×

NMB BANK
NIC ASIA

प्रदेश सरकारको एकवर्षः ५२ बुँदे प्रगति विवरण सार्वजनिक

साउन २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनीमा पाँच दलीय गठबन्धन सरकारले एक वर्ष पूरा गरेको छ । २०७८ साउन २८ गते नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको नेतृत्वमा पाँच दलीय गठबन्धन सरकार बनेको थियो । गठबन्धन सरकारले एक वर्षमा प्रदेशबासीलाई उत्साही बनाउन सफल भएको दाबी गरेको छ । 

Muktinath Bank

लुम्बिनी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्री तिलकराम शर्माले आइतवार पत्रकार सम्मेलन गरी सरकार सफल भएको दाबी गरेका छन् । गठबन्धन सरकारले प्रदेशको स्थायी राजधानी तोकिएको दाङ, राप्ती उपत्यकामा राजधानी निर्माणका लागि गुरु योजना तयार गरेको, राजधानी व्यवस्थापनका लागि ल्याण्ड पुलिङको कार्य अगाडि बढाइएको र लालमटियामा प्रदेश सभा भवन निर्माणलाई महत्वपूर्ण उपलब्धीका रूपमा प्रस्तुत गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

५२ बुँदे प्रगति विवरणमा अधिकांश प्रगतिमा राजधानीसँग सम्बन्धित पहलकदमीलाई सरकारले उल्लेख गरेको छ । राप्ती प्राविधिक शिक्षालयको १८ बिगाह जग्गाभित्र ८ वटा प्रशासनिक भवन निर्माण कार्य अगाडि बढाइएको सरकारले जनाएको छ । प्रदेशका १०९ वटै स्थानीय तहमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम घोषणा भई लागू हुनुलाई पनि लुम्बिनी सरकारले उपलब्धी मानेको छ । राप्ती उपत्यकामा प्रदेश राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय र रामपुर, पाल्पादेखि रोल्पा सडक आयोजनालाई प्रदेश गौरवको आयोजना घोषणा गर्नुलाई पनि उपलब्धीका रूपमा उल्लेख गरेको छ । 


Advertisment
Nabil box
Kumari

मुटु, मृगौला र क्यान्सर रोगीहरुलाई प्रदेश सरकारले २ लाखसम्म प्रतिव्यक्ति उपचार सहायता उपलब्ध कार्यक्रमबाट २७६ जनाले सहायता प्राप्त गरेको प्रवक्ता शर्माले बताए । गठबन्धन सरकारले प्रदेशका २२३ कि.मि. सडक कालोपत्रे, २६५ किमि ग्राभेल र १२१ कि.मी नयाँ ट्रयाक खोलेको जनाएको छ । ३७० हेक्टर जमिन तटबन्धन मार्फत जमिन उकास गरिएको, विपद् व्यवस्थापनतर्फ ७५३ घरपरिवारलाई थप राहत प्रदान गरेको, १५३ क्षतिग्रस्त घरको पुनर्निर्माणमा सहायता उपलब्ध गराएको, जनयुद्धका घाइते तथा अपाङ्गहरूको उपचारको व्यवस्था, पत्रकार दुर्घटना बीमालाई सरकारले महत्वपूर्ण उपलब्धी मानेको छ । प्रदेश प्रहरी ऐन, प्रदेश वन ऐन, सञ्चार माध्यम ऐन जारी भई कार्यान्वयनमा लगिएको मन्त्री शर्माले बताए ।  १२ वटा जिल्लामा १÷१ वटा नमूना शहरको निर्माणका लागि आवश्यक प्रक्रिया समेत सरकारले अगाडि बढाएको बताएको छ । 

Vianet communication
Laxmi Bank

सरकारले प्रदेशका १०९ ओटै स्थानीय तहमा ४३६ जना कृषि प्राविधिक जनशक्ति करार सेवामा भर्ना गरेकोलाई पनि उपलब्धीका रूपमा दर्शाएको छ । नेपालमा नै पहिलो पटक कपिलवस्तुको जगदीशपुर ताललाई चरा संरक्षित क्षेत्र घोषणा, थप २ जिल्लामा यातायात व्यवस्था सेवा कार्यालय विस्तारलाई पनि मन्त्री शर्माले उपलब्धीका रूपमा उल्लेख गरेका छन् । मन्त्री शर्माले संघीयता ठूलो बलिदान र आन्दोलनबाट प्राप्त भएकाले गठबन्धन सरकार त्यसलाई बलियो बनाउन लागि परेको समेत बताए । 

अर्थसचिव नेत्रप्रसाद सुवेदीले प्रदेश सरकारको खर्च आन्तरिक आम्दानीले धान्न नसक्ने जानकारी दिए । आर्थिक वर्ष २०७८÷७९ मा आर्थिक वृद्धिदर ५.३६ प्रतिशतले प्रतिव्यक्ति आय र ११०३ यूयस डलर राष्ट्रिय कुल गार्हस्थमा १४.१ प्रतिशत योगदान रहेको प्रगति विवरणमा उल्लेख छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x