×

NMB BANK
NIC ASIA

गाउँबाटै नागरिकता पाएपछि स्थानीय उत्साहित

भदौ ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

ईलाका प्रशासन कार्यालय रामपुरबाटै नागरिकता वितरण गर्न थालिएपछि स्थानीय उत्साहित भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

पछिल्लो समय सेवाग्राहीको संख्या समेत बढेको छ । दैनिक रूपमा नागरिकता बनाउन आउनेहरू बढ्दै गएका छन् । 
       
आर्थिक वर्ष २०७८/७९ मा ३ हजार ९७८ जनाले  नागरिकता बनाएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बर बढी हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नियमितरूपमा कार्यालय प्रमुख बसेर सेवा दिन थालेपछि  नागरिकता बनाउने बढेका हुन् । 
       
पहिला–पहिला हप्ताको २ दिन जिल्ला प्रशासन कार्यालय पाल्पाबाट टोली आएर नागरिकता वितरण गर्ने गरिन्थ्यो । अहिले दैनिक रूपमा कार्यालयबाटै सेवा दिन थालेपछि नागरिकलाई सदरमुकाम तानसेन जानुपर्ने झण्झट हटेको छ । 


Advertisment
Nabil box
Kumari

दैनिकजसो कम्तीमा २०–५० सम्म नागरिकता वितरण गरिने कार्यालय प्रमुख भगवान भक्त अर्यालले जानकारी दिए ।
       
‘स्थानीय तहको निर्वाचन, संघ र प्रदेशको निर्वाचनको मिति नजिकिँदै जानु, राष्ट्रिय परिचयपत्र वितरण लगायतले गर्दा नागरिकता बनाउन आउने बढेका छन्, गाउँमै सुविधा भएपछि उमेर पुग्ने बित्तिकै नागरिकता बनाउन आउने क्रम बढिरहेको छ,’ कार्यालय प्रमुख अर्यालले भने ।         
       
उनका अनुसार कार्यालयबाट आव २०७८/७९ मा २ जनालाई अंगिकृत नागरिकता वितरण गरिएको छ भने नागरिकता प्रतिलिपि १ हजार ९९६ जनालाई प्रदान गरिएको छ । ८७५ पुरुष र १ हजार १२१ महिलाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

Vianet communication
Laxmi Bank

नाबालक परिचयपत्र २५, राहदानी दु्रत सेवा सिफारिस १४०, आदिवासी जनजाति प्रमाणित २८९, दलित प्रमाणित ६३, मुस्लिम प्रमाणित १, संस्था नवीकरण ३५ र २७ जनाले नामथर प्रमाणित गराएका छन् ।

पहिला सदरमुकाम तानसेन जाने समस्याले उमेर पुगे पनि अति आवश्यक परिस्थिति नहुँदासम्म नागरिकता बनाउने कार्यमा नागरिकले चासो दिइएको पाइँदैनथ्यो । तानसेनदेखि करीब ६५ किलोमिटर पूर्व रामपुरमा रहेको यस कार्यालयले सेवा दिन थालेपछि पूर्वी पाल्पाका नागरिकलाई ठूलो राहत मिलेको छ । – सुशीला रेग्मी/रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x