×

NMB BANK
NIC ASIA

संसदीय निर्वाचन

प्रदेश मन्त्रीहरूको चुनावी तयारी– दाबी संघका लागि, सम्भावना फेरि प्रदेशमा

भदौ २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले घोषणा गरेकै मितिमा निर्वाचन भए प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अढाइ महिना मात्रै बाँकी छ । 

Sagarmatha Cement
Muktinath Bank

अहिले टिकट लिनका लागि नेताहरूको दौडधुप चलिरहेको छ । अझ गठबन्धन हुने भएपछि आफ्नो क्षेत्र कसरी सुरक्षित गर्ने भनेर नेताहरू लागिपरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भागबन्डामा पार्टीको भागमा आफ्नो क्षेत्र पार्ने कसरतमा नेतादेखि सांसदसम्म लागिपरेका छन् । प्रदेश १ का मन्त्रीहरूले पनि संघ नभए प्रदेशमै उठ्ने गरी लबिङ शुरू गरेका छन् । 


Advertisment
Nabil box
Kumari

प्रदेश १ मा एक राज्यमन्त्रीसहित १४ जना मन्त्री छन् । एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीको नेतृत्वमा प्रदेश सरकार छ ।

Vianet communication
Laxmi Bank

प्रदेश १ सरकारको नेतृत्व नेकपा (एस)का केन्द्रीय सचिव राजेन्द्र राईको नेतृत्वमा रहेको छ । राईसहित प्रदेश १ मा (एस)का ४ जना मन्त्री रहेका छन् । मुख्यमन्त्री राईले संघमा उठ्ने तयारी गरिरहेका छन् ।

उनको नाम प्रतिनिधिसभाका लागि गृहजिल्ला भोजपुर र सुनसरी– १ बाट सिफारिश भइसकेको छ । 

उनले गृहजिल्ला भोजपुरबाटै चुनावमा उठ्ने समेत बताएका छन् । भोजपुरमा नेकपा माओवादी केन्द्रका सुदन किराँती बहालवाला सांसद हुन । उनले पनि भोजपुर नछाड्ने बताएका छन् ।

गत चुनावमा अजम्बर काङवाङ राईलाई राजेन्द्रले हराएका थिए । अजम्बर त्यति बेला जसपामा थिए भने अहिले माओवादीमा छन् ।

मुख्यमन्त्री राई १९ हजार २९७ मत ल्याएर विजयी बन्दा अजम्बरले ११ हजार ५४१ मत ल्याएका थिए । गत चुनावमा वाम गठबन्धन भएको थियो भने भोजपुरमा कांग्रेसले अजम्बरलाई सघाएको थियो । 

संघमा नै उठ्ने भनेर दाबी गरे पनि मुख्यमन्त्री राईले संघमा माओवादीको भागमा भोजपुर परे प्रदेशमा उठ्ने समेत तयारी गरिरहेका छन् ।

उनले केही दिनअघि फेसबूकमा स्टाटस लेख्दै भोजपुर नछाड्ने बताउनुले पनि प्रदेशमै उठ्ने तयारी रहेको संकेत गर्छ ।

उनले लेखेका छन्, ‘म पार्टीको एक अनुशासित कार्यकर्ता भएको नाताले पार्टीको निर्णय मैले सधैँ मान्नुपर्छ । र, अहिले खास उद्देश्यका लागि हाम्रो पार्टी गठबन्धनमा छ । गठबन्धनबाटै चुनाव लड्ने निर्णयमा छ, त्यसैले उम्मेदवारीको हकमा गठबन्धनबाट गरिने जुनसुकै निर्णय पनि मानेर जान म तयार छु । गठबन्धनभित्र उछिनपाछिन गर्ने पक्षमा म छैन । र, नेताले चुनाव लड्नैपर्छ, सांसद बन्नैपर्छ भन्ने पनि छैन । पार्टी र गठबन्धनले मलाई उम्मेदवार नबनाउने निर्णय गर्‍यो भने म उम्मेदवार नबन्न तयार छु ।’

निकट स्रोतका अनुसार उनले प्रदेशमा उठ्ने संकेत गर्दै यो स्टाटस लेखेका हुन् । 

प्रदेशमा उठ्दा गत चुनावमा भन्दा बढी मत ल्याउने उनको दाबी रहेको छ । मुख्यमन्त्री भएपछि आफ्नो क्षेत्रमा गरेको विकास नै चुनाव जित्ने आधार रहेको उनको दाबी छ । संंघमा माओवादीले पाए प्रदेश १ (क)मा कांग्रेस र प्रदेश १ (ख)मा उनले टिकट पाउने छन् । 

नेकपा एसका अन्य दुई जनाको नाम सिफारिश भएको छ । सामाजिक विकास मन्त्री राजन राईको नाम खोटाङबाट प्रतिनिधिसभामा सिफारिश भएको छ । गत चुनावमा कांग्रेसका सुवासकुमार पोख्रेललाई हराउँदै उनी विजयी भएका थिए । राजनले १८ हजार ९३३ मत ल्याउँदा पोख्रेलले १३ हजार ४११ मत ल्याएका थिए । राजन पनि प्रतिनिधिसभामा टिकट नपाए प्रदेशमै उठ्ने तयारीमा रहेको उनी निकट स्रोतले जनाएको छ । 

यस्तै इलाम १ (क)बाट संस्कृति तथा पर्यटन मन्त्री खिनुलङ्वा लिम्बूको नाम सिफारिश भइसकेको छ । संघमा भने झलनाथ खनालको नाम सिफारिश भएकाले उनले प्रदेशमै उठ्ने इच्छा देखाएकी छिन् । गत चुनावमा खिनु १८ हजार ६८६ मत ल्याएर विजयी भएकी थिइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका देवेन्द्रकुमार राईले ९ हजार ३२७ मत मात्रै ल्याएका थिए । 

नेकपा एसबाट नै यातायात तथा सञ्चार मन्त्री बनेका उपेन्द्रप्रसाद घिमिरेले मोरङ क्षेत्र नम्बर १ बाट संघमा उठ्ने इच्छा देखाएका छन् । उर्लाबारी, मिक्लाजुङ तथा केराबारी गाउँपालिका यस क्षेत्रमा पर्छ । स्थानीय तहको निर्वाचनमा अन्य क्षेत्रभन्दा राम्रो मत आएकाले पनि गठबन्धन हुँदा मोरङ क्षेत्र नम्बर १ समाजवादीको भागमा पर्ने उनको दाबी रहेको छ । 

मोरङ क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटीले भने उम्मेदवारको नाम सिफारिश गरिसकेको छैन । संघमा नभए प्रदेशमै उठ्ने तयारीमा उनी रहेको निकट स्रोतले जनाएको छ । २०७४ को निर्वाचनमा घिमिरे १७ हजार ११७ मत ल्याएर विजयी बन्दा कांग्रेसका ईश्वरी कोइरालाले १४ हजार ३१० मत ल्याएका थिए । कोइरालाको निधन भइसकेको छ । 

प्रदेश १ मा माओवादीका ३ जना मन्त्री छन् । प्रदेश १ कै पावरफूल मन्त्रीका रूपमा इन्द्रबहादुर आङ्वोलाई लिने गरिन्छ । उनी शेरधन राईको पालामा आर्थिक मामिला तथा योजना मन्त्री थिए भने राजेन्द्र राईको पालामा पनि त्यही मन्त्रालय पाए । नेकपामा आएको विवादका कारण शेरधनले उनलाई सरकारबाट हटाएका थिए । 

प्रदेशमा दुईपटक मन्त्री भएकाले अब मुख्यमन्त्री दिने भए मात्रै प्रदेशमा दोहोरिने शर्त उनले नेताहरू समक्ष राखेका छन् । संघमा बार्गेनिङ गरेर मुख्यमन्त्री बन्ने दाउमा आङ्वो रहेको उनी निकट स्रोतले जनाएको छ । अघिल्लोपटक आङ्वो १६ हजार ९०८ मत ल्याएर विजयी बन्दा कांग्रेसका सुरेन्द्र दाहालले १२ हजार ११७ मत ल्याएका थिए । 

माओवादीबाटै प्रतिनिधित्व गर्ने खानेपानी मन्त्री रामकुमार राई खोटाङ १ (ख) बाट निर्वाचित भएका हुन् । आफ्नो इच्छा संघमा भए पनि पार्टीको निर्णयानुसार अगाडि बढ्ने उनले बताएका छन् । अघिल्लोपटक उनले १८ हजार ३७२ मत पाउँदा कांग्रेसका विष्णुकुमार राईले १२ हजार २३९ मत पाएका थिए ।

यस्तै झापा ४ (क) बाट निर्वाचित भएका झलकसिंह दर्लामी मगर कृषि मन्त्री छन् । उनी संघमा उठ्ने सम्भावना न्यून रहेको माओवादी केन्द्रका प्रदेश स्तरका एक नेताले बताए ।

ती नेताका अनुसार माओवादी केन्द्रले झापामा क्षेत्र नम्बर ५ अर्थात एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र गठबन्धनमा दाबी गर्नेछ । अर्को क्षेत्र माओवादीले पाउने सम्भावना कम रहेकाले उनी संघका लागि उम्मेदवार बन्ने सम्भावना नगण्य छ ।

जनता समाजवादीका जयराम यादव प्रदेश १ का स्वास्थ्य मन्त्री हुन् । संविधानसभाका सदस्य समेत रहेका यादवले पाटीको निर्णयानुसार गर्ने बताएका छन् । ‘मेरो इच्छा संघमा हो तर म स्वतन्त्र होइन,’ उनले भने, ‘पार्टीले जे भन्छ, त्यही गर्छु ।’ समाजवादीका नेताका अनुसार उनी प्रदेशसभामै उठ्न तयारीमा लागिसकेका छन् । 

प्रदेश १ को दोस्रो दोस्रो ठूलो दल नेपाली कांग्रेसका ५ जना मन्त्री छन् । सडक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीको नेतृत्वमा कांग्रेसले सरकारमा पठाएको थियो । उदयपुर क्षेत्र नम्बर २ को १ (ख) बाट उनी निर्वाचित भएका हुन् । सो क्षेत्रमा माओवादीका हिमाल राई निर्वाचित भएका हुन् । 

प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाका विश्वास पात्र मानिएका कार्की प्रदेशमै उठेर मुख्यमन्त्री बन्ने दाउमा रहेका छन् । गत चुनावमा उनले १६ हजार ७०२ मत ल्याउँदा माओवादी केन्द्रका रामबहादुर थापा मगरले १५ हजार १९४ मत प्राप्त गरेका थिए । 

कांग्रेसकै केदार कार्की आन्तरिक मामिला तथा कानून मन्त्री छन् । उनी संस्थापन इतर समूहका हुन् । मोरङ क्षेत्र नम्बर ६ (ख) बाट निर्वाचित कार्की प्रदेशमा उठ्ने लगभग पक्का जस्तै छ ।

क्षेत्र नम्बर –६ मा प्रतिनिधिसभामा नेता शेखर कोइरालाले टिकट पाउने लगभग पक्का छ । गठबन्धन भए ६ कै १ (क) बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका ज्वाइँ जीवन आचार्यले टिकट पाउने सम्भावना छ । 

गत चुनावमा मन्त्री कार्कीले ११ हजार २९८ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्दी एमालेका रमेश पोख्रेलले ८ हजार १२० मत प्राप्त गरेका थिए ।  

वन वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापालाई मोरङ क्षेत्र नम्बर ३ (ख) बाट कांग्रेस क्षेत्रीय कमिटीले उम्मेदवारका रूपमा सिफारिश गरेको छ ।

झापाका ओमप्रकाश सरवगीले पनि संघमा टिकट पाउने सम्भावना कम देखिएको कांग्रेसकै नेताहरू बताउँछन् । 

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतापप्रकाश हाङगामको पनि संघमा जाने सम्भावना ज्यादै न्यून रहेको नेताहरूको भनाइ रहेको छ । 

यस्तै लोकतान्त्रिक राष्ट्रिय मञ्च एक्ली सांसद एवं सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे पनि प्रदेशमै उठ्ने तयारीमा छिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x