×

NMB BANK
NIC ASIA

नेपाली क्रिकेटमा नयाँ प्रशिक्षक मनोज प्रभाकरका लागि यी हुन् चुनौतीहरू

साउन २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकरलाई राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गर्ने निधो गरिसकेको छ ।

Muktinath Bank

सँगै राष्ट्रिय क्रिकेट टोलीलाई केन्या भ्रमण गराउने पनि निश्चित भइसकेको छ । पूर्व प्रशिक्षक पुबुदु दाशानायकेको प्रशिक्षणमा पछिल्लोपटक २ वटा भ्रमण गरेको टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न असफल भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभिन्न समस्या देखाउँदै पुबुदु बाहिरिएसँगै नयाँ प्रशिक्षकका लागि चुनौती भने धेरै छन् । पुबुदुले प्रशिक्षकबाट छोडेपछि भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकरलाई क्यानले मुख्य प्रशिक्षक बनायो तर नेपाली क्रिकेटमा रहेका विभिन्न चुनौतीको सामना गर्न उनलाई त्यति सहज भने हुने छैन । किनभने प्रभाकर पहिलोपटक नेपालमा क्रिकेट प्रशिक्षक बनेर आएका छन् । उनले राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षकको नेतृत्व सम्हाल्न लाग्दैछन् ।


Advertisment
Nabil box
Kumari

के–के हुन् त प्रशिक्षक मनोजका चुनौतीहरू ? जुन नेपाली क्रिकेटमा सुधारका लागि निकै आवश्यक छन् । पछिल्लोपटक नेपालले स्कटल्याण्ड भ्रमण गर्दा नेपाली राष्ट्रिय टीमले अपेक्षाअनुसार नतिजा निकाल्न सकेन । ४ खेलमध्ये एक खेलमा मात्र सुखद नतिजा निकालेको नेपालले बाँकी ३ खेल गुमाएपछि विभिन्न कारणहरू केलाउन थालिएको छ ।

Vianet communication
Laxmi Bank

मुख्यतः टोलीमा एकजुट समस्या, ब्याटिङ समस्या बाहिरी सतहमा देखिन थालेका छन् । यससँगै १ दिवसीय मान्यता गुम्ने डर पनि त्यत्तिकै छ । क्यानले प्रभाकरलाई मासिक १५ हजार डलरसहित अनुबन्ध गरेको नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंहले जानकारी दिए ।

उनले प्रभाकरको प्रशिक्षणमा नेपाली क्रिकेट टीमले थप उचाइ प्राप्त गर्ने विश्वास राखे । उनले भने, ‘पुबुदुलाई हामीले २ वर्षको सम्झौता गरेर ल्याएका थियौं । पारिवारिक कारणले उहाँ जानुभयो । रिक्त भएको पदमा लामो कसरतपछि मनोज प्रभाकरलाई जिम्मा दिने निर्णय गरेका छौं । उहाँलाई हाराहारी १४–१५ हजार डलर (ट्याक्ससहित) दिने सहमति भएको छ । उहाँ अनुबन्ध भएसँगै नेपाली क्रिकेटले थप उचाइ पाउने अपेक्षा राखिएको छ । किनभने कुनै समय भारतका लागि प्रभाकर अब्बल खेलाडी थिए । पछिल्लो समय अफगानिस्तानलाई टेस्ट नेसन्स बनाउन उहाँको देन निकै महत्त्वपूर्ण थियो ।’

प्रशिक्षक मनोज प्रभाकर शनिवार साँझ नेपाल आउँदैछन् । नेपाली टोली सम्हाल्न आउन लागेका मनोजलाई नेपाली क्रिकेट सुधार गर्ने चुनौती धेरै छन् । मनोजलाई सीमित स्रोतसाधनलाई अधिकतम प्रयोग गर्नुपर्ने पहिलो चुनौती छ । प्रभाकर क्रिकेटका लागि कुनै पनि कन्जुस्याइँ नहुने अब्बल देश भारतका खेलाडी हुन् । जहाँ पूर्वाधारको कुनै कमी थिएन तर उनलाई नेपालमा भएको सीमित साधनको अधिकतम प्रयोग गर्दै विश्व स्तरमा प्रतिस्पर्धा गर्न योग्य टोली बनाउने चुनौती हुनेछ । अहिले टोलीमा नयाँ युवा खेलाडीको बर्चस्व छ । टोलीमा अनुभवी खेलाडीहरू प्रायः शून्य छन् ।

यही अवस्थामा क्यानका मिडिया म्यानेजर दुर्गाराज पाठकलले नयाँ प्रशिक्षकले युवा खेलाडीलाई समेट्दै अनुभव दिलाउने बताए । उनले ब्याटिङ पक्षको सुधारलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने, ‘अहिले नेपाली टोली ब्यालेन्स टीम छ । युवा टोलीको वर्चस्व छ, जुन माथि चढ्ने क्रममा छ । नयाँ टोलीले जिम्मेवारी लिन चाहन्छ । सिनियर खेलाडीले बिस्तारै विश्राम लिने अवस्था पनि छ । अहिले टोलीमा ब्याटिङको समस्या देखिएको छ । क्रिकेटको स्तर अघि बढाउनका लागि प्रशिक्षकसँग हामीले योजना माग्छौं । उहाँले ल्याएको योजनालाई हामी सम्बोधन गर्छाैं ।’

घरेलु एक दिवसीय प्रतियोगिता पछिल्लो २ वर्षदेखि आयोजना हुन नसक्दा नेपालको लगानी कुन स्तरको छ भन्ने प्रस्ट देखाएको छ । नेपाल, ओमान, स्कटल्याण्ड, नेदरल्याण्ड्स, नामिबिया, अमेरिका र यूएईलाई एसोसियटका शीर्ष टोलीका रूपमा लिइन्छ तर लगानी र संरचनाको हिसाबमा नेपाल र ती देशको आकाश–पातालको फरक छ ।

तत्कालका लागि नेपाली टोलीको बलिङ औसत भए पनि सबैभन्दा ठूलो कमजोरी ब्याटिङ देखिएको छ । नेपालले हार्ने प्रायः सबै खेलको प्रमुख कारण कमजोर ब्याटिङ नै हुने गर्छ । यसका अलावा नियुक्त हुन लागेका मनोज प्रभाकरलाई पूर्व प्रशिक्षकले दर्शाएको टोली भित्रको गुट/उपगुटको अन्त्य गर्नुपर्ने अर्को चुनौती हुनेछ ।

मुख्य खेलाडी र युवा खेलाडीबीच तालमेलको अभाव देखिन थालेको छ भने एक सदस्यले अर्को सदस्यलाई साथ नदिएको आरोप पनि खेलाडीमा नलाग्ने गरेको होइन । वरिष्ठ खेल पत्रकार निरञ्जन राजवंशीले पनि परम्परगत ब्याटिङलाई सुधार गर्नुपर्ने र ब्याटिङ केन्द्रित प्रशिक्षण निकै नै आवश्यक रहेको बताए । टोलीमा एकताको अभाव भएको टिप्पणी सतहमा आइसकेको अवस्थामा टोलीलाई एकजुट बनाउने जिम्मेवारी पनि प्रशिक्षकको काँधमा रहेको पत्रकार निरञ्जन राजवंशीले बताए ।

उनले भने, ‘सबैभन्दा पहिलो र महत्त्वपूर्ण चुनौती भनेको नेपाली क्रिकेट टोली ब्याटिङ पक्ष हो । नेपालको ब्याटिङमा परम्परागत कमजोरी छ । धेरै खेलमा नेपाली टोली ब्याटिङकै कारण पराजित हुन पुगेको छ । सोही कारण ब्याटिङ पहिलो चुनौती हो । सुधार लागि अन्य विकल्प खोज्नु परे पनि क्यान तयारी हुनुपर्छ । १ दिवसीय, २ दिवसीय अथवा ३ दिवसीय खेलाउने पर्ने हो । ब्याटिङ केन्द्रित हुनुपर्नेछ । अर्को चुनौती नेपाली क्रिकेट टोलीभित्र एकताको अभाव छ भनिएको छ । सबै खेलाडीलाई एकताबद्ध बनाउन क्यानले भूमिका खेल्नुपर्नेछ । साथै १ दिवसीय जोगाउनुपर्ने चुनौती पनि अर्को छ ।’

प्रभाकरका लागि अर्को चुनौती प्राप्त एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउनु पनि रहेको छ । थोरै समयमा धेरै काम गर्नुपर्ने अवस्था प्रभाकारको जिम्मा हुनेछ । विश्वकप क्रिकेट लिग–२ को शीर्ष ३ मा रहँदै एकदिवसीय विश्वकपको बाटो जीवितै राख्नु तथा २०२४ को टी–२० विश्वकपमा नेपालको स्थान बनाउनु पनि प्रभाकरका लागि अर्को प्रमुख चुनौती हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x