×

NMB BANK
NIC ASIA

एनआईसी एशिया बैंकले ल्यायो नेपालमै पहिलो स्थानीय तहमा विशिष्टिकृत– सर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाता

साउन २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

तपाईं कुनै स्थानीय तहका स्थायी बासिन्दा हुनुहुन्छ र आफ्नो पालिका लक्षित कुनै विशिष्टिकृत बैंकिङ्ग–वित्तीय सेवाको खोजीमा हुनुहुन्छ भने तपाईंको यो खोजी अब पूरा भएको छ । 

Muktinath Bank

एनआईसी एशिया बैंकले नेपालमै पहिलो पटक स्थानीय तह लक्षित ‘सर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“यो यस्तो बचत तथा मुद्दती खाता हो, जुन स्थानीय तहका बासिन्दाको विशिष्टिकृत बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने गरी अगाडि सारिएको हो,” एनआईसी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले भने, “उदाहरणका लागि यदि तपाईं काठमाडौं महानगरपालिका वा मध्यपुर थिमि नगरपालिकाका बासिन्दा हुनुहुन्छ भने तपाईंको पालिका कै नाममा समर्पित खाता योजना सञ्चालन हुनेछ ।”


Advertisment
Nabil box
Kumari

नेपालको बैंकिङ्ग क्षेत्रले सञ्चालन गरेको यो पहिलो स्थानीय तह लक्षित विशिष्टीकृत खाता योजना हो । 

Vianet communication
Laxmi Bank

एन आई सी एशिया बैंकले नै सञ्चालनमा ल्याएको अन्य प्रकारका बचत खाता भन्दा स्थानीय तह लक्षित खातामा १० गुना बढी फाइदा रहेको र बचत खातामै रू. ८४ लाखसम्मको बीमा योजना समेटिएकाले यस प्रकारको बचत खाता नेपाली बैंकिङ्ग क्षेत्रकै पहिलो नविन बचत खाता हो ।

यो खाता योजना अन्तर्गत २४ विशेष फाइदा समेटिएको बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार बचत खाता योजनामार्फत उपलब्ध हुने सर्वाधिक उच्च ब्याजदरबाहेक ३ बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदा, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदा गरी कुल २४ सर्वश्रेष्ठ फाइदा एवं विशेषता समेटिएका छन् ।

बैंकले स्थानीय तह लक्षित सर्वश्रेष्ठ (स्थानीय) बचत खाताको गुडविल एम्बेसडर श्रेणीमा न्यूनतम मौज्दात रु. १० हजार, प्राइडमा न्यूनतम मौज्दात रु. ५ हजार र पार्टनरमा न्यूनतम मौज्दात रु. २ हजार ५ सय रुपैयाँ मात्र राखे पुग्नेछ ।

न्यूनतम मौज्दात बैंकले सञ्चालन गरिरहेको सर्वश्रेष्ठ सिरिजका अन्य खाताका तुलनामा धेरै कम हो ।

बैंकले स्थानीय तहका बासिन्दा लक्षित यो विशिष्टीकृत खातामा ८.०३ प्रतिशत ब्याजदर प्रदान गरिने जानकारी दिएको छ ।

यसैगरी सर्वश्रेष्ठ (स्थानीय) मुद्दती खाता अन्तर्गत एम्बेसडर खातामा न्यूनतम मौज्दात रु. १० लाख, प्राइडमा न्यूनतम मौज्दात रु. ५ लाख र पार्टनरमा न्यूनतम मौज्दात रु. २ लाख ५० हजार मात्र राखे पुग्ने बैंकले बताएको छ । जसमा ११.०३ प्रतिशत ब्याजदर रहेको छ ।

“अन्य बैंकसँगको तुलनामा मात्रै होइन, यो त एन आई सी एशिया बैंककै अरु खाताभन्दा पनि लाभकारी योजना भएको खाता छ,” न्यौपानेले भने ।

बैंकले ‘सर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाता’ अन्तर्गत एम्बेसडर खातामा ४०–४० लाख रुपैयाँको दुर्घटना बीमा, घातक रोग बीमा, रू ४ लाखसम्मको औषधि उपचार बीमा उपलब्ध गराइने जानकारी दिएको छ । यो बीमा सुविधा खातावाला र खातावालाले तोकेको अतिरिक्त ३ जनाले पाउने छन् ।

यसैगरी प्राइडमा २०–२० लाख रुपैयाँको दुर्घटना बीमा एवं घातक रोग बीमा, रू २ लाखसम्मको औषधि उपचार बीमा उपलब्ध गराइने छ । यो बीमा सुविधा खातावाला र खातावालाले तोकेको अतिरिक्त १ जनाले पाउने छन् ।

यस्तै पार्टनरमा १०–१० लाख रुपैयाँको दुर्घटना बीमा एवं घातक रोग बीमा, रू १ लाखसम्मको औषधि उपचार बीमा उपलब्ध गराइने बैंकले बताएको छ । यी तीनै प्रकारका खातामा पाँच वर्षका लागि बीमा सुविधा उपलब्ध हुनेछन् ।

‘सर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाता’ का ग्राहकहरूले ५ वर्षको लागि निःशुल्क डिम्याट खाता, सोही अवधि कै लागि मेरो शेयरमा लाग्ने निःशुल्क हुने, पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस शुल्कमा ५ वर्षसम्म ५० प्रतिशत छुट उपलब्ध हुनेछ ।

बैंकले यो खाता योजनाअन्तर्गत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, चेक क्लियरिङ, क्रेडिट कार्ड,प्रिपेड डलर कार्ड, डिम्याट खाता एवं मेरो शेयर शुल्कसहितका बैंकिङ्ग प्रणालीमा उपयोग हुने नियमित डिजिटल र अन्य कारोबार (ट्रान्जेक्सन बैंकिङ्ग) मा पाँच वर्षका लागि १३ सेवामा निःशुल्क र अन्य छुटसहितको १८ फाइदा प्रदान गरिने जानकारी दिएको छ ।

“यस प्रकारको खाता खोल्दा बैंकमा कुनै पनि प्रकारको शुल्क नलाग्ने फाइदाको अलावा पूरा ५ वर्ष सेवा तथा सुविधामा निःशुल्क भएकाले स्थानीय जनतालाई पहुँचयुक्त बैंकिङ्ग सेवाको विस्तारले अझ बढी समाज र राष्ट्र माथि हाम्रो सामाजिक उत्तरदायित्व बहन गरेको अनुभूति भएको छ,” बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले भने ।

ग्राहकमैत्री नीतिः घरबाटै सेवा

बैंकले ग्राहकको हरेक प्रकारको बैंकिङ्ग समस्याहरूलाई हालको उच्च प्रविधिहरूको प्रयोग गर्दै ग्राहकहरूका तमाम समस्याहरूको हल आफ्नै घरमै बसी समाधान गर्ने खालको प्रविधिको विकास गरिएको समेत जानकारी दिएको छ ।  

एन आई सी एशिया बैंकले ग्राहकलाई सदैव छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यले नेपालको बैंकिङ्ग क्षेत्रमा नै पहिलोपटक ‘ग्यारेन्टिड एक्सपेरियन्स फ्रेमवर्क’ नीति तयार गरी लागू गरेको छ । जसअन्तर्गत बैंकले प्रत्येक बैंकिङ्ग सेवा प्रदान गर्ने निश्चित समय सीमा निर्धारण गरी तोकिएको समयभित्रै ग्राहकले अनुरोध गरेको सेवा प्रदान गरिनेछ ।

“हामी जिम्मेवार र उत्तरदायी बैंकिङ्ग प्रवर्द्धनका पक्षमा छौं, यसका लागि बैंक ग्राहकमैत्री हुनुपर्छ । हामीले हाम्रो सेवालाई ग्राहकमैत्री बनाउनका लागि यो नीति अघि सारेका हौं,” प्रमुख कार्यकारी अधिकृत न्यौपानेले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x