माघ १६, २०७९
सत्तारूढ दल नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री शेरबहादुर तमाङले सरकार गठनपूर्वको सहमतिअनुसार एमालेका उम्मेदवार नै राष्ट्रपति बन्ने दावी गरेका छन् । सोमबार आयोजित साक्षात्कार कार्यक्रममा उनले त्यस्तो दावी गरेका...
काठमाडाैं | भदौ १, २०७९
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि नेपाली कांग्रेस पार्टीलाई स्थानीय तह निर्वाचनकै हैसियतमा पुर्याउने गरी आ–आफ्नो ठाउँबाट लाग्न सिंगो पंक्तिलाई आह्वान गरेका छन् ।
कांग्रेस नेता समेत रहेका मन्त्री कार्कीले मुलुकको ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसलाई मुलुकको आर्थिक समृद्धिको दिशामा अग्रसर गराउने जिम्मेवारी पनि आगामी निर्वाचनबाट पाउने गरी निर्वाचनमा तयारीमा जुट्नुपर्ने बताए ।
काठमाडौंमा स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरूसँगको बुधवार आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले मुलुकको स्थिरता र तीव्र आर्थिक विकासका लागि नेपाली कांग्रेस र सत्तारुढ गठबन्धनको विकल्प नभएको पनि पटक–पटक दोहोर्याए ।
आगामी निर्वाचनमा पनि ५ दलीय गठबन्धन कायमै रहने उल्लेख गर्दै मन्त्री कार्कीले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले हासिल गरेको सफलता प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि हासिल गर्नुपर्ने बताए । उनले भने, ‘अब हामी निर्वाचनको संघारमा छौं । अब आउने निर्वाचनमा ५ दलीय गठबन्धन नै रहनेछ । यो मुलुकको स्थिरताका निमित्त, यो मुलुकको विकासको निमित्त र यो मुलुकलाई तीव्र गतिमा विकासमा अगाडि बढाएर विकासोन्मुख मुलुकबाट विकासशील देशमा हाम्रो देशलाई पुर्याउनका निमित्त अब आउने निर्वाचनमा हामीले एकताका साथ नेपाली कांग्रेसलाई जसले यो मुलुकको ऐतिहासिक राजनीतिक परिवर्तनहरू गरेको छ, अब मुलुकको आर्थिक परिवर्तनको जिम्मेवारी दिएर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अग्रसर गराउनका निमित्त एक भएर आगामी निर्वाचनमा जसरी अहिले हामीले स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको जुन स्थान हामीले बनाएका छौं, त्यहीँ स्थान आगामी निर्वाचनमा पनि बनाउनका निमित्त हामी सबै आ–आफ्नो तर्फबाट लागौं ।’
मन्त्री कार्कीले ५ वर्षपछि हुने स्थानीय तह निर्वाचनमा पनि नेपाली कांग्रेस नै विजयी हुने गरी काम गर्न स्थानीय तहका पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गरे । उनले विकास निर्माण, जनताको सेवाप्रवाह र उनीहरूको गुनासो तत्काल सम्बोधन गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाउन पनि स्थानीय तहको सरकारले ध्यान केन्द्रित गर्नुपर्ने स्पष्ट पारे ।
मन्त्री कार्कीले जनतालाई मर्का नपर्ने गरी करको दर तोक्न पनि स्थानीय तहका जनप्रतिनिधिलाई सचेत गराए । मन्त्री कार्कीले स्थानीय तहमा करका दरहरू निर्धारण गर्दा सबैको सहमति लिन जरुरी रहेको पनि बताए ।
सत्तारूढ दल नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री शेरबहादुर तमाङले सरकार गठनपूर्वको सहमतिअनुसार एमालेका उम्मेदवार नै राष्ट्रपति बन्ने दावी गरेका छन् । सोमबार आयोजित साक्षात्कार कार्यक्रममा उनले त्यस्तो दावी गरेका...
नियमावली मस्यौदा समितिको सोमवार बसेको बैठकले शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले ७ दिनभित्रमा सदनलाई उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ । समितिले प्रतिनिधिसभा नियमावली २०७५ को परिच्छेद ...
राष्ट्रिय योजना आयोगमा रिक्त ३ सदस्य नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले सदस्यहरू नियुक्त गरेको हो । स्रोतका अनुसार सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्रबहादुर महतलाई नियुक्त गरिएक...
लुम्बिनी प्रदेशमा माघ २५ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले सोमबार तीनजना उम्मेदवारको अन्तिम नामावली प्रकाश...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले ७ राजनीतिक दलको साझा नीतिका आधारमा सरकार निर्माण भएको हो भन्दै सरकार सञ्चालन पनि साझा नीति र कार्यक्रमबाट हुने बताएका छन् । विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीसँग ...
नेकपा माओवादी केन्द्रका पदाधिकाकारीहरूले गृहमन्त्री माओवादीले नै राख्नुपर्ने दबाब पार्टी बैठकमा दिएका छन् । स्वतन्त्र पार्टीका रवि लामिछानेको सांसद र मन्त्री पद बदर भएपछि गृहमन्त्री माओवादीले नै लिनुपर्ने गरी पा...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...