×

NMB BANK
NIC ASIA

लाइगर फ्लप भएपछि स्तब्ध भए निर्माता, बलिउड फिल्महरूलाई शनिको दशा

भदौ १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

गत शुक्रवार सार्वजनिक भएको फिल्म लाइगरले सप्ताहान्तमा जम्मा ३६ करोड भारु कमाएको छ । 

Muktinath Bank

अहिलेसम्मको कलेक्सन हेर्दा फिल्मले १०० करोड भारु पनि कमाउन धौधौ पर्ने देखिएको छ । दक्षिण भारतमा समेत फिल्मका ९० प्रतिशत शो रद्द गरिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आमिर खानको लाल सिंह चड््ढाले पनि सार्वजनिक भएको दुई सातामा जम्मा ५७ करोड भारु कमाएको छ । १७० करोड भारुमा बनाइएको फिल्मले भारतबाट ५७ करोड मात्र कमाएको हो । फिल्मले अन्तर्राष्ट्रिय बजारको कमाइबाट लगानी उठाएको बताइएको छ तर फिल्मलाई फ्लप नै मानिएको छ । 


Advertisment
Nabil box
Kumari

विगत केही समययता आएका बलिउड फिल्महरू सबै एकपछि अर्को फ्लप भएका छन् । द कश्मीर फाइल्स र भूलभुलैया २ ले मात्र राम्रो कमाइ गर्न सकेका छन् । 

Vianet communication
Laxmi Bank

२०० करोड भारुमा बनाइएको सम्राट पृथ्वीराजले जम्मा ९० करोड भारु कमाएको छ । अनि १५० करोड भारुमा बनेको शमशेराले जम्मा ४० करोड भारु कमायो । 

फिल्म फ्लप हुँदा निर्माताहरूले करोडौंको ऋण तिर्न गाह्रो पर्छ र कतिपय त बर्बाद नै हुन्छन् । 

कंगना रनावतको धाकड फिल्म यति ठूलो फ्लप साबित भयो कि यसलाई दुई दिनमै देशका ३०० वटा सिनेमाहलबाट हटाइयो । २१ सय हलमा लागेको फिल्म दोस्रो हप्ता आइपुग्दा जम्मा २५ स्क्रीनमा सीमित भयो । दुई दिनपछि त्यसको शो पनि क्यान्सिल भयो । ८० करोड भारुमा बनेको फिल्मले जम्मा ३.५ करोड भारु कमायो । 

सन् २०१७ मा रिलीज भएको अब्बास मस्तानको फिल्म मशिन भयंकर ठूलो फ्लप थियो । अब्बासले आफ्ना छोरा मुस्तफालाई फिल्ममा लोन्च गरेका थिए । 

आरम्भमै फिल्मको प्रदर्शन यति खराब रह्यो कि एउटा शो हेर्न त जम्मा एकजना पुगेका थिए । त्यसपछि फिल्म हटाइयो । ३० करोड भारुमा बनेको फिल्मले जम्मा २ करोड भारु कमायो । 

६ वर्ष लगाएर बनाइएको फिल्म मेरा नाम जोकर राज कपूरको ड्रीम प्रोजेक्ट थियो । फिल्म बनाउनका लागि राज कपूरले पत्नी कृष्णाका सबै गहना गिरवी राखेर ऋण लिएका थिए ।

चार घन्टा लामो फिल्म बेइज्जतीपूर्ण फ्लप भएपछि राज कपूर ऋणमा चुर्लुम्म डुबे । नोक्सानको भरपाईका लागि उनले छोरो ऋषि कपूरलाई नायक बनाएर बबी फिल्म बनाएका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x