मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
दाङको दंगीशरण गाउँपालिकाले खरिद गरेको जेसिबी डेढ वर्षमै बिग्रिएको छ । अहिले उक्त जेसिबी हेकुलीस्थित इलाका प्रहरी कार्यालयको प्रांगणमा थन्क्याएर राखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा ३३ लाख रुपैयाँमा खरिद गरिएको उक्त जेसिबीले आम्दानी भने केही गर्न सकेन । ‘खरिद गरेको डेढ वर्षमै बिग्रियो, अहिले थन्क्याएर राख्नुपर्ने अवस्था छ’, गाउँपालिकाका स्टोर शाखा प्रमुख मस्तवीर चौधरीले भने, ‘यसबाट एक रुपैयाँ पनि आम्दानी लिन सकिएन ।’
बिग्रिएपछि मर्मत गर्न लगिएकामा खर्च धेरै लाग्ने भएपछि त्यसलाई त्यतिकै थन्क्याएर राखिएको उनको भनाइ थियो । मर्मत खर्च रु पाँच लाख लाग्ने भएपछि त्यसलाई मर्मत गर्नुभन्दा थन्क्याउनै फाइदा भएको भन्दै कार्यपालिकाको बैठकले निर्णय गरेरै थन्क्याइएको शाखा प्रमुख चौधरीले जानकारी दिए । ‘पटकपटक बिग्रिरहने भयो, पछिल्लोपटक मर्मत गर्दा पाँच लाख लाग्ने भनेपछि त्यसलाई मर्मत गर्नुभन्दा थन्क्याएकै फाइदा हुने भयो’, उनले भने, ‘त्यसपछि कार्यपालिकाले थन्क्याउने नै निर्णय गरेको हो ।’
बुद्ध इलेक्ट्रो पावर प्रालिले टेन्डरमा खरिद गरेको उक्त जेसिबीबाट फुर्केसल्लीसम्म सडकको ट्रयाक खोलिएको र अन्य वडाका सडक निर्माण गरिएका थिए । काम धेरै भए पनि आम्दानी भने न्यून भएको शाखा प्रमुख चौधरीले बताए ।
अहिले बिग्रिएर थन्क्याएपछि त्यसलाई के गर्ने भन्ने कुराको कार्यपालिकाले निर्णय गर्ने गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए । ‘लिलाम गर्ने हो कि भन्ने कुरा छलफल चलेको छ’, उनले भने, ‘के गर्ने भन्ने कुरा कार्यपालिकामा छलफल हुन्छ ।’ गाउँपालिकाले त्यतिबेला करिब रु १६ लाखको लागतमा एउटा ट्याक्टर पनि खरिद गरेकामा त्यो भने नियमित चलिरहेको छ । रासस
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...