×

NMB BANK
NIC ASIA

अर्थतन्त्रको चित्र

अर्थतन्त्रलाई रेमिट्यान्सको ढाडस, डलर सञ्चिति सामान्य बढ्दा के छ अन्य सूचकको अवस्था ?

भदौ १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

गत आर्थिक वर्षको साउनदेखि ओरालो लागेको अर्थतन्त्र पुससम्म आइपुग्दा जटिल अवस्था पुगेको थियो । 

Muktinath Bank

माघ लागेदेखि सामान्य सुधारका संकेत भए पनि आशातित प्रगति भने हुन सकेको थिएन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत वैशाखमा चुनावी खर्चले बजारलाई चलायमान बनाउने अपेक्षा थियो तर, अर्थतन्त्र भने शिथिल नै रह्यो । असार मसान्त लागेपछि भने अर्थतन्त्र तङ्ग्रिएको संकेत देखिएको थियो ।  


Advertisment
Nabil box
Kumari

नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको गत आर्थिक वर्ष (२०७८ साउनदेखि २०७९ असारसम्म)को तथ्यांकअनुसार अर्थतन्त्रको सूचक अघिल्लो वर्षको तुलनामा अझै कमजोर अवस्थामै छ ।

Vianet communication
Laxmi Bank

गत वर्षको कात्तिक मंसिरबाट थलिन थालेको अर्थतन्त्रको चित्र क्रमशः सुधार हुँदै आएको त छ, तर अझै चाँडै लय पक्रिने अवस्था भने छैन । 

गत पुस महिनामा विदेशी मुद्रा सञ्चितिमा चर्को दबाब थियो । त्यसबेला देशले वस्तु तथा सेवाको आयात धान्न सक्ने क्षमता ६ महिना १५ दिनको मात्रै थियो ।

अहिले भने त्यो अवस्थाबाट सुधार भएर वस्तु तथा सेवाको आयात धान्न सक्ने क्षमता करीब ७ महिनाको हाराहारीमा पुगेको छ । तर, यो त्यत्रो ठूलो सुधार भने होइन । 

अर्थतन्त्रलाई  पछिल्लो समय रेमिट्यान्स आप्रवाहले केही ढाडस दिएको छ । त्यही कारण विदेशी विनिमय सञ्चिति बढेको हो ।

अर्थतन्त्र सबल हुनका लागि विदेशी विनिमय सञ्चिति बढाउने र र शोधनान्तर घाटा सकेसम्म घटाउन सक्नुपर्छ ।

एक वर्ष अगाडि अमेरिकी डलरको सञ्चिति ११ अर्ब ७५ करोड थियो । उक्त सूचाङ्क गत असार मसान्तमा ९ अर्ब ५४ करोडमा सिमित भएको छ । मासिक हिसाबमा भने पछिल्लो समय डलर सञ्चिति सुधारोन्मुख छ ।

वैशाखमा एक वर्षयताकै न्यून विन्दु ९ अर्ब २८ करोडमा झरेको डलर सञ्चिति जेठमा ९ अर्ब ४५ करोड तथा असारमा ९ अर्ब ५४ करोड पुगेको छ ।

देश भित्रनेभन्दा बाहिरिने रकमबीचको अन्तर (शोधनान्तर) स्थिति अघिल्लो वर्ष असार मसान्तमा १ अर्ब २३ करोड रुपैयाँ वचतमा थियो ।

उक्त सूचाङ्क ओरालो लाग्दा गत वैशाखमा शोधनान्तर घाटा बढेर २ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको थियो । यस्तो घाटा अहिले घटेर २ खर्ब ५५ अर्ब रुपैयाँमा झरेको छ । 

पछिल्लो समय सरकारले रेमिट्यान्सलाई प्रोत्साहन गरेकै कारण डलर सञ्चिति बढ्न पुगेको देखिन्छ ।

गत आर्थिक वर्षभरीमा रेमिट्यान्स आय १० खर्ब ७ अर्ब रुपैयाँ पुगेको तथ्यांक केन्द्रीय बैकले प्रकाशन गरेको छ । रेमिट्यान्स आप्रवाह अहिलेसम्मकै सबैभन्दा बढी हो ।

नेपालबाट बाहिरिने नेपालीको संख्या बढ्दै गएको र डलरको मूल्य बढेका कारण पनि रेमिट्यान्स आय बढेको देखिएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

रेमिट्यान्स बढेकै कारण अर्थतन्त्रमा सामान्य राहत मिल्ने अवस्था छ ।

डलर सञ्चिति ११ अर्ब ७५ करोडबाट घटेर ९ अर्ब ४५ करोडमा झर्नु, शोधनान्तर स्थिति १ अर्ब २३ करोडको बचतबाट झरेर २ खर्ब ५५ अर्ब घाटामा जानु अर्थतन्त्रको लागि सकारात्मक सूचक भने होइन । 

अर्थतन्त्रको पछिल्लो दुई वर्षको तथ्यांक हेर्दा नकारात्मक देखिएको भए पनि पछिल्लो एक महिनायता भने अर्थतन्त्रमा सामान्य सुधार देखिएको छ ।  

पछिल्लो एक वर्षमा निर्यात र रेमिट्यान्स आयमा मात्रै सकारात्मक संकेत देखिएको छ । बाँकी सबै सूचक नकरात्मक छन् ।

सकारात्मक देखिएका सूचकको हिस्सा पनि असाध्यै सानो छ । अरू सूचकका कारण अर्थतन्त्रको अवस्था कमजोर देखिएको राष्ट्र बैंकले जारी गरेको तथ्यांकमा उल्लेख छ ।  

एक वर्षको विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थिति :


 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x