×

NMB BANK
NIC ASIA

चितुवासँग भिडेर बाँचेका यमबहादुर– माथि चढेर मुक्का हान्न थालेपछि बल्ल ढल्यो !

भदौ २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ६ निनीचौरका ३० वर्षीय यमबहादुर कुँवर आइतवार बिहान झिसमिसेमै कुखुरा फार्ममा जाँदै थिए । 

Muktinath Bank

परिवारका सदस्य र छिमेकीहरू उठेकै थिएनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नजिकै पुगेपछि उनले फार्ममा एउटा चितुवा देखे । चितुवाले कुखुरा समेत मारेको देखेपछि उनी आत्तिए । चिच्याउँदै भाइलाई बोलाए ।


Advertisment
Nabil box
Kumari

भाइ उठ्नै नभ्याएकोले आउन ढिला भयो । छिमेकीहरूलाई पनि बोलाए, कसैले सुनेनन् ।

Vianet communication
Laxmi Bank

यमबहादुरलाई देखेपछि चितुवा यताउता गरेर फन्को लगाउन थाल्यो ।

यमबहादुर बारीको डिलमा उभिएका थिए । यताउता फन्को मारिरहेको चितुवाले एक्कासि आक्रमण गर्‍यो । यमबहादुरलाई तल पारेर चितुवाले हातमा टेक्यो ।

‘म उँधो (तल) परें । मरो हात उसको मुखमा थियो । त्यसपछि मैले उसलाई तल पारेँ र एउटा हात फुत्काएर मुखमा एक मुड्कीले हान्न थालें,’ कुँवरले भने ।

मुड्कीले हानेकोहान्यै गरेपछि चितुवाले अर्को हात पनि छाडिदियो । त्यसपछि उनी चितुवामाथि चढेर मुख र आँखामा माटो हालिदिए ।

‘माटो हालेपछि उसले आँखा देखेन । कराउन थाल्यो । पञ्जाले मेरो मुख र अन्य ठाउँमा लछार्‍यो,’ यमबहादुरले थपे ।

त्यसपछि बल्ल उनका भाइ आइपुगे । गाउँलेहरू पनि साथ दिन आइपुगे । यमबहादुरसँगको लडाईंमा चितुवा मर्‍यो । उनको ज्यान बाँच्यो ।

झण्डै १० मिनेट जति चितुवासँग लडाईं परेको उनले बताए ।

लडाईं सकिँदा उनलाई रिंगटा लाग्न थालेको थियो । घरमा आएर पानी खाए । अनि परिवारका सदस्य र छिमेकीको सहयोगमा स्वास्थ्य संस्थामा लगियो ।

यमबहादुरको अनुहार, हात र शरीरका विभिन्न भागमा चोट लागेको छ । उनी अहिले उपचाररत छन् । चितुवाले फार्ममा रहेका सानाठूला गरी ६१ वटा कुखुरा मारेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x