×

NMB BANK
NIC ASIA

राजनीति

बालुवाटारमा देउवा-शेखर भेट, आन्तरिक शक्ति सन्तुलन मिलाउन दबाब

साउन ३०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन दबाब दिएका छन् । केही दिनयता कोइराला समूहले आन्तरिक भेला समेत गर्दै आएकामा आइतबार सभापति शेरबहादुर देउवालाई भेटेर आन्तरिक शक्ति सन्तुलन मिलाउन दवाव दिएका हुन् । 

Muktinath Bank

कोइराला आइतबार दिउँसो देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । गत महाधिवेशनदेखि नै देउवाको पेलानमा रहेको शेखर कोइराला समूह काँग्रेसभित्रका कमिटीमा बलियो अवस्थामा छैन । त्यही कमजोरपन तथा कोइरालाले  महाधिवेशनलगत्तै आफूले ६०–४० को भागबण्डा नमान्ने घोषणा गरेपछि देउवाले एकपक्षीय रुपमा पार्टीमा निर्णय गर्दै आएको नेताहरु बताउँछन् । विगतमा काँग्रेसभित्र ६०–४० को आन्तरिक भागबण्डा हुँदै आएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले देउवाले एक पछि अर्को गर्दै मनोनयन गर्दै जाँदा कोइराला समूहलाई नसमेटिएपछि शनिबारको भेलामा सो समूहका युवा नेताहरुले ६०–४० को भागबण्डा खोज्ने बेला आएको बताएका थिए ।  पार्टीभित्र अस्तित्व रक्षाका लागि संघर्ष गर्ने निष्कर्ष पनि युवा नेताहरूले निकालेका थिए। 


Advertisment
Nabil box
Kumari

शनिबारको भेलाको संयोजन नेता जगदीश्वर नरसिंह केसीले गरेका थिए । भेलामा केन्द्रीय सदस्य प्रतिमा गौतम, मधु आचार्य, गुरु घिमिरेसहित युवा नेताहरू मनोजमणि आचार्य, केशव सिंह, रञ्जित कर्ण, सुवास पोख्रेल, डिल्लीराम सुवेदी, गोमा केसी, कुसुम थापासहित ८० जनाको उपस्थिति रहेको बताइएको छ । 

Vianet communication
Laxmi Bank

भेलाको संयोजन गरेका नेता केसीका अनुसार ८ महिनामा भएका एक दर्जन निर्णयमा प्रतिस्पर्धी समूहका एक जनालाई पनि देउवाले समेटेका छैनन् । राष्ट्रियसभाको निर्वाचन, स्थानीय तह निर्वाचन केन्द्रीय समिति सदस्य मनोनयन, भ्रातृ संस्थाको अध्यक्ष मनोनयनमा प्रतिस्पर्धी समूहका व्यक्तिसँग सल्लाह पनि नगरेको उनले आरोप लगाए । 

आगामी संसदीय निर्वाचनमा पनि देउवाले न्यायोचित निर्णय नगर्ने कोइराला समूहको निष्कर्ष छ । ‘न्यायोचित निर्णय गर्नुहुन भने ४० प्रतिशत चाहियो’ केसीले भने, ‘सभापतिको अभिभावकीय ठाउँबाट सोचेर अगाडि बढाउनुभएको भए यो विवाद आउने थिएन नि । अब अस्तित्वको लडाइँ लड्नुपर्ने भयो ।’

देउवाले पाँचवटा भ्रातृसंस्थाको अध्यक्ष मनोनयन गरिसकेका छन् । तर, देउवाले एकलौटी  गरेको भन्दै कोइराला समूह आक्रोशित छ । सो कुरा कोइरालाले आइतबारको भेटमा पनि स्पष्ट राखेका छन् । जवाफमा  देउवाले अहिलेसम्म भएका निर्णयलाई स्वीकार गर्न आग्रह गर्दै भविष्यमा परामर्श गरेर अघि बढ्ने बताएको कोइराला निकट एक नेताले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x