×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

अमित श्रेष्ठको पतनको कथा

आईजीपीको हातमा परेको त्यो गोप्य पत्र जसले भत्कायो अमितको कालोधनको साम्राज्य

पालको अवकाशसँगै भत्कियो सेटिङ, विशाल सिमेन्ट खरिद बिक्रीको कर छलीमा भुसाल ग्रुप तानिँदै

काठमाडाैं | साउन २७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

१६ वर्ष अघिसम्म नुवाकोटको विदुर नगरपालिका– २ का अमित श्रेष्ठको परिचय एक सामान्य नागरिककै थियो ।

yONNEX
LAxmi BAnk
nabil BANK inside

राम्रो जागिर खोज्दै काठमाडौंमा भौँतारिएका अमित सन् २००६ मा कामको सिलसिलामा द्वन्द्वग्रस्त मुलुक अफगानिस्तान पुगे ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

त्यहाँ पुगेर उनले कुनै प्रतिष्ठित कम्पनी या संयुक्त राष्ट्रसंघको निकायमा नभई सामान्य कम्पनीमा काम शुरू गरे ।

अफगानिस्तानमा एक वर्ष काम गरेर फर्केका अमितले नेपालका स्थापित व्यावसायिक घरानालाई चक्मा दिँदै ८० करोड मूल्यमा सिमेन्ट फ्याक्ट्री खोले– विशाल सिमेन्टको ब्रान्डमा ।


Advertisment
cg elex island
Saurya island

नेपालमा भर्खर शान्ति प्रक्रिया शुरू  भएको संक्रमणकालीन सरकार भएकाले उद्योगमा गरिएको लगानीको स्रोत खोजिएन । विशाल सिमेन्टमा लगानी गरेसँगै अमितको परिचय एकाएक फेरियो ।

पछि भैरहवामा ह्वाइट लोटस होटलको स्वामित्व लिएसँगै रातारात उनी युवा उद्यमीको रूपमा स्थापित भए । बाहिर देखिने यी दुई व्यवसायभन्दा धेरै अदृश्य लगानीमार्फत कालोधनको साम्राज्य स्थापना गरे । र, उनले शक्ति केन्द्रमा (खासगरि विवादास्पद उच्च प्रहरी अधिकारी)सँग आफ्नो पहुँच र प्रभाव बढाउँदै लगे ।

Vianet communication
IME BANK INNEWS

धन–दौलतसँगै सुरासुन्दरी फेर्ने उनको अर्को शोखको धन्दा भयो । वैधानिक रूपमा दुई जनासँग विवाह गरेपनि मायाप्रेममा उनले आधादर्जन युवतीलाई फसाएको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।

तामझाम साथ विवाह गरेकी कान्छी श्रीमतीलाई उनले दिएको यातना फिल्म कहानीजस्तो छ ।

गर्भको बच्चा तुहाउन अस्वीकार गरेपछिको यातनापूर्ण डिभोर्स

उमेरले आफूभन्दा १४ वर्ष कान्छी (खत्री थरकी युवती)सँग अमितले सन् २०१६ मा विवाह गरे । विवाह समारोहमा अमितको ‘बुवा’ बनेर अविभावकत्व गरेका थिए, कांग्रेस नेता जगदीश्वरनंसिह केसीले । केसी नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवं संविधानसभा सदस्य रहिसकेका नेता हुन् । अमितका बुवा नभएकाले विवाह समारोहमा केसीले अविभावकत्व गरेका थिए ।

वैधानिक रूपले भित्र्याइएकी कान्छीसँग त्यतिञ्जेल अमितको सम्बन्ध ठिकै थियो, जति बेलासम्म उनको पेटमा गर्भ बसेको थिएन । सन २०१९ मा कान्छी श्रीमतीको गर्भ बस्यो । अमितले गर्भपतनका लागि दबाब दिन थाले । गलत औषधि खुवाएर गर्भमा रहेको बच्चा तुहाउन उनले कोशिश गरे ।

तर, सविता खत्री (नाम परिवर्तन)ले पेटभित्र बच्चा मरेको भिडियो एक्सरेको रिपोर्ट दिएपछि मात्र गर्भ पतन गराउने अड्डी कसिन्, चिकित्सकसामु । त्यसपछि काठमाडौंको ह्याम्स हस्पिटलले गर्भपतन गराउन मानेन । कान्छी श्रीमतीको पेटमा रहेको बच्चा तुहिएन, उल्टै अमितको सेटिङचाहिँ तुहियो ।

गलत औषधीका कारण बच्चाको स्वास्थ्यमा थप समस्या हुने भएपछि थाइल्याण्ड लगेर बच्चा जन्माए । गर्भपतनका लागि झुक्याएर खुवाएको औषधिका कारण बच्चाको स्वास्थ्यमा समस्या देखियो । बच्चामा एकप्रकारको ‘डाउन सिन्ड्रोम’ देखिएको स्रोत बताउँछ । बच्चा शारीरिक रूपले अशक्त जन्मियो ।

बच्चालाई गर्भमै तुहाउन गरेको आग्रह सविताले अस्वीकार गरेपछि अमितले श्रीमतीलाई डिभोर्सका लागि दबाब  दिए । श्रीमतीले अंशबण्डाको मुद्दा हालिन् । त्यो मुद्दा फिर्ता लिनका लागि अमितले प्रहरी प्रशासनको चरम दुरूपयोग गरे । पहुँचवालाको प्रभावमा प्रहरीले सिधासाधालाई कति कष्ट दिन्छ भन्ने उदाहरण आफैँमा कहालीलाग्दो छ । 

सविताले अमितको एटीएम कार्ड प्रयोग गरेर भाटभटेनी सुपरमार्केटबाट झण्डै ७० हजारको सपिङ गरिन्, जुन कार्ड अमितले नै दिएका थिए । एटीएम कार्ड चोरी गरेको भन्दै अमितले आफ्नै श्रीमतीविरुद्ध प्रहरीकोमा उजुरी दिए ।

आफ्नो काबुमा रहेका प्रहरी अधिकारीहरूको दुरूपयोग गरी उनले श्रीमतीलाई पक्राउ गराए । दुई वर्षको बच्चासहितकी सवितालाई प्रहरीले १५ दिन हिरासतमा थुन्यो । जब प्रहरीले मुद्दा चलाउनका लागि सरकारी वकिलको कार्यालयमा फाइल लग्यो, त्यहाँ केही गडबडी देखियो ।

आफ्नै श्रीमतीलाई पक्राउ गर्न धनाढ्य श्रीमानले उजुरी दिएको र त्यसैको भरमा एकजना महिलालाई गैरकानूनी ढंगले थुनेको विषय अस्वाभाविक देखिएपछि सरकारी वकिल कार्यालयका अधिकृतले उजुरी गर्नेलाई पनि पक्राउ गरेर यसै फाइलसहित थुनामा राख्नू भन्ने खालको टिप्पणी उठाए ।

उक्त टिप्पणीसँगै अमित पक्राउ पर्ने भएपछि प्रहरीले हतारहतार सवितालाई रिहा गर्‍यो । सरकारी वकिलको कार्यालयका ती अनुसन्धान अधिकृत केही समयमा सरुवा भए । सरकारी वकिलको सरुवा भएलगत्तै ​अमितले पुनः चोरी आरोपमा सविताको परिवारविरुद्ध अर्को उजुरी दिए । झापामा रहेका माइती पक्षका सदस्यको नाममा पक्राउपूर्जी जारी भयो ।

घर परिवारलाई नै प्रहरीले टर्चर दिएपछि सविताले घुँडा टेकिन् र अमितसँग सम्झौता गरिन् । अंशबण्डाको मुद्दा फिर्ता लिने शर्तमा प्रहरीमा दिइएको उजुरी अमितले फिर्ता गरे ।

प्रहरीको रोहबरमा भएको सम्झौतामा अमितले त्यो शारीरिक रूपमा अशक्त छोरालाई १८ वर्षसम्म हेर्ने भन्दै बैंकमा ५० लाख जम्मा गरिदिएका छन्, १८ वर्षपछि फिर्ता लैजाने गरेर ।

प्रहरीको धाकधम्कीमा एक युवतीको सपना कुल्चिएर अमितले उन्मुक्ति पाए । बाहिर साथीभाइसँग भने उनले ७ करोड दिएर डिभोर्स गरेको दाबी गर्दै हिँडेका छन् ।

पीडित सविता अहिले माइतीको संरक्षणमा छिन् । आफू अर्बपति व्यापारी भएको आश्वासन र प्रलोभन दिएर अमितको सिउँदो हालेकी सविता अहिले विक्षिप्त छिन् ।

विमानस्थलबाटै प्रहरीको स्कर्टिङ,प्रहरी कार्यकक्षबाटै धन्दा

अमितको गैरकानूनी आम्दानीको साम्राज्यलाई सघाउने काम गरेका थिए, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि पालले । कहिले क्यानडा र कहिले नेपाल बस्दै आएका अमितले त्रिभुवन विमानस्थलमा उत्रिएलगत्तै नेपाल प्रहरीको बर्दीमा रहेका पीएसओ पाउने गरेका थिए । जसको चाँजोपाँजो पालले नै मिलाइदिएका थिए ।

पालको कार्यकक्ष अमितका लागि अरूलाई धम्काउने ‘कर्पोरेट कार्यालय’ बनेको थियो । प्रहरी संयन्त्रको चरम दुरूपयोग गरेर अमितले आफ्ना व्यावसायिक साझेदार र साथीभाइको कल डिटेल हेर्न र ब्ल्याकमेलिङ गर्न थाले । समस्यामा परेर रुँदै हिँडेकी आफ्नी कान्छी श्रीमतीलाई सहयोग गरेको र फोनमा कुरा गरेको भन्दै उनले आफ्नै साथीभाइलाई थुनाउने प्रयास गरे । थुप्रैलाई टर्चर दिएका दिए ।

कसैसँग डील गर्न परे सिधै पालको कार्यकक्षमा बोलाएर धम्क्याउने गरेको स्रोत बताउँछ ।

‘अमित श्रेष्ठको पहुँच देख्दा हामी पनि चकित परेका थियौं । ठूलै शक्ति केन्द्रको मान्छे होला भन्ने अनुमान थियो,’ एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘पञ्चायतकालमा यस्तो हुन्थ्यो भन्ने सुनेका थियौं, गणतन्त्रमा पनि त्यस्तै देख्नुपर्‍यो ।’

शुरूशुरूमा अमितले तत्कालीन गृहसचिव महेश्वर न्यौपानेसँग पनि सम्बन्ध विस्तार गरेका थिए । तर, अमितले गरिरहेको आलोकाँचो अवैध धन्दाको कुरा थाहा पाएपछि न्यौपानेले उनीसँग सम्पर्क गर्न छाडे । अमितसँग पालको सम्बन्ध भने झन् गाढा भयो । यहाँसम्म कि अमितलाई पक्राउ नगर्नका लागि पाल अन्तिमसम्म पनि लागिपरेका थिए ।

त्यो गोप्य पत्र,अनि पक्राउ परे अमित

अमितको खातामा रहेको डलरका कारण उनले गैरकानूनी ढंगले क्रिप्टोकरेन्सीको कारोवार गरिरहेको राष्ट्र बैंकको आशंका थियो । स्रोत नखुलेको गैरकानूनी रकमको कारोबार गरिरहेकाले उनलाई पक्राउ गर्न राष्ट्र बैंकले प्रहरीलाई पत्र पनि पठायो, तर पालले गायब गरिदिए । त्यो पत्रबारे तत्कालीन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई गुमराहमा राखिएको प्रहरी स्रोतको भनाइ छ ।

नाम चलेको एक बैंकमा खोलिएको डलर अकाउन्टमार्फत ठूलो मात्रामा डलर विदेश पठाउन उनले चलखेल गरिरहेका थिए । उक्त बैंकले यो सूचना राष्ट्र बैंकलाई दियो । यसपटक भने राष्ट्र बैंकले सिधै प्रहरी महानिरीक्षकको सचिवालयलाई ‘अति गोप्य’पत्र लेखेर पक्राउ गर्न आग्रह गर्‍यो ।

‘बाहिर लिक भए शक्ति केन्द्रमार्फत पक्राउ नगर्न दबाब पर्छ भन्ने थाहा पाएर प्रहरी महानिरीक्षकको हातमै पत्र बुझाइएको थियो,’ राष्ट्र बैंक स्रोतले लोकान्तरसँग भन्यो ।

हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह अमितको आपराधिक क्रियाकलापबारे जानकार थिए । राष्ट्र बैंकको पत्र प्राप्त गर्नासाथ उनले उच्च सावधानीका साथ अनुसन्धान प्रक्रिया अगाडि बढाए । त्यसक्रममा उनले प्रहरी प्रधान कार्यालयबाटै आफ्ना नजिकका विश्वासपात्रलाई अमितबारे अनुसन्धान गर्न खटाएका थिए । हेडक्वार्टरबाट अमितमाथि भइरहेको छानबिनबारे प्रहरीको अपराध महाशाखालाई कुनै जानकारी थिएन ।

अमित पक्राउ परेको केही दिनसम्म पनि अपराध शाखाका प्रहरी अधिकारीहरू अलमलमा परेका थिए । यति गोप्य र संयमित ढंगले महानिरीक्षक सिंहले अमितमाथि छानबिन गर्न लगाउनुको एउटै कारण थियो, शक्ति केन्द्रको सम्भावित दबाब र प्रभावबाट अनुसन्धानलाई मुक्त राख्नु ।

‘यदि प्रहरी प्रमुखले यति उच्च सावधानीका साथ अनुसन्धान गर्न लगाउनुभएको हुन्थेन भने हाम्रै संगठनबाट सूचना चुहाएर अमितलाई भगाउने प्रयास हुन सक्थ्यो । राजनीति र अन्य उच्च तहको दबाब थेग्नै नसक्ने खालको आउन सक्थ्यो । यी सब कुराको पूर्वानुमान लगाएरै अमितमाथिको अपरेसन उच्च सावधानीका साथ चलिरहेको थियो र यसमा प्रहरी महानिरीक्षकको रणनीतिले सफलता हात पार्न विशेष भूमिका खेल्यो,’ प्रहरी स्रोतले लोकान्तरसँग भन्यो ।

राष्ट्र बैंकको पत्रपछि प्रहरीले उनलाई असार २९ गते गुरु पूर्णिमाको दिन र्‍याडिसन होटलबाट पक्राउ गरेको थियो, जहाँ उनी गैरआवासीय नेपाली संघका एकजना पूर्व अध्यक्ष लगायत केही धनाड्यसँगै थिए ।

प्रहरीले पक्राउ गरिसकेपछि पनि उनलाई छुटाउन प्रयास भएको थियो । तर, बैंकिङ कसुरमा पक्राउ परेकाले छुटाउन सक्ने ताकत कसैसँग भएन ।

त्यो जुलाई २१ र यो जुलाई २१ को संयोग

दैवसंयोग गत वर्ष जुलाई २१ कै दिन अमितले चोरी आरोपमा पत्नी सवितालाई पक्राउ गराएका थिए । भगवानको लीला त्यही दिन अर्थात् जुलाई २१ कै दिनमा यसपालि अमित प्रहरीको नियन्त्रणमा पुगे । गम्भीर कसूरमा उनी पक्राउ परेका छन्, र उनीमाथि दया गर्न हरि पाल पनि अब प्रहरीमा छैनन् ।

काठमाडौंको लाजिम्पाटमा रहेको पाँचतारे र्‍याडिसन होटलबाट पक्राउ परेका अमितलाई प्रहरीले उनको अपार्टमेन्टमा लग्यो, जहाँबाट मोबाइल र ल्यापटप जफत गरिएको छ । ल्यापटपमा भएका डाटा उनले उडाइसकेका थिए । तर प्रहरीको फरेन्सिक ल्याबले डाटा रिकभर गरेपछि उनको कालो धन्दाको कर्तुत खुलेको हो ।

‘शुरूमा हामीले क्रिप्टोकरेन्सीको कारोबार गरेको विषय खोज्यौं । अनुसन्धान गर्दै जाँदा उनको कालो धनको कारोवारको अर्को साम्राज्य देखियो,’ प्रहरी स्रोतले भन्यो ।

केही दिनको प्रहरी हिरासतपछि अमित पुर्पक्षका लागि थुनामा गएका छन् । जुनसुकै शक्तिकेन्द्र लागेपनि उनलाई छुटाउन भने अब कठिन छ ।

क्यानडामा बस्दै आएकी अमितकी जेठी पत्नी उनी पक्राउ परेसँगै काठमाडौं आएकी छिन् । निकटस्थसँग उनले कान्छीबाट जन्मिएको त्यो बच्चाको श्राप लागेको बताउने गरेकी छिन् ।

अमितसँगको कारोवार,कर छली काण्डमा भुसाल ग्रुप तानिँदै

८० करोड लगानी गरेर स्थापना गरेको विशाल सिमेन्ट अमितले रूपन्देहीको बुटवलमा व्यावसायिक साम्राज्य खडा गरेर बसेको भुसाल ग्रुपलाई बेचे । झण्डै ३ अर्ब रुपैयाँमा बिक्री भएपनि राजस्व छल्नका लागि न्युन मूल्यमा बिक्री भएको देखाइएको छ । किसान ट्याक्टरको कारोवार गरेर फड्को मारेको भुसाल ग्रुपले अहिले भैरहवाको पाँचतारे टाइगर प्यालेस होटल हत्याउन आँखा गाडेको छ । 

विशाल सिमेन्टको कारखानामा अमित

विशाल सिमेन्टको स्वामित्व हस्तान्तरणका क्रममा नदेखाइएको झण्डै २ अर्ब रुपैयाँ अमितले क्यानडा पुर्‍याउन खोजेका थिए । राज्यलाई कर छल्न गरिएको त्यही नक्कली कारोवार अहिले अमितका लागि गलपासो भएको छ । अस्ट्रेलियामा रहेका भाइ सुवास श्रेष्ठमार्फत उनले नेपालमा रहेको केही धन अस्ट्रेलिया र केही क्यानडा पुर्‍याइसकेका छन् भने केही पुर्‍याउन खोज्ने क्रममा पक्राउ परेका हुन् । 

विशाल सिमेन्ट खरिद बिक्री प्रकरणमा भएको राजस्व छलीबारे राजस्व अनुसन्धान विभागले छानबिन शुरू गरेको छ । यस्तै गैरकानूनी सम्पत्तिबारे अमितमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छुट्टै अनुसन्धान शुरु गरेको छ । अमितलाई चिन्नेहरू प्रहरी र शक्ति केन्द्रसँगको उठबसले गर्दा उनको महत्त्वाकांक्षाले सीमा नाघेको बताउँछन् ।

कुमार घैँटेदेखि ३३ किलो सुनसम्म कनेक्सन

अमितको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंमा चलिरहेको अनुसन्धानका क्रममा श्रेष्ठले ४८ करोड ४ लाख रुपैयाँ शंकास्पद रूपमा विदेश लगिसकेको देखिएको छ ।

मंगलवार प्रहरीले जारी गरेको विज्ञप्तिमा कमन वेल्थ बैंक अष्ट्रेलियामा १ लाख ९४ हजार २ सय ८५ अमेरिकी डलर रकम कारोवार भएको देखिएको छ ।

यस्तै रोयल बैंक अफ क्यानडामा १८ लाख ७४ हजार ४ सय २१ डलरको कारोवार भएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ । सोही बैंकबाट शेयर कारोवार समेत भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।   

यस्तै एभरेस्ट बैंकबाट २ करोड ६ लाख ६ हजार तथा एनआईसी एसिया बैंकबाट ६५ लाख २४ हजार ९ सय रुपैयाँ बराबरको रकम विभिन्न कम्पनीमा शेयरमा लगानी भएको देखिएको छ । श्रीमती र परिवारका सदस्यको नामबाट पनि अमितले गैरकानूनी कारोवार गरेको क्लु प्रहरीले पाएको छ ।

नबिल बैंकमा ६७ हजार ५ सय ९६ क्यानेडियन डलर र ६५ लाख नेपाली रुपैयाँ रहेको प्रहरी अनुसन्धानले देखाएको छ । यस्तै काठमाडौंको कलंकी, लाजिम्पाट र पानीपोखरीमा रहेका अपार्टमेन्टमा ४ लाख ४९ हजार १९ डलर बराबरको सम्पत्ति रहेको अनुसन्धानमा देखिएको छ ।

पछिल्लो समय अमित गैरकानूनी हुण्डी कारोवारमा संलग्न थिए । अमित पक्राउ परेसँगै पोल खुल्ने डरले हुण्डीको कारोवार गर्दै आएका केही मारवाडी व्यापारीको भागाभाग भएको स्रोतले बतायो ।

केही वर्षअघि प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैटेसँग उनको व्यापारिक साझेदारी रहेको स्रोतको दाबी छ । कुनै राजनीतिक दलका नेताको पैसा अमितले कुमारसँगको व्यवसायमा लगाएको प्रहरी स्रोतको दाबी छ ।

विमानस्थलबाट तस्करी गरी भित्र्याइएको ३३ किलो सुन तस्करी प्रकरणमा पनि उनको साइनो रहेको प्रहरी स्रोतले बतायो । ३३ किलो सुन काण्डमा चेतन भण्डारीको पछाडि अमितको संलग्नता रहेको प्रहरी स्रोतको दाबी छ । उनको अवैध कारोवारबारे थप प्रमाण फेला पर्न सक्ने प्रहरीको आशा छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
मंसिर २८, २०७९

सरकारी कार्यालयहरूको सम्पत्ति मौज्दातको मौद्रिक मूल्यांकन १ खर्ब ५० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यालयले लागू गरेको सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणालीमा प्रविष्ट गरेको देशभरका कूल ५ हजार...

माघ २, २०७९

ठेक्का सम्झौता गर्ने, तर पटक–पटक म्याद थप गराएर पनि काम सम्पन्न नगर्ने ठेकेदारहरूलाई ललितपुर महानगरपालिकाले कारबाही गर्न थालेको छ । महानगरले पहिलोपटक दुई निर्माण कम्पनीलाई कारबाही थालेको छ । पी...

मंसिर २६, २०७९

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाका पदाधिकारीहरूले सहकारी संस्थासँगको मिलेमतोमा सरकारी अनुदानको ३५ लाख रुपैयाँ झ्वाम पारेका छन् । मधेश प्रदेश सरकारले दुग्ध उत्पादक कृषकलाई दिने अनुदानमा यस्तो...

मंसिर २५, २०७९

ललितपुस्थित पाटन संयुक्त क्याम्पसमा भवन निर्माणदेखि विद्यार्थी भर्नामा समेत अनियमितता भएको पाइएको छ । त्यसबाहेक क्याम्पसका तर्फबाट असुल उपर गर्नुपर्ने भाडा असुल्न नसकेको तथा पेश्की समेत फर्छ्यौट नगरेको पाइएको छ । ...

माघ १३, २०७९

ठेकेदार र आयोजनाका कर्मचारीको निहीत स्वार्थका कारण राष्ट्रिय गौरवका ठूला आयोजनाको ठेक्का प्रक्रियामा कतिसम्म बदमासी हुन्छ भनी उदाहरणका रूपमा लिन सकिने एक घटना पर्दाफास भएको छ । वर्षौंदेखि चर्चामा रहेको ...

पुस ७, २०७९

सिंहदरबार वैद्यखाना विकास समितिमा पुस्तक छपाई, भवन निर्माण तथा मर्मतसहितका कार्यहरूमा अनियमितता भएको पाइएको छ । स्वीकृत वार्षिक कार्यक्रमलाई असार महिनामा संशोधन गरी आफूखुशी रकम खर्चिएको पाइएको हो।  ...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x