२६ जेठ २०८३, मंगलबार

अख्तियारको नियन्त्रणबाट मुक्त भए सर्लाहीका जिशिअ

कात्तिक २०, २०७४
अख्तियारको नियन्त्रणबाट मुक्त भए सर्लाहीका जिशिअ

महोत्तरी, १४ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दिबास, महोत्तरीले छानबिनका लागि नियन्त्रणमा लिएको सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदीलाई १२ घण्टापछि शुक्रबार छाडेको छ ।

शुक्रबार दिउँसो नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको सुवेदीलाई राति करिब १० बजे कार्य क्षेत्रमा फर्काइएको छ । रु छ लाख ९५ हजारसहित पक्राउ परेका सुवेदीलाई साउन १८ गते प्रमाणसहित कार्यालयमा उपस्थित हुने गरी छाडिएको हो ।

बाह्रघण्टे अनुसन्धानका क्रममा सुवेदीले सो रकम आफ्नो भएको जिकिर गरेकाले सप्रमाण कार्यालयमा उपस्थित हुने गरी तत्कालका लागि नियन्त्रणमुक्त गरिएको आयोगको क्षेत्रीय सम्पर्क कार्यालय बर्दिबासले जनाएको छ ।

शुक्रबार सर्लाहीबाट भारतीय नं प्लेटको बोलेरो जिपमा चितवनस्थित घरतर्फ गइरहेका बेला प्रहरीले सुराकीका आधारमा जाँच गर्दा सुवेदीलाई रकमसहित चितवनबाट नियन्त्रणमा लिएको थियो । एक वर्षदेखि सुवेदी सर्लाहीको जिशिअका रुपमा कार्यरत छन् ।

salt training

कमेन्ट गर्नुहोस्