२६ जेठ २०८३, मंगलबार

मलेसियामा मृत्यु दण्डको सजाय सुनाइएका सुरजको सजाय परिवर्तन

मलेसियामा मृत्यु दण्डको सजाय सुनाइएका सुरजको सजाय परिवर्तन

मलेसियामा मृत्यु दण्डको सजाय सुनाइएका एक नेपाली युवाको कैदमा परिवर्तन गरिएको छ । धनुषाको साविक गोविन्दपुर वडा नम्बर २ का सुरज देव साह तेलीलाई तोकिएको मृत्यु दण्डको सजाय १२ वर्ष कैदमा परिवर्तन भएको हो । 

कर्तव्य ज्यान मुद्दामा मलेसियाको उच्च अदालतले  तेलीलाई २०२० अगस्तमा मृत्यु दण्डको सजाय सुनाएको थियो । उक्त मृत्यु दण्डको सजाय पुनरावेदनका लागि दिइएको पुनरावलोकन मुद्दामा मृत्यु दण्डलाई कैद सजायमा परिवर्तन गरिएको हो ।

सोही बमोजिम कैद सजाय काटेपछि तेली स्वदेश फर्किने नेपाली राजदूतावास क्वालालम्पुरले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

कर्तव्य ज्यान मुद्दामा तेली सन् २०१६ को डिसेम्बरमा पक्राउ परेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्