×

एमालेप्रति आकर्षण बढ्दो छ, चुनावमा बहुमत ल्याउँछौं : ओली

भदौ २८, २०७९

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कसैसँग गठबन्धन नगरी एक्लै चुनावमा जाने बताएका छन् । 

Laxmi Bank

नेकपा (एमाले) धनुषाले सोमवार आयोजना गरेको बृहत् जनसभामा उनले आफ्नै एजेण्डा र उद्देश्यका साथ एमाले एक्लै चुनावमा जाने र कसैसँग गठबन्धन नगर्ने स्पष्ट पारे ।


Advertisment

आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले एमालेलाई कुनै फरक नपार्ने जिकिर गर्दै अध्यक्ष ओलीले एमालेप्रति बढ्दै गएको आकर्षणका कारण आफ्नो दलले निर्वाचनमा बहुमत ल्याउने जिकीर गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, 'एमाले कसैसँग गठबन्धन गर्दैन ।'


Advertisment

एमाले श्रमिक, सुकुम्बासी र भूमिहीन र मधेसीहरूकै पार्टी भएको दाबी गर्दै अध्यक्ष ओलीले एमाले पार्टी मधेसीको पार्टी हो, पहाडीया र हिमालीलगायत आम नेपालीको पार्टी भएको जिकिरसमेत गरे । उनले आगामी मङ्सिर ४ गते हुने निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए ।

आगामी निर्वाचन सामान्य निर्वाचन नभई मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने निर्वाचन भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनबाट एमालेको सरकार नबने मुलुक सङ्कटमा फस्ने दाबीसमेत गरे । 

अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले मात्र समृद्धिको लक्ष्य पूरा गर्नसक्ने बताउँदै भने, 'गठबन्धनले देशलाई पछाडि धकेल्ने काम गरेको छ, नेपालीले देखेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को सपना केवल एमालेले मात्र पूरा गर्न सक्छ ।'

नागरिकता विधेयकको नाममा गठबन्धन सरकारले भ्रम फैलाउने काम गरेको आरोप उनले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने गरी मात्र संसद्मा विधेयक आए आफ्नो पार्टीले सहज रुपमा पारित गर्न दिने स्पष्ट पारे । रासस
 

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २३, २०८०

सरकारले पोर्चुगलको लागि नेपाली राजदूतमा सनिल नेपाललाई सिफारिस गरेको छ । ​ मन्त्रिपरिषद्‌को बिहीवार बसेको बैठकले पाल्पाका नेपाललाई पोर्चुलगको लागि नेपाली राजदूत सिफारिस गरेको सरकारी प्रवक्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

असोज १५, २०८१

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...

राजनीतिक नेतृत्वप्रतिको जनआक्रोश र गुम्दै गरेको अमूल्य समय

राजनीतिक नेतृत्वप्रतिको जनआक्रोश र गुम्दै गरेको अमूल्य समय

असोज ११, २०८१

हामीसँग पर्खिने र हेर्ने समय छैन । विगतमा गुजारेको अनुत्पादक समयको क्षतिपूर्ति स्वरूप दिनरात काम गर्नुपर्ने र आउने पुस्ताको निम्ति सुविस्ताको जीवन बिताउने वातावरण बनाइदिने जिम्मेवारी हाम्रै हो । र, अर्को कुरा अह...

x