×

X
Nic Asia
Marvel

उदयपुर सिमेन्ट उद्योगद्वारा बिक्री लक्ष्यको नब्बे प्रतिशत उपलब्धि हासिल

काठमाडाैं | साउन ३०, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

उदयपुर सिमेन्ट उद्योगले गत आवमा २१ लाख ७२ हजार चार सय १९ बोरा सिमेन्ट बिक्री गरी कूल बिक्री लक्ष्यको ९० दशमलव ५२ प्रतिशत उपलब्धि हासिल गरेको छ । 

DHARA
LAxmi BAnk

उद्योगले आर्थिक वर्ष २०७८/०७९ मा २४ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य लिएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा करिब चार लाख बोरा बढी सिमेन्ट उत्पादन गरी बिक्री गरिएको उद्योगले जनाएको छ । तीन दशक पुराना मिल तथा मेशिनको मर्मतसम्भार गरी उद्योगले उक्त उपलब्धि हासिल गरेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

लहानस्थित नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मरमा आएको गडबडीका कारण बिक्री लक्ष्य भेट्टाउन नसकिएको उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले जानकारी दिए । उद्योगले गत असारमा तीन लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य राखेको थियो । असारमा करिब १० दिन मात्रै उद्योग सञ्चालनमा आएको थियो । दस दिनमा उद्योगले ८७ हजार एक सय ३३ बोरा सिमेन्ट उत्पादन गरेको थियो ।

गत आव २०७८/०७९ मा मूल्य अभिवृद्धि करबापत रु १८ करोड ८२ लाख ६२ हजार दुई सय २७, अन्तःशुल्क बापत रु दुई करोड ३८ लाख ९६ हजार छ सय नौ, अग्रिम करबापत रु एक करोड ६० लाख २९ हजार नौ सय ७९, रोयल्टी बापत रु ८३ लाख ५२ हजार पाँच सय ८०, प्रदूषण शुल्क रु ५४ लाख ३२ हजार सङ्कलन गरी भुक्तानीका क्रममा रहेको उद्योगले जनाएको छ । 


Advertisment
Bizbazar
Saurya island

उद्योगले अघिल्लो आवको तुलनामा गत आवमा दैनिक उत्पादन क्षमतामा भारी वृद्धि गरेको छ । अघिल्लो आवमा औसत दैनिक चार हजार आठ सय ४४ बोरा सिमेन्ट उत्पादन भएकामा गत आवमा सात हजार दुई सय ४२ बोरा सिमेन्ट उत्पादन गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

अर्थमन्त्री जनार्दन शर्माको निर्देशनले बैंकलाई ब्याजदर बढाउन नियन्त्रण गर्ने  भएको छ । हाल १३ प्रतिशत मुद्दति निक्षेपमै र १५ प्रतिशतसम्म रेमिट्यान्स निक्षेपमा ब्याजदर दिने घोषणा गरेका बैंकहरूको ब्याजदर नियन्त्रण हु...

असोज १०, २०७९

नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजको १६ औं वार्षिक साधारणसभाले पर्यटन व्यवसायी विजय श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार राजधानीमा सम्पन्न साधारणसभाले हिमालय एयरलाइन्सका भाइस प्र...

असोज १०, २०७९

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ ककनीमा पाँच युवा कृषक मिलेर रु सात करोड लगानी गरी कृषि फार्म सञ्चालन गरेका छन् ।   पर्यटकको रोजाइमा पर्ने गरेको पाल्चोक ककनी अहिले झनै आकर्षक र पर्यटकको गन्तव्...

असोज १०, २०७९

नेपाल सरकारलाई सबैभन्दा बढी राजश्व सङ्कलन गर्ने पर्साको वीरगञ्जस्थित भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७९/०८० को सुरुदेखि नै लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेको छैन ।  कार्यालयका अनुसार चालु आवको साउन म...

असोज ९, २०७९

  नेपाल चेम्बर अफ कमर्शले बढ्दो ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । चेम्बरले आज विज्ञप्ति जारी गर्दै निक्षेपमा उच्चदरको ब्याजदर कायम हुँदा यसको असर कर्जाको ब्य...

असोज १०, २०७९

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलाले सडक निर्माण गर्ने नाममा ट्रेकिङ क्षेत्र मास्नु नहुने बताएका छन् । सोमवार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x