×

सुन तस्करी

विमानस्थलबाट फोहोरमा राखेर बाहिरिन्छ सुन, स्क्रिनिङ छल्न शव ल्याउने बाटो प्रयोग

भदौ ३, २०७९

NTC
Premier Steels
Marvel

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फोहोरमा राखेर सुन तस्करी हुने गरेको खुलेको छ ।

yONNEX
Sagarmatha Cement

विमानस्थलमा जम्मा भएका फोहोरमा राखेर सुन लगायतका सामानहरूको तस्करी हुने गरेको विमास्थलमा खटिएका एक सुरक्षा अधिकारीले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अहिले फोहोरमा राखेर सुन लगायतका सामानहरू तस्करी गर्ने गरेको देखिएको छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एक अधिकारीले लोकान्तरसँग भने, ‘पछिल्लो समयमा प्रहरीले बाहिरबाट बरामद गरेको सुनले पनि त्यसलाई पुष्टि गर्छ ।’


Advertisment

विमानस्थलको सुरक्षा जाँच र स्क्रिनिङ छल्न फोहोरमा राखेर सुन तस्करी हुने गरेको पाइएको हो ।

Vianet communication
Laxmi Bank

विमानस्थलको फोहोर पनि एक्सरे मशिनमा स्क्रिनिङ गरेर मात्र बाहिर लैजान पाइने व्यवस्था छ, तर स्क्रिनिङ छलेर फोहोरमा सामान कटाउने क्रम बढेको हो ।

यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले भने विमानस्थलबाट बाहिरिने फोहोरको अनिवार्य स्क्रिनिङ हुने गरेको दाबी गरे ।

‘विमानस्थलबाट बाहिरिने सबै फोहोरको स्क्रिनिङ हुन्छ । विगतमा फोहोरमा राखेर तस्करी हुने गरेकाले पनि यसलाई अनिवार्य बनाइएको हो,’ महाप्रबन्धक ठाकुरले लोकान्तरसँग भने ।

चियाका कपजस्ता सामान्य फोहोरहरू भने स्क्रिनिङविनै बाहिर लैजाने गरिएको उनले स्वीकारे । ‘चिया खाएका कपजस्ता सामान्य फोहोरलाई स्क्रिनिङ गर्ने कुरा पनि भएन,’ ठाकुरले भने ।

उनका अनुसार विमानस्थलबाट स्याम्पलिङका आधारमा फोहोर स्क्रिनिङ हुने गरेको छ । १० केजी फोहोरबाट ५ केजी स्याम्पलका रूपमा स्क्रिनिङ गर्ने गरेको ठाकुरले बताए ।

प्रहरी स्रोतका अनुसार पछिल्लो समय फोहोर व्यवस्थापन गर्ने कम्पनीको ठेक्का सकिएकाले फोहोर बाहिर ल्याउने क्रममा थप बदमासी भइरहेको छ ।

फोहोरलाई बाहिर ल्याउँदा एक्सरे मशिन भएको ठाउँबाट ल्याउनुपर्नेमा अन्य बाटो प्रयोग गरेर ल्याउने गरेको फोहोर व्यवस्थापनमा खटिएका एक कर्मचारीले बताए । 

‘कतिपय फाहोर यताबाट (विमानस्थलको उत्तरपट्टि शव ल्याउने ठाउँ)बाट आउँछ,’ ती कर्मचारीले लोकान्तरसँग भने ।

अहिले फोहोर व्यवस्थापन गरिरहेको मिसन इनोभेटिभको समय सकिए पनि विभिन्न कारणले नयाँ टेन्डर गर्न नसकिएको महाप्रबन्धक ठाकुरले बताए । 

उनका अनुसार पछिल्लो २ पटक फोहोर व्यवस्थापनका लागि टेन्डर गरिएको थियो । तर कसैको आवेदन नपरेकाले नयाँ टेन्डर खोल्न लागेको उनले बताए । 

‘हामीले यसभन्दा अगाडि पनि फोहोर व्यवस्थापनका लागि टेन्डर खोलेका थियौं तर कोही आएनन् । अहिले फेरि नयाँ टेन्डर खोल्न लागेका छौं,’ महाप्रबन्धक ठाकुरले भने ।

उनका अनुसार नयाँ कम्पनी नआउञ्जेलसम्म मिसन इनोभेटिभले नै फोहोर व्यवस्थापन गरिरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ३४/३५ वटा अन्तर्राष्ट्रिय विमानहरू आउँछन् । ती विमानबाट दैनिक औसतमा २५ केजीका दरले करीब ८७५ केजी फोहोर निस्किने गरेको छ ।

अन्डरवेर, ब्रा र प्याडमा लुकाएर ल्याइन्छ सुन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका बाला भित्रिने क्रम बढेपछि अघिल्लो वर्ष अर्थात २०७८ मंसिर १४ गतेदेखि विमानस्थलको भन्सार कार्यालय र प्रहरीले संयुक्तरूपमा अपरेसन चलायो ।

त्यो अपरेसनले २५० केजीभन्दा धेरै सुन बरामद गरेर भन्सारको दायरामा ल्याएको थियो । भन्सार विभागको नियमअनुसार गरगहना बनाएर ५० ग्रामसम्म सुन ल्याउन पाउने व्यवस्था छ । तर अवैध सुनलाई बालाको स्वरूप दिएर ल्याउन थालिएपछि त्यसलाई भन्सारको दायरामा ल्याउन अपरेसन चलाइएको थियो ।

त्यो समयमा त्रिभुवन विमानस्थलबाट एकै दिनमा २० केजीसम्म सुन बरामद भएको थियो । त्यसपछि सुन तस्करहरूले नयाँ प्रयोग गरेर सुन भित्र्याउन थालेका छन् ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) श्यामलाल ज्ञवालीका अनुसार अहिले तस्करहरूले अन्डरवेयरमा लुकाएर सुन ल्याउने क्रम बढेको छ ।

धूलो सुनलाई अन्डरवेरको आकारअनुसार मिल्ने गरी राखेर भरियाहरूले आधादेखि एक केजीसम्मका दरले सुन ल्याउने गरेका छन् । महिलाहरूले धूलो सुनलाई ब्रा र सेनेटरी प्याडमा राखेर ल्याउने गरेको पाइएको छ ।

‘तस्करहरूले ब्रा, पेन्टी, प्याडलगायतमा राखेर पनि सुन ल्याउने गरेको पाइएको छ,’ डीआईजी ज्ञवालीले लोकान्तरसँग भने ।

त्यति मात्र होइन सुनको कपडा नै बनाएर समेत ल्याउने गरेका छन्  । 

त्यसको पछिल्लो उदाहरण दुबईबाट काठमाडौं आएका २ जनाले कपडाको डोरी र अन्डरवेर नै सुनको बनाएर ल्याएको पाइएको थियो ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– १ का २४ वर्षीय सोमबहादुर विकले लगाएको पाइन्ट र अन्डरवेरमा सुन भेटिएको थियो । उनको साथबाट मात्र झण्डै आधा केजी सुन बरामद भयो ।

सोही दिन एउटै फ्लाइटमा आएका मोरङको पथरी शनिश्चरे– ४ का २८ वर्षीय रिवाज गजमेरले लगाएको पाइन्ट, गञ्जी र अडरवेरमा सुन भेटिएको थियो ।

त्यसलाई पगाल्दा ५ सय ५४ ग्राम (आधा किलो भन्दा बढी) सुन निस्किएको थियो ।

२२ वर्ष पुराना एक्सरे मशिन, कतिपयले कामै गर्दैनन् !

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा अहिले २६ वटा एक्सरे मशिन छन् । अहिले लगभग २४ सै घण्टा विमानस्थल खुला हुन्छ । मशिनहरू २४ सै घण्टा चल्छन् ।

विमानस्थलमा ती मशिन मर्मतका लागि २४ सै घण्टा कर्मचारी खटाउने गरिएको छ । विमानस्थलमा मशिन बिग्रनासाथ मर्मत हुने गरेको विमानस्थलले जनाएको छ ।

विमानस्थलका एक्सरे मशिनहरू केही सन् २००० भन्दा अगाडि र केही सन् २००४ तथा केही सन् २०१२ मा जडान भएका थिए ।

विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरको दाबीलाई मान्ने हो भने त्यो एक्सरे मशिनबाट यात्रुहरूले प्रयोग गर्ने ब्याग र ह्यान्ड ब्यागको ऊनको रेशा पनि स्क्यान गर्छ  । तर पछिल्लो केही समययता बाहिरबाट आउने यात्रुले बोकेको कुरा मशिनबाट स्क्यान भएपछि प्रहरीले बरामद गर्ने गरेको छ । 

२०/२२ वर्ष पुराना मशिन भएकाले लागूऔषधसहितका पदार्थ स्क्यान गर्न सक्ने मशिन राख्ने कुरालाई गृह मन्त्रालयले गृह सुरक्षा योजनामा राखेको छ । अहिले भएको मशिनले राम्रोसँग काम गर्न छाडिसकेका छन् ।

‘जे भने पनि अहिले भएका मशिनले राम्रोसँग काम गर्न सकेका छैनन्,’ विमानस्थलका एक सुरक्षा अधिकारीले लोकान्तरसँग भने, ‘त्यसकारणले पनि सुन तस्करलाई सहज हुने गरेको देखिएको छ ।’

विमानस्थलबाट नेपाल आउने मानिसहरूको सबै चेकजाँच भन्सार विभाग र अध्यागमनले गर्दै आएकाले प्रहरीले चेक गर्न पाउने अधिकार छैन ।

केही समयदेखि विमानस्थलको सबै सुरक्षा प्रहरीलाई दिनुपर्ने कुरा पनि उठ्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २७, २०८०

राजधानीबाट २२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुन नगरपालिका–३ स्थित एकधाराबाट कौडा खेलिरहेको अवस्थामा  २२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।  आइतबार राति कृष्ण अधिकारीको घरब...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x