फागुन २९, २०८०
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
म्याग्दीमा बहुउपयोगी बाँसको व्यावसायिक खेती गर्नेक्रम बढ्दै गएको छ । समाजमा मर्दा-पर्दासमेत आवश्यक पर्ने बाँस नेपाली समाजको अभिन्न अंगजस्तै बनेको छ । जिल्लामा फस्टाएको बाँसखेतीबाट किसानको आयआर्जन वृद्धि गरी जीवनस्तर उकास्नसमेत मद्दत गरेको छ ।
मानव जीवनको जन्मदेखि मृत्युसम्मका विभिन्न काममा आवश्यक पर्ने बाँसलाई पवित्र सामग्रीका रुपमा लिने गरिन्छ । बाँसबाट डोको, डालो, नाङ्लो, थुन्से, भकारी, मान्द्रो र सोली जस्ता सामग्री बनाउने गरिन्छ । बाँसबाट बनेका यस्ता सामानको घरायसी प्रयोजनका लागि दैनिकरुपमा प्रयोग गरिँदै आएको छ ।
पछिल्लो समय शहरबजार क्षेत्रका घर तथा भवनको निर्माणमा समेत बाँसको प्रयोग हुन थालेपछि यसले बजार पाउन थालेको छ । म्याग्दीमा खोला किनार र खेतबारीका कान्ला र डिलमा व्यवस्थितरुपमा बाँसको खेती गर्न थालिएको छ । अहिले बाँस खेतीले व्यावसायिक रूप लिएको छ ।
नेपालका तराईदेखि मध्य पहाडसम्म प्राकृतिकरूपमै बाँस सप्रन्छ । यो वनस्पतिका एक हजार ४०० प्रजाति रहेका वन पैदावर तथा वनस्पतिका जानकार जीवनप्रसाद राईले बताए । विश्वमा ५०० प्रजातिका बाँसको व्यावसायिक खेती गरिएको पाइन्छ ।
बाँस कम लगानीमा हुर्काउन सकिने र चाँडो बढ्ने वनस्पतिमा पर्छ । सिँचाइ नहुने र बाँदर लाग्ने ठाउँमा पनि गोडमेल नगरेरै बाँस सप्रिन्छ । अन्न फल्न मुस्किल पर्ने जमिनमा पनि बाँसको व्यावसायिक खेती गर्न सकिने राईले बताए । बेनी नगरपालिकासहित छवटै स्थानीय तहमा बाँसखेती सप्रिएको छ । बाँसका आधा दर्जन जातमध्ये भालुबास, तामेबास र मलबास निकै फस्टाएको डिभिजन वन कार्यालयले जनाएको छ । यहाँ उत्पादन भएका बाँस सदरमुकाम बेनीलगायतका ठाउँमा बिक्रीवितरणका लागि व्यापारीले लैजाने गरेका छन् । एउटा बाँसको मूल्य रु एक सयदेखि रु तीन ससयसम्म पर्दछ ।
म्याग्दीबाट हरेक वर्ष २४ हजार टन बाँस बिक्री हुने गरेको तथ्याङ्क छ । बाँसबाट निर्माण भएका नाङ्ला, डाला, मान्द्रालगायतका सामान विभिन्न स्थानमा बिक्री–वितरण गर्न पु¥याइने गरिएको छ । ज्यामरुककोट, अर्मन, बाबियाचौर, मालिकालगायत स्थानमा व्यावसायिक बासको खेती शुरू गरिएपछि स्थानीय किसानको आयआर्जनमा वृद्धि हुन थालको छ । सहरीकरणको विकाससँगै घर तथा भवनको निर्माणमा तीव्रता आएपछि बाँसको खपत बढेर गएको छ ।
बाँसका घरायसी तथा आधुनिक सामान निर्माण गर्नका लागि जिल्लाको ग्रामीण बस्तीमा साना तथा घरेलु उद्योगसमेत सञ्चालन भएका छन् । बाँसबाट हस्तकलाका आकर्षक डोको, डालो, नाङ्लो, पाथी, खोगी, पेरिंगो, थुन्से, मान्द्रो, खेलौना, आलमारी, ह्यांगर, टेबुल–कुर्सी, सोफालगायत फर्निचर बनाएर आय बढाउन सकिने डिभिजन वन कार्यालयका प्रमुख चन्द्रमणि सापकोटाले बताए । रासस
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...