असोज २, २०८०
गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा पहिलो पटक आयोजना हुन लागेको रियलिटि शो ‘एनआरएन द सिङ्गर’को पहिलो प्रस्तुति आगामी हप्तादेखि शुरु हुने भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतक...
साउन ३१, २०७९
तीज गीत ‘चरी जेलैमा २’ सार्वजनिक भएसँगै लोक गायिका विष्णु माझी फेरि चर्चामा छिन् ।
यसपटक उनको गीतलाई लिएर तारिफ मात्र भने भएको छैन, केही आलोचनाहरूसमेत देखिएका छन् ।
विगतको हिट गीत ‘चरी जेलैमा’कै शैलीमा ‘चरी जेलैमा २’ल्याएपछि केही दर्शक/स्रोताहरूबाट आलोचना भएको हो ।
यद्यपि, विष्णुकै स्वरको भने सबैले खुलैरै प्रशंसा गरेका छन् ।
गीतले युट्युबमा राम्रो ‘भ्युज’ पाइरहेको छ । सार्वजनिक भएको ५ दिनमा उक्त गीतको भिडियोलाई ३० लाख बढीले हेरिसकेका छन् ।
सांगीतिक बजारमा माझीका दर्जनौं गीत कर्णप्रिय एवं लोकप्रिय छन् ।
हामी यहाँ उनका करोड बढी हेरिएका ८ गीतबारे जानकारी दिँदैछौं ।
सालको पातकाे टपरी: ८ करोड ३ लाख भ्युज
‘सालको पातकाे टपरी’ विष्णु माझीको स्वर रहेको मध्येको सर्वाधिक हिट गीत हो ।
उनको स्वर रहेकोमध्ये सर्वाधिकमात्र होइन लोकदोहोरीको इतिहासमै सर्वाधिक भ्युज पाउने गीत पनि हो यो ।
चार वर्षअघि सार्वजनिक यस गीतमा विष्णु र कुलेन्द्र विश्वकर्माको स्वर छ ।
यो गीतको भिडियोले युट्युबमा ८ करोड ३ लाख बढी भ्युज पाएको छ ।
नवराज पन्तको शब्द, वसन्त थापाको संगीत रहेको यस गीतमा आशिष अविरलको संगीत संयोजन छ ।
चल्तापूर्जा निर्देशक शिव बि.क.को निर्देशनमा यस गीतको भिडियो तयार भएको हो ।
भिडियोमा अभिनेत्री मरिष्का पोखरेल, गायक कुलेन्द्र विश्वकर्मा र संगीतकार वसन्त थापाको अभिनय छ ।
अभिनेत्री मरिष्कालाई चलचित्रले नदिएको चर्चा यस गीतले दिलाएको थियो ।
ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
भिडियो वसन्त थापाको युट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।
यो गीतले सर्वत्र चर्चा पाएसँगै गायिका माझीको गुमनाम जीवनबारे सर्वत्र चासो बढेको थियो ।
त्यसपश्चात विष्णुका श्रीमान सुन्दरमणि अधिकारी स्वयं स्याङ्जा प्रहरीमा पुगेर आफू र विष्णुको अवस्थाबारे बताउनुपरेको थियो ।
चरी जेलैमा: ३ करोड ९५ लाख भ्युज
विष्णु माझीको स्वरमा सार्वजनिक गत वर्षको तीज गीत हो ‘चरी जेलैमा’ ।
यो गीतले एक वर्ष नपुग्दै ३ करोड ९५ लाख बढी पाइसकेको छ ।
यस गीतले सार्वजनिक भएको छोटो समयमै (१३ दिनमै) युट्युबमा १ करोड भ्युज पाउन सफल भएको थियो । ‘पुतलीको भट्टी’ भाग १७ का रुपमा सार्वजनिक ‘चरी जेलैमा’मा विष्णुकै श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ ।
गीतमा विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन छ ।
शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणिले नै निर्देशन गरेको भिडियोमा ललिता पौड्यालको अभिनय छ ।
यस गीतलाई माझीको वास्तविक जीवनसँग मेल खाएको भनेर समेत हेरिएको थियो ।
शम्भु चालिसेको छायाँकन रहेको गीतको भिडियोमा सुजन शाहीको सम्पादन छ ।
लालुमै: ३ करोड ८६ लाख भ्युज
लालुमै– विष्णु माझीको करोड बढी हेरिएको अर्को गीत हो ।
तीन वर्षअघि सार्वजनिक यस गीतमा विष्णु र सन्दीप न्यौपानेको स्वर छ ।
शिव हमालको शब्द, संगीत र आशिष अविरलको संगीत संयोजन गीतको भिडियोले युट्युबमा ३ करोड ८६ लाख भ्युज पाएको छ ।
गायक सन्दीप न्यौपाने र सृष्टि खड्काको अभिनय रहेको गीतको भिडियो प्रकाश भट्टको निर्देशनमा बनेको हो ।
राजेश घिमिरेको छायाँकन, विष्णु शर्माको सम्पादन रहेको भिडियो गीतकार एवं संगीतकारको ‘शिव हमाल’ युट्युब च्यानलमा हेर्न सकिन्छ ।
बोकेझार: १ करोड ४० लाख भ्युज
‘बोकेझार’ शीर्षकको गीत झण्डै तीज वर्षअघि युट्युबमा सार्वजनिक भएको थियो ।
विष्णु माझी र बसन्त थापाको स्वर रहेको गीतलाई अहिलेसम्म युट्युबमा १ करोड ४० लाख बढी पटक हेरिएको छ ।
प्रल्हाद सुवेदीको शब्द, बसन्त थापाको संगीत, कृष्ण बि.के भान्जाको संगीत संयोजन रहेको गीतलाई थापाले नै प्रस्तुत गरेका हुन् ।
सुनिल क्षेत्रीको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोमा सुनिल स्वयंमका साथमा रक्षा श्रेष्ठ, श्रीकृष्ण बम मल्ल लगायतको अभिनय छ ।
नवराज उप्रेतीको छायाँकन रहेको यस भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।
भिडियो ‘बसन्त थापा’ युट्युब च्यानलमा हेर्न सकिन्छ ।
छिप–छिपे पानीमा लेउ: १ करोड २१ लाख
‘छिप–छिपे पानीमा लेउ’ गीतमा विष्णु माझी र पिताम्बर जि.सी.को स्वर छ ।
गीतकार एकनारायण भण्डारीको युट्युब च्यानलमा तीन वर्षअघि सार्वजनिक गीतलाई अहिलेसम्म १ करोड २१ लाख बढीले हेरेका छन् ।
एकनारायण भण्डारीको शब्द, संगीत रहेको गीतमा आशिष अविरलको संगीत संयोजन छ ।
अभिनेता दीलिप रायमाझी र अभिनेत्री सुरक्षा पन्तको अभिनय रहेको भिडियोलाई प्रकाश भट्टले कोरियोग्राफी एवं निर्देशन गरेका हुन् ।
राजेश घिमिरेले खिचेको यस भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् ।
पीँडालु: १ करोड ११ लाख भ्युज
‘पीँडालु’ शीर्षकको गीतमा विष्णु माझीसँगै गायक तेजश रेग्मीले स्वर दिएका छन् ।
तीन वर्षअघि सार्वजनिक गीतमा तेजशकै शब्द एवं संगीत तथा आशिष अविरलको एरेन्ज छ ।
यस गीतको भिडियोले युट्युबमा १ करोड ११ लाख बढी भ्युज पाएको छ ।
यस गीतको भिडियोमा कुलेन्द्र विश्वकर्मा, तेजश रेग्मी, रक्षा श्रेष्ठ लगायतको अभिनय छ ।
शिव बि.क.को कोरियोग्राफी एवं निर्देशनमा बनेको भिडियोलाई रामेश्वर कार्कीले छायाँकन एवं सुजन शाहीले सम्पादन गरेका हुन् ।
‘ईनाक्षी इन्टरटेन्मेन्ट’ युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ ।
अभाव: १ करोड ७ लाख भ्युज
विष्णु माझी र गणेश अधिकारीको स्वरमा ३ वर्ष ८ महिनाअघि सार्वजनिक गीत हो, अभाव ।
यो गीतको हालको भ्युज १ करोड ७ लाख बढी छ । गणेश अधिकारीको शब्द एवं संगीत रहेको गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका हुन् ।
स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशनमा बनेको भिडियोमा सारिका केसी, आशिर प्रताप जंग र अविरल बोहोराको अभिनय छ ।
सुरेश श्रेष्ठको छायाँकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।
कस्लाई सोध्ने होला: १ करोड २ लाख भ्युज
‘कस्लाई सोध्ने होला’बोलको गीत १० वर्षअघि सार्वजनिक भएको हो ।
शिव हमालको शब्द, संगीत रहेको गीतमा विष्णु माझी र भागिरथ चलाउनेको स्वर छ ।
प्रेम विरहको यस गीतले सार्वजनिक भएको एक दशकमा युट्युबमा करोड भ्युज पार गरेको हो ।
कपिल लामाको निर्देशनमा तयार यस गीतको भिडियोमा रञ्जिता गुरुङ र बाबुराम बोहोराको अभिनय छ ।
सुदिप बरालको छायाँकन रहेको भिडियो म्युजिक नेपाल युट्युब च्यानलमा हेर्न सकिन्छ ।
विष्णुका करोड क्लबको नजिक पुगेका गीतहरू भने दर्जनौं छन् ।
राम्रो भ्युज पाउँदा पनि किन ट्रेन्डिङमा आउँदैनन् उनका गीत ?
महंगो पारिश्रमिक लिने भएपछि पछिल्लो समय विष्णु माझीले बाहिरी गीतहरू त्यति गाएकी छैनन् ।
श्रीमान (सुन्दरमणि अधिकारी)को सिर्जनामा उनका प्राय गीतहरू सार्वजनिक हुँदै आएका छन् ।
उनीहरूकै ‘सपना म्युजिक इन्डष्ट्रिज’मार्फत ती गीतहरू सार्वजनिक हुने गर्दछन् ।
उक्त च्यानलमार्फत सार्वजनिक माझीका गीतहरूले युट्युबमा राम्रो भ्युज पाउने गरेका छन् ।
गत वर्षको ‘चरी जेलैमा’ले उत्कृष्ट भ्युज पाएको थियो ।
त्यसपछाडि उनको दशैं तिहार गीत ‘दशैं तिहार आइसक्यो’ र त्यसपछिको लोकदोहोरी गीत ‘मुटु खाने माया’ले युट्युबमा राम्रो भ्युज पायो ।
यसवर्षको ‘चरी जेलैमा २’ ले पनि युट्युबमा राम्रो भ्युज पाएको छ ।
सार्वजनिक भएको पाँच दिनमा उक्त गीतको भिडियोले ३० लाख बढी भ्युज पाइसकेको छ ।
तर, अचम्मको कुरा उनको गीत युट्युब टेन्ड्रिङमा भने आउने गरेका छैनन् ।
यसअगाडि जस्तै ‘चरी जेलैमा २’ पनि ट्रेन्डिङमा देखिएको छैन ।
हिजोआज १ लाख भ्युज नपाएको अन्य गीतहरू ट्रेन्डिङमा देखिएका हुन्छन् । तर, उनका गीतहरू किन ट्रेन्डिङमा आउँदैनन् ? धेरैको जिज्ञासा हुने गरेको छ ।
‘उहाँको युट्युब च्यानलबाट ट्रेन्डिङमा आउँदैन । पहिले एकपटक च्यानल बिग्रिएको थियो रे ! त्यसपछि उक्त च्यानलमा सार्वजनिक गीत ट्रेन्डिङमा आएका छैनन्’ विष्णुको पछिल्लो गीत ‘चरी जेलैमा २’को भिडियोसँग जोडिएका एक सदस्यले लोकान्तरसँग भने ।
उनले भनेजस्तै युट्युबमा समस्या देखिँदा अन्य कलाकारहरूका गीतहरू समेत ट्रेन्डिङमा नआउने गरेका छन् ।
केही समय लोकगायक पशुपति शर्माको युट्युबबाट सार्वजनिक गीतहरू समेत ट्रेन्डिङमा आउने गरेका थिएनन् ।
पछि उक्त समस्या समाधान भएको थियो । अहिले भने पशुपतिका गीतहरू ट्रेन्डिङमा देखिने गरेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा पहिलो पटक आयोजना हुन लागेको रियलिटि शो ‘एनआरएन द सिङ्गर’को पहिलो प्रस्तुति आगामी हप्तादेखि शुरु हुने भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतक...
गायक विजय अर्याल र गायिका बेनिशा पौडेलको स्वरमा ‘न्यानो साथ’ बोलको गीत सार्वजनिक गरिएको छ । यो प्रेमगीतमा विजयकै शब्द तथा सङ्गीत छ । विशाल निरौलाले गीतलाई एरेन्ज गरेका हुन् । गीतको भ...
रियालिटी शो ‘एनआरएन द सिङगर’को लागि भोटिङ खुला भएको छ । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल मन्त्रका साथ सुरु भएको प्रतियोगितामा गत सेप्टेम्बर ९ देखि २२ सम्म भिडियो...
नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका विष्णु माझी तीज विशेष गीतका कारण पनि चर्चामा रहन्छिन् । त्यसैले त धेरैले ‘विष्णु माझीको गीत नआउँदासम्म तीज आएजस्तो नलाग्ने’ बताउँछन् । २०६१ सालदेखि हरेक वर्ष ...
काठमाडौं । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल मन्त्रका साथ 'एनआरएन द सिङगर' मंगलबारदेखि प्रसारण हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्कृति तथा सम्पदा समितिको ...
साङ्गीतिक ब्याण्ड नेपथ्यले आउँदो अक्टोबरको १ तारिख (यही असोज १४ गते) मा पहिलो पटक क्यानाडामा आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएको छ । सन् २०२३ लाई मानवता प्रवर्द्धनका लागि साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्दै आए...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...