×

NMB BANK
NIC ASIA

गाई फार्मबाट १५ करोड डुब्यो : बेलायतमा पण्डित काम गरेर कमाएको पैसादेखि घरखेत स्वाहा !

भदौ २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बेलायतमा १५ वर्ष भन्दा बढी समय पण्डित्याइँ गरेर कमाएको पैसालाई नेपालमै सदुपयोग गर्ने र सफल कृषि व्यवसायी बन्ने मेघनाथको सपना चकनाचुर भएको छ ।

Muktinath Bank

नेपालमै कृषि कर्म गर्ने र सफल व्यवसायी बन्ने सोचाइ राखेर स्वदेश फर्किएका चितवन टाँडीका मेघनाथ सुवेदीको ५०० वटा गाई पाल्ने सपना टुटेको हो । उनले गाई फार्म सञ्चालन गर्न कृषि विकास बैंकबाट डेढ वर्ष अगाडि लिएको ऋण तिर्न नसकेपछि बैंकले उनको सारा सम्पत्ति लिलामीमा राखेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुवेदीले सूर्य मामाभाञ्जा गाई फार्मका लागि लिएको ऋण तिर्न नसकेपछि न उनको व्यवसाय हुन सक्यो न त सम्पत्ति नै रहने भयो । गाई फार्म चलाउन कृषि विकास बैंकबाट लिएको १५ करोड ८६ लाख रुपैयाँ तिर्न नसकेपछि सुवेदी र उनको फार्मको नाममा रहेको चितवनको विभिन्न स्थानका २३ कित्ता जग्गासहितको सम्पत्ति लिलामीमा चढेको हो । 


Advertisment
Nabil box
Kumari

सुवेदी ३ वर्ष अगाडि नेपालमै नमूना गाई फार्म सञ्चालन गर्ने र कृषि पेशामा महत्त्वपूर्ण योगदान गर्ने उद्देश्य बोकेर नेपाल फर्किएका थिए । १५ वर्षभन्दा बढी समय बेलायतमा पण्डित्याइँ गर्दै आएका सुवेदीले काठमाडौंकी सुनिता पण्डितलाई व्यावसायिक साझेदार बनाएर चितवनमै गाई फार्म शुरू गरेका थिए । १७५ वटा गाई पुर्‍याइसकेका सुवेदीको व्यावसायिक योजना ५०० सय गाई पुर्‍याउने थियो । 

Vianet communication
Laxmi Bank

उनको उपयुक्त व्यावसायिक योजनालाई पत्याएर एनआईसी एशिया बैंकले त्यतिबेला १० करोड रुपैयाँ ऋण पत्याएको गरेको  थियो । 

निजी बैंकबाट लिएको ऋणको ब्याज महंगो भयो भनेर त्यो ऋणलाई सुवेदीले डेढ वर्ष अगाडि मात्रै कृषि विकास बैंकमा सारेका थिए । 

सरकारले कृषिमा ब्याज अनुदान दिएकाले सुवेदीले सहुलियत कर्जामा ऋण पाएका थिए । उनले त्यो कर्जाको सदुपयोग गरेर व्यवसाय विस्तार गर्न सकेनन् । उनको व्यावसायिक योजना उपयुक्त लागेर एनआईसी एसिया बैंकले दिएको ऋणमा अझै पैसा थपेर कृषि विकास बैंकले उनको फार्ममा लगानी गरेको थियो ।

विडम्बना कृषि विकास बैंकबाट ऋण लिएपनि सुवेदीले एउटा पनि किस्ता तिरेनन् । बैंकको ऋण नतिरेपछि पटक–पटक ताकेता र प्रशस्त समय दिएर ऋण तिर्न बैंकले आग्रह गर्‍यो ।

बैंकको आग्रहलाई बेवास्ता गरेपछि उनले ऋण लिँदा राखेको धितो २९ साउनमा लिलामीमा राखिएको हो ।

कृषि विकास बैंकले यसअघि २५ जेठमै लिलामीको प्रक्रिया अगाडि बढाएको थियो । त्यतिबेला सुवेदीले नै उच्च अदालत पाटमा मुद्दा हालेर धितो रोक्का गर्न माग गरे । 

अदालतले २८ असारमा मात्रै लिलामी रोक्नु पर्ने आदेश दिएपछि पुनः ३५ दिने सूचना जारी गरेको कृषि विकास बैंकले जानकारी दिएको छ ।

कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलका अनुसार सुवेदीले बैंकको ऋण तिर्न बेवास्ता गरेको र बैंकको सम्पर्कमै आउन छाडेपछि धितो लिलामी गरेर कर्जा असुलको प्रक्रिया अगाडि बढाइएको हो । 

पौडेलले भने, ‘बैंकको ऋण नतिरेपछि धितो राखिएको सम्पत्ति लिलामी गरेर कर्जा लगानी उठाउन उठाउन खोजिएको हो । यो गाई फार्मका लागि लिएको ऋणको एउटा पनि किस्ता नआएपछि बैंकले आवश्यक प्रक्रिया पूरा गरेर लिलामीको प्रक्रिया अगाडि बढाएको उनले बताए ।

बैंकका अनुसार उक्त गाई फार्मले पेश गरेको योजना उपयुक्त भएरै ऋण लगानी भएको थियो । गाई फार्मले पेश गरेको योजनाअनुसार काम नगर्दा यसको लगानी डुबेको छ ।

गाई फार्म र सञ्चालकको नाममा रहेको जग्गा लिलामीबाट अब बैंकले ऋण उठाउने तयारी गरेको छ ।

कृषि विकासबाटै गाई फार्मका साथै सूर्या आयुर्वेदिक प्रालि चलाउन लिएको ऋण पनि उनीहरूले तिर्न सकेनन् ।

सूर्या आयुर्वेदिक चलाउन लिएको २ करोड ५१ लाख ९३ हजार तिर्न नसकेपछि उक्त आयुर्वेद उद्योगको नाममा रहेको सम्पत्तिसमेत लिलामीमा परेको छ । 

यो आयुर्वेद उद्योगमा उनै गाई फार्मकी साझेदार सुनिता पण्डित सञ्चालिका हुन् । उनलाई मेघनाथसहित अनिस र अमित पण्डितले धितो जमानीका रूपमा साथ दिएका थिए ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x