सार्वजनिक भएको २४ घण्टा नबित्दै झण्डै ७ लाखले हेरिसकेका छन् । ५० हजार बढी लाइक, ३ बढी प्रतिक्रियाहरू आइसकेका छन् ।
अहिले अधिकांश गीतका भिडियोहरू ‘बूस्ट’ गरिएका हुन्छन् । विष्णु माझीको गीत भने कहिल्यै पनि बूस्ट हुँदैनन् । विनाबूस्ट यति भ्युज पाउनुलाई निकै राम्रो मान्न सकिने संगीतकर्मीहरू बताउँछन् ।
एक चर्चित गायकले लोकान्तरसँग भने, ‘अधिकांशले डलर खर्चिएर बूस्ट गर्छन् । तर पनि भ्युज नजाँदा गायक/गायिकाहरू तनावमा छन् । यस्तो अवस्थामा विनाबूस्ट यति भ्युज पाउनु निकै राम्रो हो ।’
यसवर्ष धेरै तीज गीतहरू नचलिरहेको अवस्थामा अब तीज बजारमा केही साता यही गीतको बोलवाला बढ्ने संगीतकर्मीहरूको अनुमान छ ।
नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेका केही कलाकारहरू विष्णुको गीत सार्वजनिक भएपछि ‘ब्याक’ समेत भएका छन् । बुधवार राति विष्णुका गीत सार्वजनिक भएपछि अन्य गीतहरू पनि निकै कम आएका छन् ।
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । बा...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...