×

NMB BANK
NIC ASIA

राजनीति

कहिल्यै चुनाव नहारेका वृजेश : पार्टी फेर्दै, चुनाव जित्दै

भदौ २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

उनी कहिल्यै चुनाव नहार्ने व्यक्ति अर्थात् कपिलवस्तु–२ का बहालवाला प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्ता । २५ वर्षदेखि गुप्ताको संसद यात्रा अनवरत जारी छ ।

Muktinath Bank

जुन–जुन चुनावमा गुप्ताले भाग लिए, ती सबैमा जीत हाँसिल गर्दै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालको संसदीय इतिहासमा लगातार चुनाव जित्ने नेताको सूची छोटो छ, त्यसैमध्ये पर्छन् वृजेश पनि । कपिलवस्तुबाट उनले लगातार ४ पटक चुनाव जितिसकेका छन् ।


Advertisment
Nabil box
Kumari

२०५६ सालमा २८ वर्षको उमेरमै सांसद बनेका गुप्ता सधैं लोकप्रिय मत ल्याएर विजयी हुँदै आएका छन् ।

Vianet communication
Laxmi Bank

आउँदो मंसिर ४ गते हुने निर्वाचनमा गुप्ता पाँचौं पटक जीतको प्रतिक्षामा छन् । नेकपा एमाले क्षेत्रीय कमिटीले कपिलवस्तु–२ बाट गुप्ताको एकल नाम उम्मेदवारको रूपमा सिफारिस गरिसकेको छ । एमाले नेता गुप्ता कहिले स्वतन्त्र त कहिले दल परिवर्तन गर्दै चुनाव जित्दै आएका छन् । 

चुनाव जितेपछि उनी जनताको सेवामा पनि खटिन्छन्, जसले गर्दा आफूलाई सधैं कपिलवस्तुका जनताको अपार विश्वास रहेको गुप्ता बताउँछन् । आफूकहाँ जायज समस्या लिएर आउने जो कोही जिल्लावासीका समस्या, मागलाई सहज रूपमा पूरा गर्ने उनको विशेषताका कारण सबैले मन पराउने गरेको उनी ठान्छन् । जनताको चाहना बुझ्न सक्ने गजबको खुबी उनीसँग छ ।

गुप्ताले २०५६ सालको पहिलो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चुनाव लडेर कांग्रेसका प्रभावशाली नेता दीपकुमार उपाध्यायलाई पराजित गरे । त्यो बेला उनको उमेर ३० वर्षभन्दा तल नै थियो । २०६४ सालको पहिलो निर्वाचनमा राप्रपा छाडेर उनले मधेशवादी दल तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बाट चुनाव लडेर कांग्रेसका शोभाखर पाण्डेलाई पराजित गरे ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि उनले तमलोपाबाट चुनाव लडेर उनै कांग्रेस नेता शोभाखर पाण्डेलाई पराजित गरे । २०७४ सालमा उनले हृदयेश त्रिपाठीको स्वतन्त्र समूह चुनाव लडे । गुप्ताले फेरि कांग्रेसका सुरेन्द्रराज आचार्यलाई भारी मतान्तरले पराजित गरे ।

२०७४ सालमा उनी स्वतन्त्रबाट उम्मेदवार बने पनि चुनावी तालमेल थियो । ४ वटा निर्वाचन लगातार जितेका वृजेश आउँदो निर्वाचनमा एमालेबाट चुनाव लड्दैछन् । ६ महिनाअघि चैतमा पार्टी अध्यक्ष केपी ओलीले एमाले प्रवेश गराएका वृजेश कपिलवस्तु–२ बाट चुनाव लड्ने तयारीमा जुटेका छन् ।

कपिलवस्तु–२ मा साँच्चै वृजेशको एकछत्र पकड जस्तै देखिन्छ । नेपाल विद्युत् प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनीयरको जागिर छाडेर एकाएक राजनीतिमा होमिएका गुप्ताले असफलता भोग्नुपरेको छैन । उनले विद्यार्थी राजनीति कहिल्यै गरेनन्, सिधै संसदीय निर्वाचनमा होमिए तर उनको परिवारले राजनीति संस्कार बुझेको थियो ।

उनका बुवा भगवानदास गुप्ता चाहिँ समाजसेवासँगै राजनीतिमा पनि जोडिएका थिए । कपिलवस्तु नगरपालिका–२ ठूलो बर्दगवाका ५१ वर्षीय गुप्ता आफूले दल परिवर्तन नगरको बताउँदै पार्टीहरू आफूलाई खोज्दै आएको दाबी गर्छन् । 

नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज गुप्ताले आउँदो निर्वाचनमा पनि आफूले सहज जीत निकाल्ने दाबी गरे तर गुप्ताले दाबी गरेजस्तो सहज आउँदो निर्वाचन छैन । स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा एमालेको भन्दा गठबन्धनको मत धेरै बढी छ । 

स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतका हिसाबले एमालेभन्दा कांग्रेस ३ हजार ७०० मतले अगाडि देखिन्छ । कांग्रेसले क्षेत्रभर ३० हजार ९९८ मत पाएको छ । एमालेले २७ हजार २९८ मत पाएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले ६ हजार ९०८ मत पाउँदा नेकपा माओवादी केन्द्रको मत ४ हजार ४५९ आएको छ । नेकपा एसको मत ६९१ छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले ६ हजार ३८६ मत ल्याउँदा राप्रपाले २ हजार ३५ मत ल्याएको छ तर गुप्ता चुनाव उठ्दा स्थानीय तहको चुनावी मत उल्टिने एमालेको दाबी छ ।

पार्टीको मतले नभई व्यक्तिगत प्रभावका आधारमा चुनावमा जीत निकाल्ने नेता भएकाले त्यो तथ्यांकलाई लेखाजोखा गर्न आवश्यक नभएको गुप्ता बताउँछन् । उनीविरुद्ध सत्तारूढ ५ दलीय गठबन्धनका साझा उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् । गुप्ता विगतदेखिको आफ्नो वर्चस्व जोगाउन चाहन्छन् । सांगठनिक कुशलता भएका गुप्ता जनतासँग सहज घुलमिल भएका नेता हुन् ।

‘मलाई धेरैले पार्टी परिवर्तन गरेको भन्छन्,’ गुप्ता भन्छन्, ‘टेक्निकल रूपमा भन्न त नमिल्ला तर मैलै पार्टी परिवर्तन गरेको होइन, पार्टी मभित्र प्रवेश गरेका हुन् । त्यसमा जनताको माया मलाई निरन्तर अपार छ ।’

सांसद गुप्ता थप्छन्, ‘म जुन पार्टीमा रहँदा पनि आन्तरिक राजनीतिमा समस्या झेलिनँ । जनतामाझ काम गर्दा पनि कहिल्यै हार मानिनँ । त्यसैले मलाई हार व्यहोर्नुपरेको छैन । आउँदो निर्वाचनमा पनि त्यो निरन्तर रहन्छ ।’

एकातिर उम्मेदवार बन्ने आकांक्षीको लर्को, अर्कोतिर जित्ने उम्मेदवारलाई टिकट दिनुपर्ने दबाबबीच उनको एकल नाम सिफारिसले पनि उनी निर्विकल्प जस्तै देखिन्छन् । आन्तरिक पार्टी समस्या नभए अहिलेको निर्वाचनमा पनि आफूलाई चुनौती नभएको उनी बताउँदै आएका छन् ।

‘मेरो क्षेत्रका मतदाता मप्रति उत्साहित हुनुहुन्छ । ५ दलीय गठबन्धनको उम्मेदवार परास्त गर्ने मै हुँ । तल्लो तहका जनता र विकासको क्षेत्रमा काम गर्न सक्ने मेरो क्षमता छ,’ गुप्ताले भने ।

एमाले कपिलवस्तु अध्यक्ष डम्बर शर्माले समुदायसँग सामिप्यता र जनतासँग निकट सम्बन्धन भएकाले गुप्तालाई सबैले रुचाउने बताए । ‘उहाँ (गुप्ता) मतदाता निकट छन्, उहाँ गर्न सक्ने काम मात्र बोल्नुहुन्छ । त्यहीँ लोकप्रियता उहाँसँग छ,’ अध्यक्ष शर्माले भने ।

एमाले र गुप्तालाई व्यक्तिगत प्रभावले चुनाव जित्न कठिन नहुने उनको भनाइ छ । उनको जीवनशैली पनि साधारण किसिमको छ । 

यसपटक कपिलवस्तु–२ मा गुप्तालाई विरासत जोगाउन कठिन हुने विश्लेषण समेत हुने गरेको छ । ५ दल एक ठाउँमा भएको अवस्था गुप्ता लगायत एमाले नेताहरूको चिन्ताको विषय छ । यो क्षेत्रमा एमालेको संगठन राम्रो छ । कांग्रेसमा पनि आचार्यलाई दोहोर्‍याए एउटा समूह असन्तुष्ट हुने देखिन्छ । यसैको फाइदा फेरि पनि उठाउने तयारीमा छन् एमाले नेता गुप्ता ।

गुप्ताले लुम्बिनी आउने पर्यटकहरू कपिलवस्तुको तिलौराकोटसम्म ल्याएर जिल्लालाई समृद्ध बनाउने योजना अगाडि सारेका छन् । भौतिक पूर्वाधार विकासलाई जोड दिँदै युवामैत्री कार्यक्रम ल्याउने गुप्ताको योजना छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x