फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
भदौ २२, २०७९
विश्वमा निजामती सेवा शुरू भएको १६८ वर्ष र नेपालमा निजामती सेवा गठन भएको ६६ वर्ष पुग्यो तर निजामती सेवा दिवस मनाउन थालिएको १९ वर्ष मात्र भयो । १९औं निजामती सेवा दिवस ‘व्यावसायिक र सिर्जनशील निजामती प्रशासनः विकास, समृद्धि र सुशासन’को आदर्श वाक्यसाथ विभिन्न कार्यक्रमसाथ मनाइँदैछ ।
लामो समयसम्म निजामती सेवाले आफ्नो दिवस पनि सम्झन पाएको थिएन । विमल कोइराला नेपाल सरकारको मुख्य सचिव भएको समयमा निजामती सेवाले आफ्नो दिवस सम्झिने प्रथा शुरू गर्यो तर अहिले पनि यो दिवस सरकारको प्राथमिकतामा परिसकेको छैन ।
दिवस मनाउनु आवश्यक छ र ? कर्मक्षेत्रमा समर्पित व्यक्तिहरूका लागि दिवस मनाउने प्रचलन २ प्रकारले महत्त्वपूर्ण हुन्छ । पहिलो– आफ्नो विषयमा सबैको ध्यान खिचिने भएकाले कार्यक्षेत्रमा योगदान दिन हौसला दिन्छ, यो एक प्रकारले महोत्सव हो । दोस्रो– आफ्नो कार्यप्रणालीको समीक्षा गरी सुधारको मार्ग प्रशस्त गर्ने दिनका रूपमा पनि दिवस रहन्छ ।
दिवसहरू मनाउँदा आदर्श वाक्य राख्ने चलन छ । यसले अर्को दिवससम्मका लागि गर्नुपर्ने संकल्पको द्योतन गर्दछ । अहिलेको आदर्श वाक्य भने ५ वर्षका लागि गत वर्ष नै निर्धारण गरिएको हो । यो आदर्श वाक्य सान्दर्भिक यस अर्थमा छ कि अहिले निजामती प्रशासनमाथि व्यावसायिक र सिर्जनशील भएन भन्ने आरोप लागिरहेको छ । १ वर्षभन्दा बढीका लागि एकै आदर्श वाक्य कायम गर्नुको पछि भने निजामती सेवालाई सिर्जनशील र व्यावसायिक बनाउन ५ वर्ष लाग्छ वा लगातार ५ वर्ष संकल्प गरौं भन्ने पनि हो ।
कतिपयहरू आदर्श वाक्यमा नै प्रश्न उठाउन सक्लान्, किन ५ वर्ष भयो भनेर । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले पनि गत र यस वर्षका लागि ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’को आदर्श वाक्य चयन गर्यो, सहकारी व्यवसाय मर्यादित बनाउन सहकारी अभियानको ध्यान खिच्नु यसको आशय थियो । त्यसै अनुरूप निजामती सेवामा पनि व्यावसायिकता र सिर्जनाको लगातार ५ वर्ष संकल्प गर्नु उचित नै हो ।
कतिपय विद्वानहरू व्यावसायिक हुनु र सिर्जनशील बन्नु निजामती प्रशासनको मूल्य नै हो भन्ने भएकाले त्यही विषय आदर्श वाक्य राख्नु किन पर्यो भन्ने तर्क गर्छन् । मूल्य र आदर्श स्खलित हुन लाग्यो, त्यसकारण यस प्रकारको संकल्प सान्दर्भिक मात्र होइन, जरुरी नै छ । चिन्ता यो आदर्श वाक्य पनि औपचारिक मात्र बन्ला कि भन्ने हो ।
अब निजामती सेवाको वर्तमान अवस्थाबारे केही कुरा गरौं । निजामती सेवा व्यवस्थित समाज वा लोकतन्त्रको निर्विकल्प संयन्त्र हो । यसको क्षमतामा नै राज्य प्रणाली र विकासको स्तर निर्धारण हुन्छ । राज्य इच्छालाई संस्थागत गराउने कामका लागि निजामती सेवाको आविस्कार भएको थियो भन्ने गरिन्छ । निजामती प्रशासनले अनुमति दिएभन्दा बढी उम्दा कुनै पनि मुलुकको शासनस्तर हुन सक्दैन । यो राज्य व्यवस्थाको मियो हो । यो एकल तर बहुउद्देश्यीय एकाधिकार भएको संस्था हो, कतिपय कुरा यसैका कार्यक्षेत्रमा मात्र सीमित छन् । यो नहुँदो हो त राज्य व्यवस्था निर्जीव हुने थियो, राजनैतिक प्रणाली अचेत हुने थियो । समाजमा बेथिति बढ्ने थियो ।
प्रशासनका गुरुहरू भन्ने गर्छन्, ‘राजनीति विनाको प्रशासन अचेत हुन्छ भने प्रशासन विनाको राजनीति गतिहीन’ । अर्को शब्दमा राजनीतिले उद्देश्य निर्धारण गर्दछ, प्रशासनले त्यो उद्देश्य पूरा गर्न कार्यान्वयन गर्दछ । राजनीतिले नीति कार्य र कार्यान्वयन वा व्यवस्थापन चाहिँ प्रशासनले गर्दछ । कार्यान्वयनमा मात्र होइन, नीति उद्देश्य निर्धारणमा पनि प्रशासनले व्यावसायिक सहयोग गर्दछ, नेपथ्यको भूमिका खेल्दछ । यसर्थ राजनीति र प्रशासन आ–आफ्नो कार्यक्षेत्रमा सीमांकित भइकन अन्तरसम्बन्धित पनि छन् । किनकि नीति र व्यवस्थापन बीचको विभाजन निकै अस्पष्ट र जटील पनि छ ।
निजामती सेवामा व्यावसायिकता र सिर्जनशीलता भएन भन्ने आरोप छ । यसका भित्री र बाहिरी पाटा अलग छन् । को कर्मचारी सिर्जनशील र व्यावसायिक हुन नचाहला र ? जुन वृत्ति अवलम्बन गर्छु भनेर सेवाभित्र प्रवेश गरेको छ, त्यसभन्दा पर जाने कर्मचारी सीमित मात्र हुन्छन् । उसलाई व्यावसायिक सिर्जनशीलताबाट पर पुर्याउने, विषयान्तर हुन दुरुत्साहन गर्ने पक्षमाथि विवेचना गरिएको नै छैन । त्यसैले यसले सेवाग्राहीको माया पाउन र राजनीतिक कार्यकारीको माया पाउन सकेको छैन तर यसो किन भइरहेको छ भन्ने समीक्षा भने गरिएको छैन ।
राजनीतिक समाजले तत्कालको विषयमा प्राथमिकता दिँदा स्थापित प्रणाली भत्किन जान्छ । राजनीतिक चाहनाले नै निजामती सेवाका मूल्य क्षयीकरण भएको छ । यसले शासकीय प्रणालीमाथि जनविश्वास घटाउँदै लगेको छ । असल कार्यसम्पादन गर्ने सीमित कर्मचारीहरू राजनीतिक र प्रशासनिक नेृतत्वको संरक्षणमा छैनन् । प्रणालीभित्र अनुचर प्रवृत्ति बढाउने काम भएको छ । सरुवा, जिम्मेवारी निर्धारण, अवसर वितरण, मनोनयन, पुरस्कार र विभूषण जस्ता पक्षमा सेवा भित्रका राम्रा व्यक्तिहरू सधैं उपेक्षित छन् । सरुवा जहिले जसरी पनि गरे हुन्छ भन्ने सोच छ ।
एक क्षेत्रमा सीप आर्जन गर्ने, अर्को क्षेत्रमा काम गर्नुपर्ने बाध्यता छ । यस अवस्थामा प्रणालीले नै न्याय नगरेका कारण वैयक्तिक सीप, क्षमता र ज्ञानको सिर्जनशील उपयोग हुने वातावरण छैन ।
टेबलमा आएको काम पूरा हुँदा कार्यसम्पादन भएको मानिने प्रशासनिक मनोविज्ञान छ । विश्वव्यापीकरण र सञ्जालीकरणका कारण स्थापित नवीन मूल्य मानकलाई प्रणालीबद्ध गर्न सकिएको छैन । परिवर्तनले एक्काइसौं शताब्दीको प्रशासनको माग छ, बहुसीपयुक्त कर्मचारीका लागि तीव्र दबाब छ तर निजामती सेवाभित्र स्वयं प्रशिक्षित हुने, स्वयं उत्साहित हुने र निरन्तर सीप आर्जनमा रहने जीवन्त स्वभाव हुर्किएको छैन । आफ्नै औचित्य सिद्ध गर्न पनि निरन्तर सीप र समर्पण चाहिन्छ भन्ने बोध छैन । निजामती प्रशासनभित्र अरुको कामलाई मान्यता नदिने, आफूले गरेको कामको स्वयं प्रशंसा गर्ने बानी बढेको छ, एडमिनिस्ट्रेटिभ गिमिकलाई बढावा दिन्छ ।
राजनीतिक कार्यकारी त्यसैमा मक्ख छ । प्रशासन नवप्रवर्तनको प्रवेश विन्दु प्रशासनिक नेतृत्व हो, यो नै सुधारको बोटलनेक बनेको छ । कनिष्ठ र सम्बन्धित क्षेत्रमा ज्ञान/अनुभव नभएकाहरूलाई प्रशासनिक नेतृत्व दिने प्रवृत्ति हाबी छ । आफूले योगदान गर्न नसक्ने अमूक निकायहरूमा जाने चाहना किन बढेको हो भन्न सकिने अवस्था छैन । प्रशासनिक सिद्धान्तले जो कुनै कर्मचारी जुनसुकै जिम्मेवारीका लागि योग्य हुँदैनन् भन्ने मान्यता राख्दछ । यदाकदा देखिएका असल नेतृत्वले संगठनलाई लतारेर सुधार र सिर्जनामा अघि बढाएको छ तर बारम्बारको सरुवा, राजनैतिक तथा आन्तरिक प्रणालीबाट सहयोग नहुँदा सुधारका प्रक्रिया त्यत्तिकै हराएका छन् ।
के निजामती प्रशासन क्षमताविहीन हुँदै गएको हो ? सामाजिक संकेतसँग खेल्न नसक्ने, सर्वसाधारणका समस्या सम्बोधन गर्न नसक्ने स्थानमा निजामती सेवा पुगेको हो ? त्यो पटक्कै होइन । पञ्चायतका समयमा हुकुम प्रमाङ्गीबाट निजामती सेवामा आएका वा योग्यता प्रणालीबाट आए पनि दरबारको संरक्षणमा रहेकाहरूले पनि केही उल्लेख्य काम गरेका थिए । अहिले निजामती प्रशासनको संविधानले नै वृत्ति सुरक्षा गरेको छ । लोकसेवा आयोगले उपलब्धमध्ये उम्दा प्रतिभाको छनौट गरेको छ । कर्मचारीहरूमा जानकारी र शिक्षाको स्तर पनि उल्लेख्य रूपमा बढेको छ, देशविदेशका उच्च शैक्षिक प्रतिष्ठानबाट दीक्षित छन् । सूचना प्रविधिले क्षमता विकास र अवसर उपयोगको ढोका खोलेको छ ।
क्षमताशील कर्मचारीहरूलाई अभिमुखीकरण गरेर नै व्यावसायिक र सिर्जनशील बनाउन सकिन्छ । कर्मचारीमा रहेको अन्तरनिहीत प्रतिभालाई क्षमता बदल्न, निरन्तर सीप र ज्ञान निर्माणमा क्रियाशील बनाउन, त्यसलाई संस्थाको सम्पत्तिका रूपमा उपयोग गर्न प्रणाली निर्माण गर्नुपर्छ । त्यसपछि मात्र विकास, समृद्धि र सुशासनको युगीन दायित्वमा निजामती प्रशासन खरो उत्रिन सक्छ । यसका लागि निजामती प्रशासनलाई अभिभावकत्व दिई उसको व्यावसायिक स्वायत्ततालाई सम्मान गर्ने राजनीतिक नेतृत्व र निजामती आदर्शलाई महत्त्व दिने प्रशासनिक नेतृत्व पहिलो आवश्यकता हो ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...