×

X
Nic Asia
Dabur
Khukuri

समुदायको लगानीमा खोप्रा–खयर पदमार्ग निर्माण

काठमाडाैं | भदौ २, २०७९

NTC
Argakhanchi Cement
फाइल तस्वीर
Premier Steels
TVS INSIDE

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका स्थानीयवासीको अगुवाइमा समुदायको रु साढे एक करोड बढी लगानीमा खोप्रा–खयरलेक पदमार्ग निर्माण भएको छ । 

LAxmi BAnk
nabil BANK inside

अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको पाउद्वार–खोप्रा हुँदै खयरलेकसम्मको दुई दिनको पदयात्राको बाटोमा पदमार्ग, चौतारा, खानेपानी र थान पुननिर्माणमा सहयोगदातामार्फत रु एक करोड ६० लाख बढी खर्च भएको खयर भारानी थान तथा क्षेत्र संरक्षण कोषका अभियन्ता राजु पुनले बताए । बेलायती सेनाका सेवा निवृत्त लेफ्टिनेन्टसमेत रहेका पुनको अगुवाइमा एक दशकदेखि यो क्षेत्रमा पूर्वाधार निर्माण शुरू भएको थियो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

अन्नपूर्ण र बराह शिखर हिमालको काखमा रहेको खयर ताल र ताल परिसरमा रहेको प्रसिद्ध धार्मिकस्थल खयर भारानी थानलाई लक्षित गरेर पर्यटन पूर्वाधार निर्माण गरिएको छ । थान पुनःनिर्माणमा मात्रै रु ३९ लाख खर्च भएको छ । 

परम्परागत रुपमा ढुङ्गाको थानमा पूजाआजा हुँदै आए पनि २०४८ सालमा स्थानीय भेडा गोठालाले थानको स्वरुप दिएर निर्माण गरेका थिए । उक्त भारानीको थान जीर्ण बनेको कारण सहयोग जुटाएर पुनःनिर्माण गरिएको पुनले जानकारी दिए । 


Advertisment
Saurya island

थान निर्माणसँगै २०७० सालदेखि पदमार्ग निर्माण सुरु भएको थियो । जङ्गल र पहाडको अप्ठ्यारो बाटोमा ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माणसँगै पर्यटक र तीर्थयात्रीलाई थकान मेटाउनका लागि चौतारा निर्माण गरिएको छ । 

'हामीले पर्यटन पूर्वाधार बनाउन सरकारको मुख ताकेर बसेनौँ, यहाँ यस्तो समस्या छ, यो काम गर्दै छौँ भनेर आह्वान गर्‍यौँ, सहयोगदाता स्वस्फुर्त रुपमा सहयोग गर्न तयार भएपछि यो काम सम्भव भएको हो', अभियन्ता पुनले भने ।

Vianet communication
IME BANK INNEWS

दश वर्षको अवधिमा आधा बढी समय लेक र बुकीमै बसेर पदमार्ग निर्माण खटिएका पुनले अझै पनि अप्ठ्यारा ठाउँमा पदमार्ग र रेलिङ निर्माणसँगै तीर्थयात्री र पर्यटकको सुविधाका लागि आश्रयस्थललगायतका पूर्वाधार निर्माणको अभियान सञ्चालन भइरहेको बताए । 

धार्मिक भावनाले पर्यटन विकास

साहसिक पदयात्राको गन्तव्य बनेको पाउद्वार–खोप्रा–खयर पदमार्गमा स्थानीयवासीले मात्रै पूर्वाधार बनाउन लगानी गरेका छैनन् । जिल्लाभित्र र जिल्ला बाहिरका व्यक्तिले समेत सहयोग गरेका छन् । धार्मिक पर्यटकीय क्षेत्रको विकासमा धार्मिक मूल्य र मान्यतालाई जोडेर उजागर गरेपछि मात्रै यो सम्भव भएको हो । 

पाउद्वार गाउँदेखि नै पदमार्ग र चौतारा निर्माणमा विभिन्न क्षेत्रका व्यक्तिले आफ्नो आफन्तको सम्झना र परिवारका अग्रज व्यक्तिको नाममा सहयोग गरेका छन् । हरेक चौतारा निर्माण गर्ने व्यक्तिले पदमार्ग समेत बनाएका छन् । चौतारा र पदमार्गमा उनीहरुको शीलालेखसमेत राख्ने गरिएको छ । 

यस क्षेत्रको पूर्वाधार निर्माणमा सहयोग गर्नेमध्ये अधिकांश खयर क्षेत्रको भ्रमण र खयरभारानीको दर्शन र पूजाआजा गर्न आएका व्यक्ति छन् । यहाँ आइसकेपछि प्रभावित बनेर स्वतस्फुर्तरुपमा पदमार्ग बनाउन सहयोग गर्ने गरेको स्थानीय मीनबहादुर तिलिजा पुनले बताए ।

'पहाडको बाटो अप्ठ्यारो हुनु स्वभाविक हो, अभियान सञ्चालन भएपछि यहाँ आउने अधिकांशले यहाँ बाटो र चौतारो बनाइदिनुस, मेरोतर्फबाट यति सहयोग आउँछ भनेर बोल्नुहुन्छ, अझै पनि कतिपय ठाउँको काम बाँकी छ', उनले भने । 

प्रसिद्ध धार्मिकस्थल र प्राकृतिकरुपमा मनमोहक क्षेत्र रहेको खयर भारानी जाने बाटो अप्ठ्यारो भएकाले यहाँ जानेलाई सहज होस् भनेर पदमार्ग निर्माणमा सहयोग गरेको पर्वनको जलजला गाउँपालिका–६ लोप्रेका ताराबहादुर अर्मजाले बताए । 

'म प्रवासमा बस्छु, केही वर्ष अघि यहाँको भ्रमण गर्ने अवसर मिलेको थियो, त्यसबेला थानको पुनःनिर्माणमा पनि सहयोग गरेको थिए, पछि पदमार्ग बनाउन पनि सहयोग गरेँ, धेरैले यहाँ आइसकेपछि यहाँको विकासमा सहयोग गर्ने प्रेरणा पाउँछन्', उनले भने । 

पदमार्ग, चौतारा र धाराको संरक्षण र सरसफाइमा समेत सहयोगदाता आफैँ पुग्ने गरेका छन् । 

अन्नपूर्ण र बराह हिमालको काखमा अवस्थित प्रसिद्ध धार्मिकस्थल खयर भारानी क्षेत्र धार्मिक पर्यटकको केन्द्र बन्न थालेको छ । 

समुद्री सतहदेखि करिब चार हजार सात सय मिटर उचाइमा अवस्थित खयर भारानी थान र खयर तालमा पूजा र भाकल गर्नका लागि भक्तजनको घुँइचो लाग्ने गरेको छ । कमल खत्री,रासस

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

तनहुँको व्यास नगरपालिकाले दुई सय ६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्तीका लागि योजना अघि सारेको छ । व्यास नगरपालिका १० वैरेनीको कूल एक हजार पाँच सय ३७ रोपनीमध्ये पहिलो चरणमा उक्त क्षेत्रफलमा बस्ती निर्माण योजना प्र...

मंसिर २१, २०७९

सुर्खेतका अमरबहादुर आले मगरले श्रीतीको विभत्स हत्या गरेका छन् । पञ्चपुरी नगरपालिका –३ तोक्माका आले मगरले खुकुरी प्रहार गरी मंगलबार श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरेर श्रीमतीको टाउको प्...

मंसिर २१, २०७९

नवलपरासी बर्दघाट सुस्तापूर्वमा किसान तोरीखेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको संख्या बढेको हो ।  तोरीको पकेट क्षेत्र मानिएको जिल्लामा अधिकांश स्थानमा अहिले तो...

मंसिर २१, २०७९

सुर्खेतका १९ वर्षे दिनेश अधिकारीले पेट्रोलबाट चल्ने चार पांग्रे गाडी बनाएका छन् । बीरेन्द्रनगरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा १२ मा व्यवस्थापन सङ्कायमा अध्ययनरत अधिकारीले पाँच महिना लगाएर सो गाडी बना...

मंसिर २१, २०७९

राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप ४ हजार ३९४ निवेदन परेका छन् । गत साउन ३१ गते प्रकाशन गरेको सूचनाअनुसार जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबूक प्रमाणितका लागि उनीहरूले कार्यालयमा निवेदन दिएका ...

मंसिर २१, २०७९

काठमाडौं उपत्यमा वाटर एटीएमको प्रयोग बढ्न थालेको छ । ‘वाटर भेन्डिङ’ मेसिनबाट दुई रुपैयाँमा पानी पिउन पाएपछि उपत्यकामा पछिल्लो समय एटीएमको प्रयोग बढेको हो । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x