×

NMB BANK
NIC ASIA

पर्यटनमन्त्री प्रकरण

मन्त्रीज्यूले राज्यसंयन्त्र प्रयोग गरेर दबाब दिनुभयो, हामी कानूनी उपचारमा जान्छौँः गरुड सेक्युरिटी

भदौ २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

गरुड सेक्युरिटीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले राज्य संयन्त्रको प्रयोग गरेर माफी माग्न दबाब दिएको बताएको छ । गरुड सेक्युरिटीका प्रशासकीय अधिकृत अभिषेक कार्कीले मन्त्रीले सरकारका निकायहरूमार्फत सेक्युरिटी कम्पनीले माफी माग्न दबाब दिएको बताए ।

Sagarmatha Cement
Muktinath Bank

‘उहाँले सरकारी निकायलाई प्रयोग गरेर बारम्बार माफी माग्न भन्दै दबाब दिइरहनु भएको छ । हाम्रो कर्मचारीले गल्ती गरेको छैन कसरी माफी माग्नु,’ अधिकृत कार्कीले लोकान्तरसँग भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री श्रेष्ठले राज्य शक्तिको प्रयोग गरेर सामन्ती प्रवृत्ति देखाएर आफ्नो कर्मचारीलाई ३ दिनदेखि हिरासतमा राखेको कार्कीले बताए । ‘यहाँ त पावर भएपछि जे पनि गर्न सक्छौँ भन्ने दम्भ देखियो । यो हेर्दा सरासर सामन्ती पारा भयो नी’, अधिकृत कार्कीले भने ।


Advertisment
Nabil box
Kumari

आफ्नो कर्मचारीलाई अनावश्यक रूपमा हिरासतमा राखेकाले यसको कानूनी उपचारमा जाने उनले बताए । अहिले हिरासतमा रहेका शेरजंग गुरुङकी श्रीमती लक्ष्मी गुरुङ बन्दी–प्रत्यक्षीकरणको रिट लिएर अदालत गएको उनले लोकान्तरलाई बताए । 

Vianet communication
Laxmi Bank

अधिकृत कार्कीका अनुसार भीएसएसमा भएको क्लोज सर्किट टीभी (सीसीटीभी) क्यामेरामा त्यहाँ भएको गतिविधिहरूमा स्पष्ट मन्त्रीको गल्ती देखाएको छ । बिना पूर्वजानकारी मन्त्री आएर कर्मचारीलाई दूब्र्यावहार गरेको विषय गम्भीर भएको उनले बताए । उनका अनुसार गरुड सेक्युरिटीले उनकी श्रीमतीलाई कानूनी लडाइँका लागि सहयोग गरिरहेको छ ।

शेरजंगकी श्रीमती लक्ष्मी गुरुङले पावरको दुरुपयोग गरेर एउटा काम गर्ने व्यक्तिलाई हिरासतमा राख्नु गल्ती भएको र त्यसविरुद्ध कानूनी लडाइँ लड्न लागेको बताइन् ।

‘एउटा सामान्य सेक्युरिटीको काम गर्ने मान्छेलाई त्यत्रो मन्त्री भएको मान्छेले यस्तो गर्नु गलत हो,’ लक्ष्मीले लोकान्तरसँग भनिन्, ‘यसविरुद्ध कानूनी लडाइँमा लागेकी छु ।’

भीएसएसले पनि मन्त्रीले गल्ती गरेको र आफ्नो सेक्यूरीटी गार्डले सही काम गरेको भन्दै शेरजंगलाई न्याय दिलाउनलाई सहयोग गरिरहेको लक्ष्मीले बताइन् । ‘भीएसएस अफिसका सरहरूले पनि सहयोग गरिरहनु भएको छ । उहाँहरूले पनि मन्त्रीको गल्ती छ । कारबाही हुनुपर्छ हामी लड्छौँ भन्नु भएको छ’, लक्ष्मीले लोकान्तरसँग भनिन् ।

सुरक्षा गार्ड शेरजंगलाई हिरासतमा राख्नु गलत भएको भन्दै गरुड सेक्यूरीटी, भीएसएस र भूतपूर्व नेपाली सैनिक मञ्च कानूनी लडाइँका लड्न अगाडि आएको छ । शुक्रवार बिहान विदेश जान बायोमट्रिक दर्ताका लागि पूर्वजानकारी बिना मन्त्री श्रेष्ठ परिवार तथा पीएसओसहित छाँयाँ सेन्टरमा पुगेका थिए । त्यहाँ सुरक्षा गार्ड रहेका शेरजंगले उनलाई लाइनमा लाग्न भनेपछि विवाद भएको थियो । 

शेरजंगकी श्रीमती लक्ष्मी गुरुङका अनुसार उनले मन्त्रीलाई लाइनमा लाग्न अनुरोध गरेका थिए । उनले पूर्वसूचना बिना आएकाले लाइनमा बस्न अनुरोध गर्दा मन्त्रीले गाली गर्दै दूव्र्यवहार गरेको बताइन् । ‘हामीसँग सीसीटीभीको भिडियो छ । त्यो प्रमाण हो जसले उहाँको गल्ती छैन भन्ने देखाउँछ त्यो लगेर अदालत जाने तयारीमा छौँ’, लक्ष्मीले लोकान्तरसँग भनिन् ।

पूर्वसुरक्षाकर्मी परिसरका उपाध्यक्ष सुधनसिँह बस्नेतले बिनाकसूर हिरासतमा राखेका शेरजंगलाई मुक्त गर्न अनुरोध गरेको बताए । 

गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका छन् । 

गृहमन्त्री खाणले सोमवार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएको मन्त्रीको सचिवालयले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x