×

NMB BANK
NIC ASIA

वाइसीएलको दोस्रो राष्ट्रिय भेलाको तयारी पूरा

भदौ २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी भेलाको सम्पूर्ण तयारी पूरा भएको वाइसीएल संयोजक सुमन देवकोटाले जानकारी गराएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

’आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौं, सुदृढ संगठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौं’ भन्ने मूल नाराका साथ शुक्रवारदेखि शुरू हुने भेलाको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष सम्बोधनको साथमा हुनेछ ।


Advertisment
Nabil box
Kumari

पार्टी स्थायी कमिटी सदस्य, विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरू र विभिन्न राजनीतिक पार्टीका युवा संगठनका प्रतिनिधि तथा अतिथिले शुभकामना मन्तव्य व्यक्त गर्नेछन् । 

Vianet communication
Laxmi Bank

काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा बिहान ११ बजे शुरू हुने भेलाका लागि विभिन्न जिल्ला र प्रदेशहरूबाट प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् । २ दिनसम्म चल्ने भेलामा उद्घाटन सत्र, बन्द सत्र र समापन सत्र गरी ३ सत्र हुनेछन् ।

भेलामा भूगोल तथा गैरभूगोल जिल्ला, प्रदेशहरूबाट ६०० जना प्रतिनिधि सहभागी रहनेछन् । जसमा केन्द्रीय समितिबाट १९६ जना, प्रत्येक जिल्लाबाट ३/३ जना गरी २५२ जना, प्रदेश कमिटीबाट ३५ जना, ३ वटा आयोगबाट ५२ जना, केन्द्रीय प्रतिनिधि १६ जना, ५% केन्द्रीय कार्यालयबाट मनोनित गर्ने र विभिन्न एकता प्रक्रियाबाट २१ जना प्रतिनिधि सहभागी रहनेछन् । 

भेलाको भव्य र ऐतिहासिक बनाउन भेला आयोजक मूल समिति, राजनीतिक प्रतिवेदन उपसमिति, भेला व्यवस्थापन उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति र प्रचारप्रसार उपसमिति निर्माण गरी परिचालन गरिएको छ । भेलाको आर्थिक व्यवस्थापनका लागि प्रत्येक प्रतिनिधिलाई १ हजार शुल्क, प्रदेश र जिल्लाका लागि आर्थिक कोटा निर्धारण गरी व्यवस्थापन गरिने र अनुमानित खर्च २० लाखसम्ममा भेला सम्पन्न गर्ने तयारी गरेको पत्रकार सम्मेलनमा वाइसीएल संयोजक देवकोटाले जानकारी गराए । 

पत्रकार सम्मेलनमा वाइसीएल इन्चार्ज एवं पार्टी पोलिटब्यूरो सदस्य रामप्रसाद सापकोटा ‘दिपशिखा’, वाइसीएल सहसंयोजक सुबोध शेर्पाली लगायतका नेताहरूको उपस्थिति रहेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x