×

X
Nic Asia
Khukuri
Daraz

प्रतिनिधि सभाको बैठक बस्दै, के–के छन् सम्भावित कार्यसूची ?

काठमाडाैं | साउन २९, २०७९

NTC
Argakhanchi Cement
फाइल तस्वीर
Premier Steels
TVS INSIDE

प्रतिनिधि सभाको बैठक आज (आइतवार) बस्दै छ । 

LAxmi BAnk
nabil BANK inside

आज बिहान ११ बजे शुरू हुने बैठकमा विभिन्न कार्यसूचीमाथि छलफल गरिने संसद सचिवालयले जनाएको छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

सचिवालयका अनुसार, आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

यस्तै सो विधेयकलाई पारित गर्नका लागि पनि अर्थमन्त्रीले प्रस्ताव गर्नेछन् । 


Advertisment
Saurya island

आजकै बैठकमा अर्थमन्त्री  शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल गरियोस्,’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

सो विधेयकमाथि छलफलपछि  पारितका लागि  पनि प्रस्ताव संसदमा पेश  हुनेछ । 

Vianet communication
IME BANK INNEWS

आइतवार बस्ने प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभाको सन्देश सहितको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक,

२०७६’ को दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देश सहितको ‘शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

संसद सचिवालयका अनुसार, आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय सभाको सन्देश सहितको ‘स्टान्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत  गर्नेछन् ।

सो विधेयकलाई  छलफल पश्चात निर्णयार्थ प्रस्तुत गरिनेछ । 

यसपछि मन्त्री बडूले राष्ट्रिय सभाको सन्देश सहितको ‘स्टान्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

राष्ट्रिय सभाको सन्देश सहितको ‘प्रत्यायन विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै  सो विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ  प्रस्तुत गरिनेछ र पारितका लागि पनि प्रस्ताव गरिने सम्भावित कार्यसूची छ ।  
 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १०, २०७९

नेपाली कांग्रेसका नेता एवं बहालवाला सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ७५ मतले अग्रता लिएका छन् ।  शनिबार दिउँसोको अपडेटअनुसार कांग्रेसका कार्कीले २१ हजार ६७८ मत प्राप्त गर्दा एमालेका जगदीशप्रसा...

मंसिर १०, २०७९

सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुँदा नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभा गरी पाँच सिटमा जित निकालेको छ ।  गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा एकीकृत समाजवादीले प्रति...

मंसिर १०, २०७९

कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १२ निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुई/दुई निर्वाचन र अन्य आठ जिल्लामा एक निर्वाचन क्षेत्र कायम छन् । सबै क्षेत्रको निर्वाचन प्रक्रिया अन्तर्गत मतगणना सम्पन्न ...

मंसिर १०, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरूबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित...

मंसिर १०, २०७९

डोटीमा महिला हिंसाविरुद्ध १६दिने अभियान एक कार्यक्रमको आयोजना गरी  शुरु ।

मंसिर १०, २०७९

कपिलवस्तुको प्रतिनिधिसभा-२ को निर्वाचन नेपाली काँग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यले विजयी भएका छन् ।  नेकपा एमाले नेता बृजेशकुमार गुप्तालाई ३१७ मतान्तरले पछाडि पार्दै आचार्यले चुनाव...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x